×

मध्यपूर्वमा शान्तिको आशा

इजरायल हिज्बुल्लाह युद्धविराम– एक वर्ष लामो संघर्षमा कसले जित्यो, को हार्‍यो ?

काठमाडाैं | मंसिर १३, २०८१

लेबनानमा इरान समर्थित हतियारधारी समूह हिज्बुल्लाह र इजरायलबीच २७ नोभेम्बरमा भएको युद्धविराम सम्झौताले मध्य-पूर्वका सञ्चार माध्यममा निकै चर्चा पाएको छ।

Laxmi Bank

इजरायल र हिज्बुल्लाहबीच एक वर्षभन्दा लामो समयदेखि युद्ध जारी थियो।


Advertisment

अक्टोबर २०२३ मा गाजामा इजरायलले आक्रमण शुरू गर्दा हिज्बुल्लाहले लेबनानबाट इजरायलमा रकेट प्रहार गर्न थालेको थियो। हिज्बुल्लाहले खुलेर हमासलाई समर्थन गरिरहेको थियो।


Advertisment

इजरायलको अंग्रेजी अंग्रेजी हारेत्जका स्तम्भकार रावित हेच्ट लेख्छन्,'हमास र हिज्बुल्लाहबीचको सम्पर्क तोड्नु इजरायलको जीत हो। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आफ्नो पीठ थाप्न सक्छन् ।'

२६ नोभेम्बरमा यो सम्झौताबारे घोषणा गर्दै नेतन्याहुले भनेका थिए–

'लेबनानमा भएको सम्झौतापछि हमास अलग-थलग परेको छ। हिज्बुल्लाहलाई यस मुद्दाबाट हटाइएको छ र यो युद्धमा हमास एक्लो बनेको छ ।'

के भन्छन् इजरायली सञ्चार माध्यम ?

इजरायली सञ्चार माध्यमले भनेका छन्– 'हिज्बुल्लाह अहिले कमजोर भइसकेको छ र फेरि बलियो हुन केही समय लाग्नेछ। हिज्बुल्लाह त्यतिबेलामात्रै पुनः बलियो बन्न सक्छ,जब इजरायलले उसलाई मौका दिनेछ।'

इजरायली वाला न्यूज वेबसाइटका कूटनीतिक संवाददाता बराक रेविड लेख्छन्,'यो हिज्बुल्लाहको रणनीतिक हार होइन,तर उत्तर सीमाको युद्धमा यो इजरायलको जीत हो। हिज्बुल्लाह नष्ट भएको छैन,तर नाटकीयरूपमा कमजोर भएको छ ।'

यद्यपि,लेबनानको सीमामा बस्ने इजरायली जनता हिज्बुल्ला बिस्तारै बलियो बन्ने चिन्तामा छन् । लेबनानको सीमानजिकै रहेको इजरायली शहर किरयात शमोना शहरका मेयरले दक्षिणपन्थी अखबार यिस्राएल हायोम मा लेखेका छन्– 'मलाई लाग्छ,यो युद्धविराम लागू हुनेछैन। दक्षिणी लेबनानमा इजरायली सेनाले एक बफर जोन बनाउनुपर्छ ।'

हिज्बुल्लाहसँगको सम्झौतापछि गाजामा जारी युद्ध र बन्धकबारे प्रश्न उठेका छन् ।

लेबनानमा जस्तै गाजामा किन भएन युद्धबिराम ?

येडियोट ह्रोनोटकी सीमा कद्मोन लेख्छिन्

'नेतन्याहुले इजरायली जनतालाई यो बताउन असफल भएका छन् कि उनले लेबनानमा जसरी गर्न सके, गाजामा किन गर्न सकेनन् ? यसको जवाफ हो, उनले यसो गर्न चाहेका छैनन्। नेतन्याहुले गाजाभन्दा लेबनानलाई प्राथमिकता दिएका छन्। हमासभन्दा हिज्बुल्लाहलाई प्राथमिकता दिएका छन्। र, बन्धकहरूको रिहाइभन्दा आफ्नो सत्तालाई प्राथमिकता दिएका छन् ।'

हारेत्जले आफ्नो सम्पादकीयमा लेखेको छ,'नेतन्याहुले हमासलाई अलग-थलग पार्ने अवसरको उपयोग गर्नुपर्छ र गाजामा पनि यस्तै सम्झौता गर्नुपर्छ,ताकि बन्धकहरूलाई छुटाउन सकियोस्।'

हिज्बुल्लाह समर्थित सञ्चार माध्यममा यसलाई जीतको रूपमा प्रस्तुत गरिएको छ।

हिज्बुल्लाह समर्थित अल-मनार वेबसाइटले लेखेको छ–

'यो लेबनानको जीत हो। इजरायली सेनालाई ठूलो क्षति भएको छ। दक्षिणी लेबनानको खियाम शहर, जुन रणनीतिक रूपमा महत्त्वपूर्ण छ, त्यसलाई इजरायलले कब्जा गर्न सकेन । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले युद्धविराम घोषणा गर्दै भाषण दिए। यसले देखाउँछ कि इजरायली सेना कति हदसम्म असहाय बनिसकेको थियो। इजरायली सेनाले महसुस गरिसकेको थियो कि उनीहरूले युद्ध मैदानमा जीत हासिल गर्न सक्दैनन्।'

हिज्बुल्लाह समर्थित अल-अखबार दैनिकले पनि केही यस्तै कुरा लेखेको छ।

यस दैनिकको मुख्य पृष्ठको शीर्षक छ— अडिग जीत ।

यसमा लेखिएको छ,'हाम्रो शत्रुले सक्दो प्रयास गर्‍यो। यो द्वन्द्वको अन्त्य २००६ को युद्धजस्तै भयो,जब संयुक्त राष्ट्रको प्रस्ताव १७०१ को साथमा अन्त्य भएको थियो र यसमा पनि उस्तै प्रावधानहरू थिए।'

हिज्बुल्लाहको वेबसाइट अल-अहद ले लेखेको छ,'युद्धविराम तब लागू भयो,जब दुस्मन समस्यामा परेको थियो। इजरायलले यहाँ प्रतिरोधको सामना गर्‍यो। हिज्बुल्लाहले इजरायललाई पाठ सिकायो। इजरायलले आफ्नो लक्ष्य हासिल गर्न सकेन। हाम्रो जीत भयो। इजरायलको कमजोरी र क्रूरता दुवै उजागर भएको छ।'

इरानको कमजोर स्थिति

इरानी अंग्रेजी अखबार तेहरान टाइम्सले हिज्बुल्लाहका प्रमुख सैयद हसन नसरल्लाहका छोरा सैयद मोहम्मद मेहदीको एउटा भिडियो शेयर गरेको छ।

मेहदीले युद्धविरामलाई हिज्बुल्लाहको जीतका रूपमा वर्णन गरेका छन्।

मेहदीले युद्धविरामबारे भनेका छन्,'यो हाम्रो साहस र समर्पणको जीत हो। उनीहरूले हाम्रा घरहरू ध्वस्त पारे र जनतालाई मारे,तर अन्ततः जीत हाम्रो भयो।'

यद्यपि,कतिपयले यो युद्धविराम सम्झौताले इरानको कमजोर स्थिति उजागर गरेको तर्क गरेका छन्।

भारतका पूर्व पाकिस्तानी उच्चायुक्त अब्दुल बासितले भनेका छन्,'यो सम्झौताले देखाउँछ कि इरान अहिले जुध्न चाहँदैन। इरान डिफेन्सिभ मूडमा गएको छ।'

बासितले युट्युबमा पोस्ट गरिएको भिडियोमा भनेका छन्,'ट्रम्पको आगमनपछि इरान डिफेन्सिभ भएको छ। इरानले हिज्बुल्लाहलाई युद्धविरामको दिशामा बढ्न निर्देशन दिएको हुन सक्छ ।'

– बीबीसी हिन्दीबाट

NLIC
कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x