×

प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री अफर गरेको पुष्टि गर्न गगन थापालाई वर्षमानको चुनौती

काठमाडाैं | मंसिर १४, २०८१

नेकपा माओवादीका उपमहासचिव वर्षमान पुनले आफ्ना अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले शेरबहादुर देउवालाई प्रधानमन्त्री अफर गरेको भन्ने काँग्रेस महामन्त्री गगन थापाको भनाइप्रति आपत्ति जनाएका छन् । 

Laxmi Bank

गृहजिल्ला रोल्पामा शुक्रबार आयोजित शहीद प्रतिष्ठानको प्रथम साधारणसभालाई सम्बोधन गर्दै पुनले भ्रमपूर्ण प्रचार नगर्न थापालाई चेतावनी दिए । उनले आफूहरुको प्राथमिकता सरकार नभएको भन्दै मुलुक र जनताको हितमा राम्रो काम गरेर देखाउन काँग्रेस–एमाले गठबन्धनलाई आग्रह गरे । 


Advertisment

काँग्रेस र एमाले दुवै दलका नेताले एकअर्कासँग धेरै दिन सहकार्य गर्न सकिन्छ भन्ने विश्वास नभएपछि आफ्नो दललाई देखाएर ‘बार्गेनिङ पावर’ बढाउन खोजेको उनको भनाइ थियो । 


Advertisment

‘हाम्रो अध्यक्ष प्रचण्डले कहिले र कोमार्फत देउवाजीलाई प्रधानमन्त्री अफर गर्नुभयो त्यसको पुष्टि गर्न गगन थापाजीलाई मेरो चुनौती छ’, पुनले भने, ‘आफूहरुको गठबन्धन लामो समय नजाने देखेपछि काँग्रेस–एमाले दुवैले हामीलाई देखाएर बार्गेनिङ पावर बढाउन खोजिरहेका छन् । गगनजीले केपी ओलीसँग बार्गिनिङ पावर बढाउन हुँदै नभएको हास्यास्पद दाबी गर्नुभएको छ ।’ 

आफूहरु कम्तिमा प्रतिनिधिसभाको यो कार्यकालभरि प्रतिपक्षमा बसेर काँग्रेस–एमाले सरकारको बेथिति, भ्रष्टाचार र कूशासनविरुद्ध जनतालाई सचेत र जागरुक बनाउने काममा लाग्ने उनको भनाइ थियो । 

‘हामीलाई अहिले सरकारतिर हेर्नुछैन । भ्रष्टाचार र विकृतिको गजमा उभिएको यो सरकारलाई जनताले नै उखालेर फाल्ने  दिन आउँछ’, पुनले भने, ‘सुशासनको अभियानविरुद्ध भ्रष्टहरु जोगाउने स्वार्थले बनेको सरकार आफैं कुहिएर झर्छ ।’ 

उनले आफूहरु प्रतिपक्षमा बसेर सकरारका खराब कामप्रति औंला उठाउने र सुशासन, संविधान, संघीयता, समावेशीता, राष्ट्रियताको पक्षमा र कुशासन र भ्रष्टाचारका विरुद्धमा जनतालाई संगठित, जागरुक र आन्दोलित बनाउने बताए । 

बिहीबार एक कार्यक्रमलाई सम्बोधन गर्र्दै काँग्रेस महामन्त्री थापाले माओवादी अध्यक्ष प्रचण्डले हप्तामा एकपटक आफ्ना सभापति देउवालाई प्रधानमन्त्री बनिदिन खबर पठाउने गरेको अभिव्यक्ति दिएका थिए । 

NLIC
मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २३, २०८०

सरकारले पोर्चुगलको लागि नेपाली राजदूतमा सनिल नेपाललाई सिफारिस गरेको छ । ​ मन्त्रिपरिषद्‌को बिहीवार बसेको बैठकले पाल्पाका नेपाललाई पोर्चुलगको लागि नेपाली राजदूत सिफारिस गरेको सरकारी प्रवक्...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x