×

यू–१९ एसिया कप क्रिकेट : नेपाल श्रीलङ्कासँग पराजित

काठमाडाैं | मंसिर १४, २०८१

उन्नाइस वर्षमुनि (यू–१९) एसिया कप क्रिकेट प्रतियोगितामा नेपाल श्रीलङ्कासँग पराजित भएको छ ।

Laxmi Bank

संयुक्त अरब इमिरेट्स (यूएई)को सारजाह क्रिकेट स्टेडियममा आज भएको आफ्नो पहिलो खेलमा नेपाल श्रीलङ्कासँग ५५ रनले पराजित भएको हो ।


Advertisment

श्रीलङ्काले दिएको दुई सय ३४ रनको लक्ष्य पछ्याएको नेपाल ४६ दशमलव २ ओभरमा सबै विकेट गुमाउँदै एक सय ७८ रनमा समेटियो ।


Advertisment

नेपालका लागि ओपनर मयन यादवले सर्वाधिक ६२ रनको योगदान दिए । उनले ९१ बलमा ३ चौका र २ छक्काको सहयोगमा ६२ रन बनाएका हुन् ।

त्यस्तै नेपालका अर्का ओपनर आकाश त्रिपाठीले १९, उत्तम थापाले १७, अर्जुन कुमाल र नरेन भट्टले समान १२र१२ तथा नरेन साउदले १६ रन जोडे ।

श्रीलङ्काका लागि प्रभिन महेशले तीन विकेट लिए भने न्युटान रन्जितकुमार, मथुलन कुगाथस र भिहास थिवमिकाले समान दुई/दुई विकेट लिए । त्यस्तै वीरन चामुदिथले एक विकेट झारे ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको श्रीलङ्काले ५० ओभरको अन्तिम बलमा सबै विकेट गुमाउँदै दुई सय सय ३३ रनमा समेटिएको थियो । श्रीलङ्काका लागि शरुकजन शन्मुगनाथले ९९ बलमा सर्वाधिक ६२ रन जोडे । 

त्यसैगरी लक्भीन अबेसिंगा ५० बलमा ५३ रन जोडे भने कभिजा गिमामगेले ४३ बलमा ३७ रन बनाउँदै रन आउट भए । दुलनिथ सिंगारा र भिमथ दिनसाराले समान २४/२४ रन जोडे ।

नेपालका लागि सन्तोष यादवले चार विकेट लिए भने युवराज खत्रीले २ विकेट लिए । कप्तान हेमन्त धामी र नरेन साउदले समान १/१ विकेट लिए । एसिया कपमा नेपालले यही मङ्सिर १६ गते आफ्नो दोस्रो खेल बङ्गलादेशसँग खेल्नेछ ।

NLIC
जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई टी–२० विश्वकप खेल्न जानका लागि भिसा (प्रवेशाज्ञा) दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक बुधवार आन्दोलनमा उत्रिएक...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ १३, २०८१

शहरी प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीलाई हराउँदै म्यानचेस्टर युनाइटेडले एफए‌ कपको उपाधि जितेको छ । शनिबार राति भएको फाइनलमा सिटीलाई २–१ गोल अन्तरले हराउँदै युनाइटेडले उपाधि जितेको हो । युनाइटेड...

कात्तिक १७, २०८०

कम उमेरमै विश्व क्रिकेटमा प्रभाव छोडेका नेपालका लेग स्पीनर सन्दीप लामिछाने अर्को दुर्लभ विश्व कीर्तिमान निकट पुगेका छन् । यस अघि गत वैशाखमा कीर्तिपुरमा ओमानविरुद्ध एकदिवसीयमा सबैभन्दा छिटो ४२ खेलमा एक सय विक...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x