×

नेशनल लाइफले लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई दियो 'मीट द सीईओ'को अवसर

काठमाडाैं | मंसिर १३, २०८१

नेशनल लाइफ इन्स्योरेन्सले मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने अभिकर्ताहरूलाई सम्मानस्वरूप कम्पनीका प्रमुख कार्यकारी अधिकृतसँग साक्षात्कारसहितको डिनर ‘मिट द सिइओ’ कार्यक्रम सम्पन्न गरेको छ।

Laxmi Bank

बागमती प्रदेशबाट छनोट भएका करिब ११० जना अभिकर्ता, विभागीय प्रमुख, प्रदेश प्रमुख तथा शाखा प्रमुखको सहभागितामा यो कार्यक्रम सम्पन्न भएको हो ।


Advertisment

कार्यक्रमका क्रममा कम्पनीका सीईओ सुरेशप्रसाद खत्रीले लक्ष्य पूरा गर्ने अभिकर्ताहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै अर्ली क्वालिफायर विजेता र सर्टिफिकेट अफ एक्सिलेन्स प्राप्त गर्न सफल अभिकर्तालाई विशेष सम्मान गरे ।


Advertisment

उनले यस सम्मानले अभिकर्ताहरूलाई अझ प्रभावकारी रूपमा काम गर्न उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरे ।

कार्यक्रममा सीईओ खत्रीले नेपालभर ३०० भन्दा बढी अभिकर्ताहरूमध्ये बागमती प्रदेशबाट मात्रै ११० जना छनोट हुनु सुखद् उपलब्धि भएको बताए ।

साथै, उनले अभिकर्ता र सीईओबीच प्रत्यक्ष अन्तरक्रिया गराउन यो कार्यक्रम प्रभावकारी माध्यम भएको उल्लेख गरे ।

अभिकर्ताहरूले कार्यक्रममा आफ्नो अनुभव, समस्या, गुनासा र कम्पनीले सुधार गर्नुपर्ने पक्षका बारेमा सीईओसमक्ष खुलेर कुरा राख्ने अवसर पाएकोमा खुशी व्यक्त गरे। यस कार्यक्रमले अभिकर्ता र कम्पनीबीच सघन सम्बन्ध विकास गरेको र आगामी दिनमा पनि यस्ता कार्यक्रम निरन्तरता दिनुपर्ने सुझाव सहभागीले दिएका थिए।

‘मिट द सिइओ’ कार्यक्रमले कम्पनी र अभिकर्ताबीच सुमधुर सम्बन्ध स्थापना गर्न मात्र नभई बीमा व्यवसायमा नयाँ जोश र उत्साह थप्न सफल भएको कम्पनीले जनाएको छ ।

NLIC
जेठ २३, २०८१

व्यवसायी विष्णु अग्रवाल अध्यक्ष रहेको मोरङ अटो वर्क्स(एमएडब्ल्यू) वृद्धि कम्पनीले टेस्लाको लोगो कपी गरिएको 'डीपल एस ०७' विद्युतीय सवारी बिक्री गर्दै आएको छ । कम्पनीले ३० लाखभन्दा बढी मुनाफा लिएर गाडी बिक्...

जेठ ४, २०८१

गोर्खा ब्रुअरी प्रालि काठमाडौंले महोत्तरीको मटिहानी नगरपालिका–६ स्थित जरलहवा गाछी बस्तीका आगलागीपीडितलाई राहत सामग्री वितरण गरेको छ । कुल १०५ आगलागीपीडित परिवारलाई राहतस्वरुप प्रतिपरिवार एक&nda...

कात्तिक २६, २०८०

प्रदर्शनी मार्गस्थित भृकुटीमण्डपमा आइतबार देखिएका नेपाली फूल बिक्रेता निराश देखिन्थे । तिहारमा पनि फूलको व्यापार सोचेजस्तो नभएपछि उनीहरू निराश भएका हुन् । फूल बिक्री नभएपछि व्यापारीहरू ग्राहकको पर्खाइमा हात&n...

पुस १३, २०८०

यशोदा फूड्स प्रालिले करेन्ट चाउचाउ लगायत आफ्नो कम्पनीको उत्पादन र विक्रीवितरणमा कुनै पनि रोक नलागेको स्पष्ट पारेको छ । उत्पादन बिक्रीवितरणमा रोक लगाईपाउँ भन्दै परेकोउजुरीविरुद्ध उद्योग विभागले गत जे...

चैत २५, २०८०

नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिले विद्युतीय गाडी टाटा टियागो ईभीको शुरूवाती मूल्य योजना समाप्त भएको जनाएको छ । सन् २०२३ को सेप्टेम्बरमा आयोजित नाडा अटो शोको ...

मंसिर १३, २०८०

महिन्द्रा एण्ड महिन्द्रा (लास्ट माइल मोबिलिटी)को आधिकारिक विक्रेता अग्नि ग्रुपले इलेक्ट्रिक थ्री–ह्वीलर अटो‘ट्रियो’ नेपालका विभिन्न ठाउँमा सार्वजनिक गरेको छ ।​ महिन्द्राले छोटो सम...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x