×

जालसँज जोडिएको जिन्दगी

माछा मारेर जीवन धानिरहेका सोमबहादुर भन्छन्- माछाको घर रित्तिँदा हाम्रो घरमा समस्या हुन्छ

कास्की | मंसिर १२, २०८१

स्याङजा आँधीखोलाको छेवैमा छ, सानो बस्ती । त्यही वस्तीमा ढलान गरिएका घरहरूको बीचमा छ,  टिनले छाएको एउटा सानो घर । झण्डै खोलासँगै जोडिएको ।

Laxmi Bank

यही घरमा बस्छ ६७ वर्षीय सोमबहादुर माझीको परिवार । यही आँधीखोलामा सोमबहादुरका सपना मिसिए । आँसु मिसिए । खुशी मिसिए । र, भरोसा पनि यही खोलाले दियो । आँधीखोलासँगको सामिप्यताले सोमबहादुर जीवन निर्वाहलाई भरथेग गरिरह्यो । जुन आज पर्यन्त जारी छ ।​​


Advertisment

सोमबहादुरको बालापन यही खोलाको पल्लो छेउमा बित्यो । खोलाको पानीसँगै हुर्किए सोमबहादुर ।​ आँधीखोलाको झंकारसँग उनको हृदयको धुन जोडिएको छ । भावना जोडिएको छ ।


Advertisment

२०१७ सालमा जन्मिएका उनको टाउकोमा ओत त थियो तर, घरको छत थिएन । बाबुआमा साहुको घरमा काम गर्थे । खोलाछेउमा रहेको ठाँटीमा ओत लागेर ‍जीवन गुजार्थे उनीहरू । आफ्नो भन्नु घर थियो न जग्गा जमिन ।

‘हाम्रो त घरबास नै थिएन । ठाँटीमै जन्मिएका हौं । बाबाले घाँस काट्ने काम गर्नुहुन्थ्यो अरुकोमा ।  चारवटा भाइ दुईवटा दिदीबहिनी त्यही ठाँटीमै जन्मियौं । हुर्कियौं’, सोमबहादुर भन्छन् ।

सोमबहादुर माछा मार्न सानैबाट खोलामा पसे । माछा मार्नु  छाक टार्ने प्रमुख विकल्प थियो । माछा मारेर नै उनले धेरेथोर रकम जोडे । अनि, खोला वारी सरिआए । सानो ठाउँमा स्याउलाले छाएर टाउको छोप्ने ठाउँ बनाए । घरजम गरे । समयक्रमसँगै सानो घरलाई ब्लकले बलियो बनाए । माछा मारेरै तीन छोरी र एक छोरा हुर्काए ।

उनी जाल हान्दै हान्दै निकै परसम्म पुगिसकेका हुन्थे । माछा लिएर घर फर्किँदै गर्दा भेऊ पाउँथे- अहो ! म त निकै टाढा पो पुगेको रहेछु । तर, जति पर पुगेपनि आँधीखोला छोडेर जान सक्ने अवस्था थिएन । उनले धेरै परको सपना देख्न सकेनन् । जसरी खोलामा हालिएको महाजालले माछाहरू छेक्थ्यो, त्यसरी नै गरिबीले उनका पाइलाहरू अल्झाइरह्यो । सपनाको ढोका उघार्नै दिएन ।

तर, समय पहिलेजस्तो रहेन । अचेल खोलामा माछा कम हुँदै गए । खोलाले पनि बाटो फेर्‍यो । र, सायद माछाले पनि।

खोलामा माछा घट्नुलाई उनी ढुंगा, गिट्टी, बालुवा निकाल्ने र करेन्ट तथा विष हालेर माछा मार्ने कामलाई  ठान्छन् । खोलामा करेन्ट प्रवाह गरेर एवं विष हालेर माछा मार्नु गैरकानूनी हो । तर, नियमन गरिदिने कसले ?

‘त्यतिखेर कसैले ढुंगा लाँदैन्थे । बालुवा लाँदैन्थे । खोलामा जताततै माछा पाइन्थे । अहिले त बीचमा बाँध हालेर आउनै छोड्यो । माछा पातलो भए’, सोमबहादुर सुनाउँछन्, ‘विष पनि हालेर भ्याए । करेन्ट पनि लाउन थाल्यो । पाँच वर्ष जति भयो माछा पातलो भएको ।’

एकातिर माछा कम पाइन्छन् भने अर्कोतिर पहिलेजस्तो ठूला पनि छैनन् । पहिले जाल हानेरै दिनमा १० किलोग्रामसम्म माछा पारेको उनको अनुभव छ । तर, अचेल मुस्किलले दुई किलो पनि पुग्दैन ।

सोमबहादुर महाजाल थापेर खोलामा राख्छन् । कहिलेकाहीँ दुई/तीन दिनसम्मै राख्छन् । सामान्य जालमा भन्दा महाजालमा धेरै माछा पर्छन । तर,आजकल महाजालमा समेत माछा कम पर्न थालेको उनी बताउँछन् ।

अहिले सोमबहादुर मात्र होइन, छोराछोरी पनि माछा मार्ने काममै छन् । माछा बेचेर दिनमा एक हजारदेखि पन्ध्र सयसम्म कमाउँछन् । छोराछोरीले समेत माछा मार्न सिकेपछि सोमबहादुरको जीवन निर्वाहमा केही सहज भएको छ ।

‘पहिले बालाई धेरै दु:ख थियो । हामीले अहिलेजस्तो काम गरेर त्यतिबेला सहय‍ोग गर्न सक्ने अवस्था थिएन । हामी सबै काम गर्न थालेपछि भने माटो र स्याउलाले बनाएको घर हटाएर ब्लकको बनायौं’, छेउमै रहेकी सोमबहादुरकी छोरीले भनिन् ।

यो वर्ष अघिल्लो वर्षजस्तो आम्दानी नभएको सोमबहादुर सुनाउँछन् । खोलाबाट निकाल्ने ढुंगा र बालुवाले माछाको बासस्थान समेत बिगारिदिएको उनको गुनासो छ ।

‘खोलाबाट ढुंगा-बालुवा निकाल्दा माछाको घर बिग्रियो । माछाहरू घर छोडेर गए । उता माछाले घर छोड्दा यता हाम्रो घरमा समस्या पुग्छ’, सोमबहादुर चिन्तित देखिए ।

NLIC
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x