कात्तिक २८, २०८०
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
काठमाडाैं | मंसिर १४, २०८१
अस्ट्रेलियाले बिहीबार १६ वर्षमुनिका बालबालिकालाई सामाजिक सञ्जाल प्रयोग गर्न प्रतिबन्ध लगाउने विधेयक पारित गरेको छ ।
नयाँ कानूनअनुसार, फेसबुक, इन्स्टाग्राम र टिकटकजस्ता ठूला टेक कम्पनीहरूले १६ वर्षभन्दा कम उमेरका बालबालिकालाई आफ्नो प्लेटफर्ममा दिएको पहुँच हटाउनुपर्नेछ । यो कानूनको पालना नगर्ने कम्पनीलाई ४९ दशमलव ५ मिलियन डलरसम्म जरिवाना गरिनेछ । यो कानून २०२५ देखि कार्यान्वयनमा आउनेछ भने उमेर प्रमाणित गर्ने प्रणालीको परीक्षण आउँदो जनवरीदेखि शुरू हुनेछ ।
अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजेले यो कानून पारित गर्दै ठूलो राजनीतिक जीत हात पारेका छन् । आगामी २०२५ को चुनावलाई ध्यानमा राख्दै जनताको चासोअनुसार यो कदम चालिएको बताइएको छ । पछिल्लो सर्वेक्षणअनुसार ७७ प्रतिशत अस्ट्रेलियनले सामाजिक सञ्जालमा उमेर प्रतिबन्धको समर्थन गरेका थिए ।
तर, यो कदम विवादरहित भने छैन । बाल अधिकार र गोपनीयताका क्षेत्रमा क्रियाशील संघ–संस्थाहरूले यस कदमले कमजोर र पिछडिएका समूहहरूलाई हानि पुर्याउने चिन्ता व्यक्त गरेका छन् ।
सामाजिक सञ्जाल कम्पनीहरूले पनि विधेयक हतारमा पारित गरिएको भन्दै असन्तोष जनाएका छन् । मेटाका प्रवक्ताले पर्याप्त अनुसन्धान र परामर्शविना कठोर कानून पारित गरिएको बताएका छन् ।
स्न्यापच्याटको अभिभावक कम्पनी स्न्यापले भने यसलाई कार्यान्वयन गर्दा गोपनीयता, सुरक्षा र व्यावहारिकतालाई सन्तुलन गर्न आवश्यक रहेको बताएको छ ।
यो कानून बालबालिकाको मानसिक स्वास्थ्य सुधार गर्नतर्फ लक्षित रहेको बताइएको छ ।
पछिल्लो समय युवा मानसिक स्वास्थ्य संकटका घटनाहरू बढ्दै गएको र सामाजिक सञ्जालले यसलाई झनै गम्भीर बनाएको विभिन्न अनुसन्धानले देखाएका छन् ।
'सामाजिक सञ्जालमा उमेर प्रतिबन्ध लगाउनु भनेको बालबालिकाको भविष्य अभिभावककै हातमा दिने एउटा शुरूआत हो,' अस्ट्रेलियन बाल संरक्षण अभियन्ता अली हल्किकले यो कदमको स्वागत गर्दै भनेका छन् ।
तर, कानून कार्यान्वयन गर्न चुनौतीपूर्ण हुने धेरैको धारणा छ । डिजिटल उद्योग समूहका प्रबन्ध निर्देशक सुनिता बोसले सरकारले उमेर प्रमाणीकरणको उपयुक्त विधि र प्रक्रिया स्पष्ट नगरेको बताइन् ।
सिड्नीकी १६ वर्षीया विद्यार्थी एनी लामले भने प्रतिबन्धले युवा पुस्तालाई इन्टरनेटमा थप जोखिमयुक्त प्लेटफर्मतर्फ धकेल्ने सम्भावना रहेको बताएको बीबीसीले जनाएको छ ।
'यो प्रतिबन्धले सामाजिक सञ्जाल प्रयोग गर्ने युवाहरूलाई अझ प्रविधिमैत्री बनाउनेछ,' उनले भनिन् ।
यो कानून अस्ट्रेलियाले सामाजिक सञ्जाल कम्पनीहरूसँग लड्न अपनाएको पछिल्लो कदम हो । यसअघि, अस्ट्रेलियाले यी कम्पनीहरूलाई समाचार सामग्रीको लागि रोयल्टी तिर्नुपर्ने कानून ल्याएको थियो ।
चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...
पेट्रो चीनको शाखा चाङ्छिङ तेल क्षेत्रले उत्तरपश्चिम गान्सु प्रान्तको ह्वान्सियान काउन्टीमा १० करोड टनभन्दा बढी भूगर्भीय भण्डार भएको तेल क्षेत्र फेला पारेको छ। हालसम्म चाङ्छिङ आयलफिल्डले यस क्षेत्रमा ५०.२४ मिलियन टनको...
न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...