×

गौतमबुद्ध विमानस्थल चलाएर विश्वभर शान्तिको सन्देश दिनुपर्छ : अर्थमन्त्री पौडेल

बुटवल | मंसिर १४, २०८१

उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुनेमा विश्वस्त हुन आग्रह गरेका छन् ।

Laxmi Bank

शुक्रबार भैरहवास्थित लुम्बिनी नेत्र विज्ञान संस्थान श्री रण अम्बिका शाह आँखा अस्पतालको ४२ औं अस्पताल स्थापना दिवस समारोह तथा आधुनिक शल्यक्रिया भवन शिलान्यास कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले यस्तो बताएका हुन् । 


Advertisment

‘यो बुद्धभूमि हो, त्यसैले हामीले यहाँबाट एकता र शान्तिको सन्देश संसारभर फैलाउन सक्नुपर्छ, अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन नहुने हो कि भन्ने आशंका नराख्न आग्रह गर्दछु,’ उनले भने । 


Advertisment

विमानस्थल निर्माण शुरू भएदेखिनै विभिन्न आलोचनाहरू झेल्दै आएको बताउँदै उनले पछिल्लो समय विमानस्थल नियमित सञ्चालन हुँदैन भन्ने कुरा आइरहेको बताए ।

तर कुनै हालतमा विमानस्थल सञ्चालन गरेरै छाड्ने उनले बताए ।​

रुपन्देहीबाट संसारभर शान्तिको सन्देश फैलाउन पनि यो आवश्यक रहेको पौडेलले बताए । बुद्ध जन्मस्थल लुम्बिनी रुपन्देहीमा रहनु गौरवको विषय भएको बताउँदै उनले यहीबाट विश्वलाई नै शान्तिको सन्देश फैलाउनुपर्ने उल्लेख गरे ।

उनले रुपन्देहीबासीलाई विरोध र असन्तुष्टिमा लागेर समय खेर नफाल्न आग्रह गरे । ‘हामी सकारात्मक चिन्तन, नवीन सोचमा लागौं, तर विरोधका लागि विरोध गरेर समय खेर नफालौं’, अर्थमन्त्री पौडेलले भने ।

बुद्धभूमि गौतम बुद्धको जन्मस्थलबाट हामी बुद्धका सन्तान हौं भन्ने सन्देश प्रवाह गर्नुपर्नेमा उनले जोड दिए । ‘हामीले एउटा संकल्प गरौं, नकारात्मक सोचबाट माथि उठौं,’ उनले भने ।

रुपन्देही जिल्लाले शान्तिको सन्देश, एकताको सन्देश, सकारात्मक विचारको सन्देश देशमा र विश्वभर प्रवाह गर्नुपर्ने अर्थमन्त्री पौडेलले जनाए । अर्थमन्त्री पौडेलले आँखा अस्पतालले लुम्बिनी प्रदेशसहित पश्चिम नेपालमै उत्कृष्ट सेवा प्रवाह गरिरहेको बताए ।

NLIC
कात्तिक २०, २०८०

काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

कात्तिक २१, २०८०

भैरहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ को बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आ...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x