×

कमला-कञ्चनपुर सडकखण्डमा गैरकानूनी उत्खनन् गरेको भन्दै चाइना रेल्वेविरुद्ध सर्वोच्चमा रिट

काठमाडाैं | मंसिर १३, २०८१

धनुषाको कमलादेखि सप्तरीको कञ्चनपुरसम्मको चार लेन सडक स्तरोन्नतिका लागि चाइना रेल्वे नं. २ इन्जिनियरिङ ग्रुप कम्पनीले ढुंगा, गिट्टी र बालुवाको गैरकानूनी उत्खनन् गरेको भन्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।

Laxmi Bank

राम रतन सिंहसहित सात जना निवेदकले रिटमा चिनियाँ कम्पनीसहित नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र लहान नगरपालिकालाई विपक्षी बनाएका छन् ।


Advertisment

रिटमा लहान नगरपालिकाले वातावरणीय प्रभाव मूल्यांकन र प्रारम्भिक वातावरणीय परीक्षण प्रक्रिया पूरा नगरी स्वीकृति दिएको र यसैको आधारमा चाइना रेल्वेले अवैध उत्खनन् गरिरहेको आरोप छ । यो कार्यले वातावरणीय क्षति पुर्‍याएको र नदी तथा वन क्षेत्रको स्वरूप विकृत भएको दाबी रिटमा गरिएको छ ।


Advertisment

त्यस्तै, रिटमा लहान नगरपालिकामाथि संघीय तथा प्रदेश कानूनको उल्लंघन गर्दै स्वीकृतिबिना गिट्टी, बालुवा र अन्य स्रोतको दोहन गरेको आरोप लगाइएको छ । साथै, यस विषयमा उजुरी हुँदा पनि कुनै कारबाही नगरेको भन्दै अन्य सरोकारवालाहरूको भूमिका पनि प्रश्न उठाइएको छ ।

रिटमा गैरकानूनी उत्खनन् तत्काल रोक्न अन्तरिम आदेश जारी गरिनुपर्ने, स्वीकृत नभएका गतिविधि रोक्न परमादेश, गैरकानूनी निर्णय बदर गर्न उत्प्रेषण आदेश र अवैध अनुमति र कार्यान्वयन भएका कुनै पनि निर्णय तथा प्रक्रिया बदर गर्न आदेश माग गरिएको छ । 

त्यस्तै, वातावरण संरक्षणसम्बन्धी ऐन र नियमावलीको पालना गराउन पनि रिटमा मागदाबी गरिएको छ । अदालतले उक्त रिटमा मंसिर १६ गते पहिलो पेसी तोकेको छ ।

NLIC
कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x