कात्तिक १५, २०८०
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
ओमानमा पहिलोपटक सामाजिक सुरक्षासम्बन्धी विशेष कार्यक्रम सम्पन्न गरिएको छ । सार्वजनिक बिदाको दिन पारेर शुक्रबार बिहान ९ बजेदेखि बेलुका ६ बजेसम्म राजदूतावास परिसरमा नेपाली श्रमिकहरुलाई सामाजिक सुरक्षा कोषमा आबद्धता तथा योगदानको नियमितता गर्ने कार्य र श्रम तथा कन्सुलर सेवा सम्बन्धी अभिमुखीकरण कार्यक्रमको आयोजना गरिएको मस्कटस्थित नेपाली दूतावासले जनाएको छ ।
ओमानका लागि नेपाली राजदूत डोरनाथ अर्यालले पानसमा दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात गरेका थिए । सो अवसरमा बोल्दै राजदूत अर्यालले सामाजिक सुरक्षा कोष, नेपाल सरकारले चालेका कदमहरू र यसको महत्व बारेमा प्रकाश पारेका थिए ।
राजदूत अर्यालले उत्साहजनक सहभागिताका लागि खुसी व्यक्त गर्दै कार्यक्रमका लागि खटिने सामाजिक सुरक्षा कोष एवम् राजदूतावासका कर्मचारीहरू, नेपाली संघ संस्थाका प्रतिनिधिहरू तथा स्वयंसेवकहरुप्रति हार्दिक धन्यवाद व्यक्त गरे ।
सो अवसरमा सामाजिक सुरक्षा कोषका उपकार्यकारी निर्देशक विवेक पन्थीले सामाजिक सुरक्षा कोषमा आवद्ध हुने प्रक्रिया र योजनाको महत्व तथा फाइदाबारे विस्तृत रूपमा प्रकाश पारेका थिए ।
उक्त कार्यक्रमकै लागि कोषका उपकार्यकारी निर्देशक विवेक पन्थी, सहायक निर्देशक राधिका निरौला र सूचना प्रविधि अधिकृत राजेश चापागाई सम्मिलित तीन सदस्यीय टोली ओमानको भ्रमणमा रहेको छ।
कार्यक्रममा उपस्थित अधिकांश सहभागीहरूलाई सामाजिक सुरक्षा प्रणालीका बारेमा पयाप्त जानकारी नभएको पाइएको राजदूत अर्यालले बताए। साथै सेबाग्राहीहरूले ओमानमा पहिलो पटक यो सेवा उपलब्ध गराएकोमा खुसी व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता किसिमका सेवालाई निरन्तरता दिनका साथै सामाजिक सुरक्षा र श्रम स्वीकृति सम्बन्धी सेवा पनि राजदूतावासबाटै प्रदान गर्न अनुरोध गरेका थिए ।
विगतमा कार्यालय खुलेको दिनमा सेवा लिन आउन असहज हुने नेपाली श्रमिकहरुलाई लक्षित गर्दै निजहरुको सहजताका लागि सार्वजनिक विदाकै दिनमा राहदानी तथा कन्सुलर सेवा सम्बन्धी शिविर सञ्चालन गर्दै आएको भए तापनि यहाँबाट सामाजिक सुरक्षा सम्बन्धी सेवा पहिलो पटक आयोजना गरिएको दूतावासले जनाएको छ ।
सो कार्यक्रममा श्रम तथा कन्सलर सम्बन्धी अलग डेक्स खडा गरेर सेवाग्राहीहरुलाई जानकारी प्रदान गरिएको थियो। कार्यक्रमको संयोजन राजदूतावासका द्वितीय सचिव बिशेष कुमार साह र श्रम सहचारी गोविन्द प्रसाद आचार्यले गरेका थिए ।
यसैबीच राजदूतावासको आयोजनामा शनिबार ओमानको सोहार सहरमा पनि यस्तै किसिमको शिविर सञ्चालन गर्ने कार्यक्रम तय भएको छ। यसका साथै डिसेम्बर २ सोमबारका दिन सामाजिक सुरक्षा सम्बन्धी प्रशिक्षक प्रशिक्षण कार्यक्रम संचालन गरी आगामी दिनमा नयाँ प्रशिक्षक मार्फत सामाजिक सुरक्षामा आवद्धता सम्बन्धी जानकारी एवं सेवा प्रदान गर्ने कार्यक्रम रहेको दूतावासले जनाएको छ ।
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...