×

जुम्लामा सञ्चालित शिविरबाट ६ सय १६ जनाले लिए सेवा

जुम्ला | मंसिर १२, २०८१

जुम्लाको तिला गाउँपालिका र हिमा गाउँपालिकामा सञ्चालित दुई दिने निःशुल्क अपाङ्गतासम्बन्धी स्वास्थ्य शिविरबाट छ सय १६ जनाले सेवा लिएका छन् । ​

Laxmi Bank

हिमा र तिला गाउँपालिकाको सहकार्य तथा आईएनएफ नेपालअन्तर्गत समावेशी स्वास्थ्य सेवा परियोजनाको आयोजनामा हिमामा मङ्गलबार शुरू भएको निःशुल्क स्वास्थ्य शिविरमा कानको सुनाइसम्बन्धी समस्या भएका, अपाङ्गता कार्डका लागि चिकित्सकद्वारा सिफारिस, आँखा, कान, घाँटी र हाडजोर्नीसम्बन्धी समस्या भएका तीन सय छ जनाले सेवा लिएका हिमा गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रतनबहादुर रावतले जानकारी दिए ।


Advertisment

कान, नाक, घाँटी र आँखाका एक सय २७ बिरामीले सेवा लिएका छन् ।


Advertisment

त्यस्तै हाडजोर्नीसम्बन्धी समस्या भएका बिरामी ७९, जनरल फिजिसियन एक सय, अपाङ्गता सिफारिस १० र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप उपचारका लागि सात जना बिरामीलाई पठाइएको उनले बताए ।

शिविरबाट पाँच जना बिरामीलाई सहायता सामग्री प्रदान गरिएको रावतले उल्लेख गरे । उनका अनुसार विशेषगरी अपाङ्गतासम्बन्धी दुई दिन स्वास्थ्य जाँच शिविर सञ्चालन गरिएको हो ।

सोमबार तिला गाउँपालिकाको रारालिही स्वास्थ्य चौकीमा भएको शिविरबाट तीन सय १० बिरामी लाभान्वित भएका चौकीका जनस्वास्थ्य निरीक्षक कमल रावतले जानकारी दिए ।

कान, नाक, घाँटीसम्बन्धी बिरामी ४६, आँखा एक सय पाँच, हाडजोर्नीसम्बन्धी ६४ र चिकित्सक परामर्श ९५ जनाले सेवा लिएका हुन् ।

कर्णाली स्वास्थ्य विज्ञापन प्रतिष्ठानका हाडजोर्नी विशेषज्ञ चिकित्सक तूफानसिंह कठायतको समूहले दुई वटा शिविरमार्फत बिरामीको जाँच गरेको हो ।

अपाङ्गता भएका व्यक्तिका लागि निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्नुका साथै अपाङ्गता कार्डका लागि चिकित्सकद्वारा सिफारिस सेवासमेत दिइएको आईएनएफ जुम्ला शाखाका परियोजना अधिकृत राम बुढामगरले बताए ।

गाउँघरमा दक्ष चिकित्सकबाट विभिन्न रोगको उपचार पाउँदा स्थानीय उत्साहित भएका हिमा–५ का स्थानीय रतन रोकायाले बताए ।

गाउँबस्तीमा पुगेर आईएनएफ नेपालले निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेपछि यहाँका स्थानीयलाई सहज भएको हिमा गाउँपालिका उपाध्यक्ष सुर्पना शाहीले उल्लेख गरे ।

NLIC
कात्तिक २१, २०८०

काठमाडौं- आलु भान्सामा अनिवार्य रुपमा पाइने परिकार हो । आलु, अन्य सागसव्जी, तरकारीमा मिसाएर मात्र नभइ तरकारी बनाएर उसीनेर तारेर आदी विभिन्न तरिकारले पकाउन सकिन्छ ।  विश्वभर नै आलुको बढी प्रयोग हुने ...

असोज ७, २०८१

स्वस्थ फ्याट, भिटामिन र मिनरलले भरिएको ओखर खाँदा मस्तिष्कको स्वास्थ्य राम्रो हुन्छ र स्मरणशक्ति पनि बढ्छ । त्यसबाहेक शरीरको समग्र स्वास्थ्यका लागि पनि यो लाभदायक छ । ओखरमा प्रोटीन, क्याल्सियम, म्याग्नेसियम, आइरन, फस्फो...

जेठ ८, २०८१

सिन्धुपाल्चोकको त्रिपुरासुन्दरी गाउँपालिकाले सञ्चालनमा ल्याएको ‘आमा बचाउ’ अभियानबाट ग्रामीण क्षेत्रका महिला लाभान्वित भएका छन् ।​ अभियानअन्तर्गत शुरूमा गाउँपालिकाका हरेक वडाबाट महिला स्व...

मंसिर १७, २०८०

मुख शरीरको महत्वपूर्ण अंग हो । खान, बोल्न र हाँस्नमा मुखको विशेष भूमिका हुन्छ । त्यसैले मुखको सरसफाइमा कुनै लापरबाही गर्नुहुँदैन । मुखको सफाइ नगर्दा गन्ध आउने मात्रै होइन, दाँत र गिजामा विभिन्न रोग निम्तिन पनि...

कात्तिक २२, २०८०

 मुखबाट –याल निस्कनु राम्रो कुरा हो किनकि –यालले नै मुखलाई गिलो राख्छ । तर कतिपय मानिसको सामान्यभन्दा बढी नै –याल आउँछ । उठेको बेलामा भन्दा सुतेका बेलामा मुखभित्र धेर –याल ...

कात्तिक २५, २०८०

कानेगुजीलाई बेवास्ता नगर्नुस् । यसले एमआरआई र एक्सरे नगरिकनै तपाईंको स्वास्थ्य समस्याका बारेमा बताइदिन्छ । १  तपाईंको कानेगुजीले गर्दा कान असाध्यै चिलाउँछ र तपाईं कान कन्याइरहनुहुन्छ भने तपाईंमा संक्रमण ...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x