×

डेडिकेटेड र ट्रंकलाइन बक्यौता विवादमा प्राधिकरणको कदमप्रति सोपानको आपत्ति

काठमाडाैं | मंसिर १४, २०८१

डेडिकेटेड र ट्रंकलाइन बक्यौता उठाउन नेपाल विद्युत् प्राधिकरणले चालेको कदमप्रति सौर्य ऊर्जा उत्पादकहरूको संस्था(सोपान)ले आपत्ति जनाएको छ । सोपानले शुक्रबार विज्ञप्ति जारी गर्दै प्राधिकरणले सिद्धान्तविपरीत बक्यौता उठाउने कदम चालेको भन्दै आपत्ति जनाएको हो ।

Laxmi Bank

प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले बक्यौता विवादमा विभिन्न उर्जा उत्पादक कम्पनीलाई पत्र पठाएका थिए ।


Advertisment

उनले उक्त पत्रमा विद्युत् बिक्री सम्झौता (पीपीए) बमोजिम प्राधिकरणले दिनुपर्ने भुक्तानी रोकेर उद्योगहरूको बक्यौता असुली गर्ने जानकारी गराएका थिए । 


Advertisment

प्राधिकरणको उक्त निर्णय नियमविपरीत रहेको सोपानको भनाइ छ ।

‘प्राधिकरणले पठाएको सो पत्र प्राधिकरण र उर्जा उत्पादक कम्पनीहरूबीच भएको विद्युत् बिक्री सम्झौताको प्रावधानविपरीत रहेको छ । दोस्रो, केवल साझा शेयरधनी रहेको आधारमा एउटा कम्पनीले भुक्तानी गर्नुपर्ने बक्यौता रकमको दायित्व बिलकुलै स्वतन्त्र अस्तित्व रहेको अर्को कम्पनीलाई बहन गराउने कार्य कम्पनी कानूनको स्थापित सिद्धान्तविपरीत हुन्छ’, विज्ञप्तिमा उल्लेख छ । 

बक्यौता असुलउपर गर्नाले सम्पूर्ण शेयरधनीको हक अधिकारमा समेत गम्भीर आघात पर्ने सोपानको भनाइ छ । 

उर्जा कम्पनीहरूको मुख्य आय आर्जनको श्रोत नै प्राधिकरणलाई विद्युत् बिक्री गरी प्राप्त हुने रकम भएकोले रकम कट्टा भएमा कम्पनीद्वारा सञ्चालित परियोजनाको सम्भाव्यतामा नै ठूलो असर पर्न जाने सोपानले उल्लेख गरेको छ ।

उर्जा क्षेत्रमा प्राधिकरणको  कदमले नकरात्मक असर पार्ने प्रष्ट देखिनुका साथै, आगामी १० वर्षमा १० हजार  मेगावाट उत्पादनको लक्ष्यमा समेत गम्भीर असर पार्ने सोपानको दाबी छ। 

‘बक्यौता रहेका उद्योग तथा कम्पनीहरूको रकम फरक अस्तित्व रहेका उर्जा कम्पनीहरूबाट असुलउपर गर्न नमिल्ने हुँदा, सो गर्नाले कैयन् शेयरधनीहरूको हकमा आघात पर्ने हुँदा एवं उर्जा कम्पनीहरूको सम्भाव्यतामा नै असर समेत गर्ने हुँदा सोसम्बन्धी कुनै कार्य नगर्नु हुन अनुरोध गर्दछौं’, विज्ञप्तिमा उल्लेख छ ।

NLIC
जेठ ४, २०८१

बैंकमा निक्षेप थुप्रिएको भए पनि कर्जा विस्तार हुन नसकेको अवस्थालाई सम्बोधन गर्ने गरी राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा गरेको छ । शुक्रबार तेस्रो समीक्षा सार्वजनिक गर्दै राष्ट्र बैंकले ब्याजदर कर...

बैशाख ३, २०८१

नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङले विश्व बैंकको लगानी रहेको ढल्केबर सबस्टेसन निर्माणका क्रममा आफ्नो स्वार्थ जोडिएको कम्पनीलाई कानूनविपरीत ठेक्का दिएको पाइएको छ । करिब ४ करोड बराबरको...

जेठ १५, २०८१

सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब रुपैयाँको बजेट विनियोजन गरेको छ । मंगलबार संसदमा आर्थिक वर्ष २०८१–८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले बजेटको आकार १८ खर्ब ६० अर्ब ३० करोड रहेको ...

जेठ १५, २०८१

सरकारले आर्थिक वर्ष २०८१–८२ को बजेटका ५ विषयलाई प्राथमिकतामा राखेको छ ।  अर्थमन्त्री वर्षमान पुनले आज (मंगलवार) संघीय संसदमा बजेट आव २०८१–८२ को बजेट प्रस्तुत गर्दै ५ प्राथमिकता सार्वजनिक गर...

फागुन २९, २०८०

एक वर्षको बीचमा भएको १३८ किलो सुन तस्करीका नाइके जीवनकुमार गुरुङ हाल अर्थ मन्त्रालय मातहत रहेको भन्सार विभागको हिरासतमा छन् । लामो समय फरार रहेका गुरुङलाई यही फागुन १४ गते काठमाडौंको सामाखुशी क्षेत्रबाट ...

मंसिर ४, २०८०

कर्मचारीलाई तलब खुवाउन समेत नसक्ने अवस्थाबाट गुज्रेको नेपाल वायु सेवा निगम (एनएसी)ले आर्थिक अवस्था सुधारेर अन्तर्राष्ट्रिय उडानका लागि विमान खरिद गर्दा लिएको ऋणको किस्ता तिर्न शुरू गरेको छ । लामो समय घाटामा रहे...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x