×

सहकारी ठगी प्रकरण

रविविरुद्ध एकपछि अर्को प्रमाण भेटिन थालेपछि नैतिक संकटमा रास्वपा

काठमाडाैं | मंसिर १२, २०८१

पार्टी सभापति रवि लामिछानेले सहकारी ठगीमा ‘क्लिन चिट’ पाएको दाबी गर्दै आएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहकारीको ऋणको ब्याज तिर्न लामिछानेकै हस्ताक्षरसहित दिइएको चेक भेटिएपछि गम्भीर नैतिक संकटमा परेको छ ।

Laxmi Bank

संसदीय छानबिन विशेष समितिले सहकारीको रकम अपचलनमा दोषी देखाउँदै रविमाथि कारबाही सिफारिश गरेको थियो । अनुसन्धानका लागि रवि कात्तिक २ गते पक्राउ परेका थिए । 


Advertisment

त्यसपछि रविमाथि पोखराको सूर्यदर्शन सहकारी ठगीमा अनुसन्धानको प्रक्रिया अगाडि बढ्यो । तर, रास्वपाले राजनीतिक प्रतिशोध साँधिएको भन्दै अदालत अगाडिसम्मै विरोध प्रदर्शन गरिरह्यो । 


Advertisment

पार्टीका पदाधिकारी, केन्द्रीय समिति मात्रै होइन, सिंगो संसदीय दल रविमाथि अनुसन्धान भएको पोखरा पुगेर आन्दोलनमा उत्रियो । राजनीतिक प्रतिशोध साँधिएको भन्दै निरन्तर आन्दोलनमा लाग्यो । रवि पक्राउ परेपछि सरकार मरेको भन्दै रास्वपाले सदगद् गर्न समेत भ्यायो । अदालती प्रक्रियामा अगाडि बढेको विषयमा सांसद समेत लगाएर गरेको विरोध प्रदर्शनपछि पार्टीले चौतर्फी आलोचना खेप्दै आएको छ ।

तर, संसदीय समितिले कारबाही सिफारिस नै गरेपछि उनीमाथि गम्भीर अनुसन्धान गर्नुपर्ने दबाब प्रहरीमाथि छ । केही दिनअगाडि सरकारी वकिलसहितको बयानका क्रममा रुपन्देही प्रहरीले लामिछानेले गोरखा मिडियाको प्रबन्ध निर्देशक हुँदा सहकारीको ऋणको ब्याज तिर्न काटेको चेक देखाएको थियो । 

सहकारीको पैसा गोरखा मिडियामा आएको आफूलाई थाहा नभएको बताउँदै आएका रवि प्रहरीले यो प्रमाण देखाएपछि अक्क न बक्क भए । प्रहरीले जुटाएका यो अकाट्य प्रमाणको उनले प्रतिवाद समेत गर्न सकेनन् । बरु खाली चेकमा हस्ताक्षर गरेर ड्रयरमा राखेकोमा अरू कसैले भरेर बुझाएको हुनसक्छ भन्ने केटाकेटी जवाफ दिएर उम्किन खोजे ।

तर, एउटा–दुईवटा होइन, प्रहरीले रविले हस्ताक्षर गरेका दर्जनौं चेक जुटाएर देखायो । त्यसपछि रवि बयानकै क्रममा केही नबोली स्तब्ध भएको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृत बताउँछन् । यी चेकपछि सहकारी ऐनअन्तर्गत अनुसन्धान थप पेचिलो बन्ने र मुद्दा अगाडि बढ्ने देखिएको हो । 

सूर्यदर्शन, सुप्रिमसहितका ५ सहकारीबाट गोरखा मिडियामा अनधिकृत रूपमा आएको ६७ करोड रुपैयाँको ब्याज भुक्तानीका लागि रविले काटेका चेक भेटिएको हो । पटक–पटक गरी रविले १ करोड ५५ लाख ब्याज भुक्तानीका लागि यस्ता चेक काटेका हुन् । यसले सहकारीबाट पैसा ल्याएको कुरा आफूलाई थाहा नभएको भन्ने रविको दाबीलाई झूटो प्रमाणित गरेको छ ।

त्यसो त सहकारी ठगी छानबिन संसदीय विशेष समितिले नै रविमाथि कारबाही सिफारिश गरेको छ । ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तबरबाट गोरखा मिडियाको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु (जीबी) राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिश गर्ने’ सूर्य थापा नेतृत्वको विशेष समितिले भदौ ३१ गते संसदलाई बुझाएको प्रतिवेदनमा भनिएको छ ।

रविका हस्ताक्षरयुक्त चेक बाहिरपछि रास्वपाले मंगलबार पत्रकार सम्मेलन गरेको थियो । जसमा कार्यबाहक प्रवक्ता मनिष झाले अनुसन्धानको प्रक्रियामा रहेका विषय फिल्म जसरी सार्वजनिक गरिनुले शंका थपेको दाबी गरे । ‘हामी आफ्नो काममा छौं, तर अदालतभित्र भएको छानबिन प्रक्रिया र अनुसन्धानको प्रतिवेदन फिल्मी कहानीको स्क्रिप्टको शैलीमा बाहिर आएको छ,’ झाले भने, ‘सभापतिले बार्दलीमा आएर एक दुई शब्द बोल्दा राज्य डराएको देख्यौं । उहाँले बोल्न र अभिव्यक्ति दिन नपाउने ? अनि कानूनलाई प्रभावित गर्न सूचना बाहिर चुहाउने विषय कानूनी अवहेलना हो ।’ 

सभापतिले हस्ताक्षर गरेका भनिएका चेक प्रायोजित रूपमा आउनु राजनीतिक प्रतिशोध भएको उनको दाबी छ । ‘सभापतिको हस्ताक्षरको चेक भन्दै प्रायोजित रूपमा प्रकाशित गर्न लगाइन्छ । तर, अर्कातिर पूर्व मन्त्री लीलाबल्लभ अधिकारीलाई उन्मुक्ति दिएर उनले लगेकालाई कारबाही गर्न खोजिएको छ । यो भनेको सरासर राजनीतिक प्रतिशोध नै हो ।’

अनुसन्धान प्रभावित गर्न र आरोप लगाउन खोजिरहे रविका हस्ताक्षरयुक्त चेकलाई पार्टीले ‘डिपोजिट’ भनेर दाबी गर्ने तर्क झाले गरेका छन् ।

‘हामी अदालतको प्रक्रियालाई सम्मान गरेर बसेका छौं । सभापतिले सहकारीको पैसा गोरखा मिडियामा आएको छैन भनिरहनु थियो । छानिबन समितिले पैसा नलिएको भनिसकेको छ । उहाँले ९ घण्टा बयान दिनुभएको छ,’ झाले पत्रकार सम्मेलनमा भने, ‘छानबिन समितिलाई अनुसन्धानका बेला किन थाहा भएन ? यसबाट किस्ता तिरेको, ब्याज तिरेको कतै खुलेको छ ? यो डिपोजिट गर्न पठाएको भनेर हामीले दाबी गरे के हुन्छ ? ब्याज पठाएको हो भने भौचर विवरण र माइन्युट खोई ?’

रक्षात्मक बन्दै रास्वपा

निरन्तर आलोचना हुन थालेपछि रास्वपा एकाएक सडक आन्दोलनबाट पछाडि हटेको छ । प्रहरीले रविविरुद्ध एकपछि अर्को प्रमाण जुटाउने र आन्दोलन प्रभावहीन बन्दै जाने भएपछि रास्वपा थप रक्षात्मक बनेको थियो । यसैले मंसिर ४ र ५ गते बसेको केन्द्रीय समिति बैठकले सडक आन्दोलन नै नगर्ने निर्णय गरेको थियो । केही सांकेतिक विरोध गरे पनि केन्द्रीय नेता, पदाधिकारी र सांसद सडकमा नउत्रिने पक्षमा रास्वपा पुगेको थियो । रास्वपाको यो निर्णयपछि केही केन्द्रीय सदस्य र लो प्रोफाइल नेता मात्रै सांकेतिक विरोधमा उत्रिएका छन् । 

तर, कार्यबाहक प्रवक्ता झा नागरिक समाज, बुद्धिजीविले भनेपछि आन्दोलन स्थगित भएको दाबी गर्छन् । ‘राजनीतिक प्रतिशोध साँधियो भनेर हामी विरोधमा उत्रिएका हौं । तर, नागरिक समाज, बुद्धिजीवि र लोकतन्त्रमा विश्वास गर्नेले भनेपछि ल ठीक तपाईंहरूको कुरा मान्छौं भनेर आन्दोलन स्थगित गर्‍यौं,’ झा भन्छन्, ‘तर, पनि मुखमा टेप लगाउने, भाला घोच्ने अनि सभापतिको जवाफ सुन्न नदिने, राजनीतिक चरित्रमाथि प्रहार गर्ने काम भइरहेको छ, यो मान्य छैन ।’

पछिल्लो समय विरोध प्रदर्शन गर्ने वा नगर्ने भन्नेमा रास्वपामा चरम विवाद भएको थियो । उपसभापतिद्वय डोलप्रसाद अर्याल र डा. स्वर्णिम वाग्ले को बढी पार्टीमा हावी हुने भन्ने लडाईंमा छन् । यी दुई पक्षबीच कसले सभपातिलाई खुशी बनाउने भन्ने प्रतिस्पर्धा छ ।

रास्वपाका अर्का नेता गणेश पराजुलीले पनि प्रमाण भेटेको भए छिटो मुद्दा दायर गर्न चेतावनी दिएका छन् । ‘प्रहरीले सभापतिविरुद्ध प्रमाण बटुलेको हो भने सम्मानित अदालतमा प्रस्तुत गरेर मुद्दाको प्रक्रियामा अगाडि बढे हुन्छ । तर, स्टन्टबाजी गर्ने काम मात्रै भएको छ,’ पत्रकार सम्मेलनमा पराजुलीले मंगलबार भने, ‘सभापतिले त प्रमाण ल्याऊ, म कारबाही भोग्न तयार छु भन्नुभएको छ ।’

सभापतिले आफूलाई थुनाभित्र राखेर बीच–बीचमा भाला हानिरहेको हिरासतबाटै बताएको कार्यवाहक प्रवक्ता झा बताउँछन् । तर, पछिल्ला प्रमाण, अन्य जिल्लामा पनि उजुरी र अनुसन्धानको क्रम चलिरहेको छ । रविलाई पोखरा र बुटवलको सुप्रिम सहकारीमा रकम अपचलनको विषयमा छानबिन भइरहेको छ ।

काठमाडौंको स्वर्णलक्ष्मीमा मुछिएको भन्दै उजुरी परेको छ । यसपछि चितवनको सहारा र वीरगञ्जको सानो पाइला सहकारी रकम अपचलनमा समेत रविको संलग्नतामा छानबिन हुन सक्ने देखिएको छ । यसले झन् रास्वपालाई थप रक्षात्मक बनाएको हो । 

NLIC
माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

मंसिर २५, २०८०

दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो ।  दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x