×

मध्यपूर्व तनावको नयाँ विकासक्रम

इजरायल-हिजबुल्लाह सम्झौता युद्धविराम मात्र हो कि शदियौं पुरानो तनावको समाधान ?

काठमाडाैं | मंसिर १४, २०८१

Photo AFP Via Getty/BBC

लेबनानका अधिकांश मानिसहरूका लागि युद्धविराम घोषणा छिट्टै हुनु ठूलो राहत थियो। यो कुरा लेबनानका एक प्रख्यात विश्लेषकले मसँग बताएका थिए ।

Laxmi Bank

त्यसबेला म मध्यपूर्वसम्बन्धी एउटा सम्मेलनमा सहभागी हुन रोम गएको थिएँ। उनले मसँग भनेका थिए– 'उनी राम्ररी सुत्न सकेका छैनन्, किनभने युद्धविरामको समय नजिकिँदै थियो।'


Advertisment

उनले भने, 'यो महसुस ठीक त्यस्तै थियो, जस्तो तपाईंलाई बाल्यकालमा क्रिसमसको पूर्वसन्ध्यामा हुने गर्थ्यो। त्यो क्षण यस्तो हुन्थ्यो, जब तपाईं त्यसलाई पर्खिन सक्नुहुन्नथ्यो।'


Advertisment

युद्धविराम यति ठूलो राहतको विषय किन भयो भने इजरायली आक्रमणमा ३५०० लेबनानी नागरिकहरूको ज्यान गइसकेको थियो। विस्थापित भएकाहरूले बिहान हुनुअघि नै आफ्ना गाडीहरू सामानले भरिसकेका थिए, जसले गर्दा बाँकी बचेका सामानहरूसँग लैजान सकून्।

इजरायली सेनाको कारबाहीका कारण १० लाखभन्दा बढी मानिसहरू आफ्ना घर छाड्न बाध्य भएका थिए, जबकि हजारौं मानिस घाइते भए र हजारौं घर नष्ट भए।

तर, इजरायलका केही मानिसहरूलाई लाग्छ कि उनीहरूले हिज्बुल्लाहलाई अझ धेरै क्षति पुर्‍याउने मौका गुमाए।

अधिकारी किन चिढिएका थिए?

प्रधानमन्त्री बेन्यामिन नेतन्याहुले इजरायलको उत्तरी नगरपालिकाका प्रमुखहरूसँग भेटघाट गरे ।

यो त्यो क्षेत्र हो, जो अहिले भुताहा शहरजस्तो भइसकेको छ। त्यहाँबाट ६० हजार नागरिकहरू दक्षिणतर्फ सारिएका छन्।

इजरायली वायनेट न्युज वेबसाइटले यसबारे एउटा रिपोर्ट सार्वजनिक गरेको छ। रिपोर्टका अनुसार, यो सभामा सहभागीहरू रिसाएका थिए र उनीहरू चिच्याइरहेका थिए।

वास्तवमा, स्थानीय अधिकारीहरू यस कुरालाई लिएर चिढिएका थिए कि इजरायलले आफ्नो शत्रु लेबनानमाथि दबाब कम गरिरहेको छ र इजरायली नागरिकहरूलाई उनीहरूको घर फर्काउने कुनै तत्काल योजना प्रस्तुत गरेको छैन।

सीमामा रहेको किरयत शमोना शहरका मेयरले यसबारे एउटा पत्रिकामा लेखेका थिए।

उनले लेखेका थिए– 'युद्धविराम कार्यान्वयन हुनेमा आफूलाई शंका छ।' दक्षिणी लेबनानमा बफर जोन स्थापना गर्नुपर्ने  उनको माग थियो । इजरायली च्यानल १२ न्युजले एक सर्वेक्षण गरेको थियो। यो सर्वेक्षण युद्धविरामका समर्थक र विरोधीबीच विभाजित थियो।

सर्वेक्षणमा सहभागी आधा मानिसहरूले हिज्बुल्लाहको पराजय नभएको ठानेका थिए भने ३० प्रतिशत मानिसहरूले युद्धविराम भंग हुने सोच राखेका थिए।

संयुक्त राष्ट्रसंघमा नेतन्याहुले के भने?

गत सेप्टेम्बरमा न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभा भएको थियो। यस क्रममा युद्धविराम हुने संकेत देखिएको थियो। अमेरिकी र ब्रिटिश कूटनीतिज्ञहरू आश्वस्त देखिएका थिए कि अब युद्धविरामका लागि वातावरण बन्दैछ।

युद्धमा संलग्न सबै पक्षहरूले सुरक्षा परिषदको प्रस्ताव १७०१ का प्रावधानहरूमा आधारित भएर युद्धविरामका लागि सहमत हुने संकेत दिएका थिए।

यो प्रस्ताव २००६ को लेबनान युद्ध समाप्त गर्नका लागि पारित गरिएको थियो।

यसअनुसार हिज्बुल्लाह सीमाबाट पछि हट्नेछ। त्यसको ठाउँमा संयुक्त राष्ट्रसंघको शान्ति सेना र लेबनानी सशस्त्र बल आउनेछन्। क्रमशः यी दुवै सेना भित्रनेबित्तिकै इजरायली सेना बाहिरिनेछ।

तर, जब प्रधानमन्त्री नेतन्याहु संयुक्त राष्ट्रसंघको मञ्चमा उक्लिए, उनले आक्रामक भाषण दिए । यस क्रममा उनले इजरायली आक्रमणमा कुनै पनि प्रकारको विराम स्वीकार नगर्ने बताए ।

नेतन्याहु जब न्यूयोर्कको होटल पुगे, उनका आधिकारिक फोटोग्राफरले त्यो क्षणलाई क्यामेरामा कैद गरेका थिए । उनले इजरायली सेनाका अधिकारीहरूलाई हिज्बुल्लाहका नेता हसन नसरल्लाहलाई मार्न आदेश दिए ।

पछि नेतन्याहुको कार्यालयले अमेरिकी कूटनीतिका लागि उक्त तस्वीर सार्वजनिक गर्‍यो। नसरल्लाहको हत्या इजरायली आक्रमणको शुरूआतसरह थियो। किनकि, यसपछि इजरायली सेनाले हिज्बुल्लाहको सेनालाई ठूलो क्षति पुर्‍याएको थियो।

यद्यपि, हिज्बुल्लाहका लडाकूहरू अझै सीमामा रकेट फायर गर्न सक्छन् र इजरायली सेनालाई झमेलामा राख्न सक्छन्। तर, अहिले हिज्बुल्लाह इजरायलका लागि पहिलेको जस्तो खतरा नरहेको बताइएको छ।

नेतन्याहु: ‘स्टक फेरि भरिने’ समय

रेकर्ड गरिएको अभिव्यक्तिमा नेतन्याहुले आफ्नो निर्णय सुनाए । उनले सिलसिलेवार तरिकामा व्याख्या गरे कि किन युद्धविरामका लागि यही सही समय हो।

उनले भने– 'इजरायली सेनाले बेरुतलाई हल्लाइदिएको छ। अहिले एक मौका छ, इजरायली सेनालाई ‘सास फेर्ने र आफ्नो स्टक पुख्ता गर्ने’ समय दिनुपर्छ।'

इजरायलले गाजा र लेबनानबीच सम्बन्ध तोडिदिएको थियो। हमासले ७ अक्टोबर २०२३ मा इजरायलमाथि हमला गरेको थियो।

त्यसको भोलिपल्ट हसन नसरल्लाहले इजरायलको उत्तरमा आक्रमण गर्न आदेश दिएका थिए। उनले भनेका थिए–  गाजा युद्धविराम घोषणा नभएसम्म उनीहरू युद्ध जारी राख्नेछन्। तर, यही वर्ष हसन नसरल्लाहको इजरायली हमलामा मृत्यु भयो।

नेतन्याहुले भने, 'अब गाजामा हमास अझ धेरै दबाबमा हुनेछ। फलस्तिनीहरू यो डरमा छन् कि गाजामा इजरायली प्रवेश अझ बढ्न सक्छ।'

यसको अर्को कारण नेतन्याहुले इरानी खतरा बताएका थिए। हिज्बुल्लाहलाई क्षति पुर्‍याउनुको अर्थ इरानलाई क्षति पुर्‍याउनु हो।

इरानले इजरायली सीमानजिकै खतरा बढाउनकै लागि हिज्बुल्लाहलाई तयार गरेको थियो। अहिले हिज्बुल्लाह इरानको ‘एक्सिस अफ रेजिस्टेन्स’को सबैभन्दा बलियो हिस्सा बनिसकेको छ।

इरान युद्धविराम किन चाहन्छ?

हिज्बुल्लाहका केही बाँचेका नेताहरूजस्तै इरानमा उनीहरूलाई संरक्षण दिनेहरू पनि चाहन्छन् कि अब युद्धविराम होस्। किनकि, हिज्बुल्लाहलाई आफ्नो क्षतिको पूर्ति गर्न पनि युद्ध रोकिनु आवश्यक छ ।

त्यस्तै, इरानलाई आफ्नो वरपर भइरहेको रक्तपात रोक्न आवश्यक छ। किनकि अहिले हिज्बुल्लाह इजरायलका लागि डरको विषय नरहेको बताइन्छ। र, नसरल्लाहको हत्यापछि इरानले इजरायलमा गरेको क्षेप्यास्त्र आक्रमणबाट पनि क्षतिपूर्ति सम्भव भएन।

दुई व्यक्तिलाई लेबनान तथा इरानमाथिको आक्रमण रोक्न तयार गरिएको थियो।

यीमध्ये एक थिए कासिम सुलेमानी, जो इरानको रिभोल्युशनरी गार्ड्सको कुद्स सेनाका प्रमुख थिए। उनी जनवरी २०२० मा बगदाद एयरपोर्टमा गरिएको अमेरिकी ड्रोन आक्रमणमा मारिएका थिए।

यो आदेश डोनाल्ड ट्रम्पले दिएका थिए, जब ह्वाइट हाउसमा उनको शासनका अन्तिम केही दिन बाँकी थिए।

दोस्रो व्यक्ति हसन नसरल्लाह थिए, जो इजरायली हवाई हमलामा मारिएका थिए। यो हमला बेरुतको दक्षिणी उपनगरमा गरिएको थियो।

हिज्बुल्लाह र इरानको प्रतिरोध रणनीति इजरायलसँग मिल्दोजुल्दो छ। इजरायलले २००६ मा युद्ध समाप्त भएपछि यस्तै योजना बनाएको थियो।

तर, ७ अक्टोबर २०२३ को हमलापछि इजरायलको अडानमा परिवर्तन आयो। इजरायलले जोड दिएर भन्यो कि आक्रमणको जवाफ दिन कुनै प्रतिबन्धलाई स्वीकार्दैन।

अमेरिका इजरायलको महत्त्वपूर्ण सहयोगी हो। अमेरिकाले इजरायललाई हतियार उपलब्ध गराएर तिनीहरूको प्रयोगमा लगभग कुनै प्रतिबन्ध लगाएको छैन।

नसरल्लाह र इरानले के भयो भन्ने कुरा बुझ्न सकेनन्। उनीहरूलाई यो कुरा थाहा भएन कि इजरायलले आफूलाई कसरी परिवर्तन गर्‍यो। उनीहरूले इजरायलमाथि युद्ध थोपर्ने प्रयास गरे र एक वर्षसम्म उनीहरू सफल पनि भए।

त्यसपछि १७ सेप्टेम्बरमा इजरायलले ठूलो आक्रमण गर्‍यो । हिज्बुल्लाहको पेजर नेटवर्कलाई निशाना बनाइयो । यस आक्रमणमा इजरायलले हिज्बुल्लाहका लडाकूहरूले प्रयोग गर्ने पेजरहरूलाई निशाना बनायो।

इजरायलले हिज्बुल्लाहको पेजर नेटवर्कमा साना–साना बमहरू लगाएर ठूलो विस्फोट गर्‍यो, जसले हिज्बुल्लाहको सम्पूर्ण सञ्चार प्रणालीलाई ध्वस्त पारिदियो । हिज्बुल्लाहको सन्तुलन बिग्रियो।

इरानबाट आपूर्ति गरिएका सबैभन्दा शक्तिशाली हतियारले जवाफ दिने प्रयास गर्नुअघि नै इजरायलले नसरल्लाहलाई हवाई हमलामा मारिदियो । यससँगै हिज्बुल्लाहका केही अन्य महत्त्वपूर्ण कमाण्डरहरू पनि इजरायली हमलामा मारिए।

इजरायलले हमलामा हिज्बुल्लाहका हतियार नष्ट गर्‍यो। दक्षिणी लेबनानमा आक्रमणलाई तीव्र बनायो। यसमा लेबनानी सीमानजिक रहेका गाउँहरू र हिज्बुल्लाहका सुरुङहरूको नेटवर्कलाई पनि निशाना बनाइएको थियो।

लेबनानमा युद्धविराम,गाजामा भने होइन

लेबनानमा युद्धविराम हुनु गाजामा पनि युद्धविराम हुँदैछ भन्ने ग्यारेन्टी होइन । गाजाको मामला फरक छ।

त्यहाँको युद्ध सीमा सुरक्षा र इजरायली बन्दीहरूभन्दा परको कुरा हो। यो बदला लिनेबारे पनि हो। यो नेतन्याहुको राजनीतिक बचाउका लागि पनि हो। यो उनको सरकारलाई जोगाउने प्रयास पनि हो।

यो त्यो नीतिको निरन्तरता हो, जसमा नेतन्याहुको सरकारले प्यालेस्टिनीहरूको स्वतन्त्रताको मागलाई अस्वीकार गर्दछ।

हिज्बुल्लाहसँगको युद्धविराम पनि नाजुक छ । जब ६० दिन बित्छ, यसको प्रभाव समाप्त हुनेछ।​

ट्रम्पले के संकेत दिएका छन्?

यसबीचमा डोनाल्ड ट्रम्प ह्वाइट हाउसमा फर्किनेछन् ।

राष्ट्रपति पदका लागि चयन भएका ट्रम्पले पहिले नै संकेत गरेका छन् कि उनी लेबनानमा युद्धविराम चाहन्छन्।

तर, उनको योजना के हो, यो अहिले स्पष्ट भएको छैन।

मिडिल इस्ट अहिले यो हेर्दै छ कि उनी यो मामिलालाई कति प्रभावित गर्न सक्छन्।

केही आशावादी मानिसहरूलाई लाग्छ कि सन् १९७२ मा राष्ट्रपति निक्सनले चीनको यात्रा गरेझैं ट्रम्पले इरान गएर यो मुद्दालाई सनसनीखेज बनाउन सक्छन्।

केही मानिसहरू डराउँछन् कि अमेरिका अझै पनि दुई राष्ट्र समाधानको पक्षमा वकालत गर्न सक्छ।

यसमा प्यालेस्टिनीहरूलाई इजरायलसँगै स्वतन्त्र क्षेत्र दिनुपर्ने कुरा आउँछ।

उनीहरूले यस्तो बाटो खोज्न सक्छन्, जहाँ इजरायलले आफूले चाहेका क्षेत्रलाई कुनै निर्णयले सुनिश्चित गर्नेछ।

यसमा केही प्यालेस्टिनी अधीनमा रहेका क्षेत्रहरू, वेस्ट बैंक र उत्तरी गाजाका क्षेत्रहरू समेत समेटिन्छन्।

मिडिल इस्टमा स्थायी शान्ति असम्भव छ?

यो कुरा स्पष्ट छ कि मिडिल इस्टसँग युद्धबाट बच्ने कुनै ठोस उपाय छैन। जबसम्म यस क्षेत्रका राजनीतिक विभाजनलाई समाधान गरिँदैन, यो सम्भव छैन।

सबैभन्दा ठूलो संघर्ष भनेकै इजरायल र प्यालेस्टिनीहरूको बीचमा छ।

नेतन्याहु र उनको सरकारसँगै अधिकांश इजरायली नागरिकहरू मान्छन् कि सैन्य सफलतामार्फत मात्रै शान्ति कायम गर्न सकिन्छ। नेतन्याहुले सक्रिय रूपमा सेना प्रयोग गरिरहेका छन्। उनीमाथि अमेरिका तर्फबाट कुनै नियन्त्रण छैन।

नेतन्याहु अमेरिकाबाट पाएको शक्तिको प्रयोग गरेर मध्यपूर्वमा शक्ति सन्तुलनलाई इजरायलको पक्षमा पार्न खोजिरहेका छन्। एक शताब्दीभन्दा बढी समयदेखि अरब र यहूदीहरूबीच संघर्ष चलिरहेको छ।

दुवै पक्षले सैन्य सफलतामार्फत शान्ति स्थापना गर्ने प्रयास गरिरहेका छन्। हरेक पुस्ताले यस्तो प्रयास गर्‍यो। तर, उनीहरूको हात असफलता मात्र लाग्यो।

७ अक्टोबर २०२३ मा हमासले इजरायलमाथि हमला गर्‍यो। त्यसपछि भएको विध्वंसले संघर्ष रोकिने सम्भावना समाप्त गरिदिएको छ । दोस्रोतर्फ, इजरायलले प्यालेस्टिनीहरूलाई आधारभूत अधिकारबाट वञ्चित गर्ने क्रम जारी राखेको छ। यस्तो अवस्थामा लेबनानमा युद्धविराम एउटा सर्त हो। यो कुनै समाधान होइन।

– बीबीसी न्यूजका अन्तर्राष्ट्रिय सम्पादक जेरेमी बोवेनले गरेको विश्लेषणको भावानुवाद 

NLIC
जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x