×

ग्लोबल आईएमई बैंकका ग्राहकलाई समाज डेन्टल अस्पतालमा विशेष छुट

काठमाडाैं | मंसिर ९, २०८१

ग्लोबल आईएमई बैंक लिमिटेडका ग्राहकले समाज डेन्टल अस्पतालमा विशेष छुट पाउने भएका छन् । ​यससम्बन्धी सम्झौतामा बैंकका ट्रान्जेक्सन बैंकिङ्ग सेल्स तथा बिजनेस प्रमुख प्रकाश पौडेल र समाज डेन्टल अस्पतालका प्रबन्ध निर्देशक शंकु घिमिरेले हस्ताक्षर गरेका छन् ।

Laxmi Bank

साथै, बैंकको क्रेडिट कार्ड मार्फत भुक्तानी गर्दा १२ महिनासम्म किस्ताबन्दीमा भुक्तानी गर्न मिल्ने सेवा (ईएमआई)समेत प्रदान गर्ने सम्झौता भएको छ ।​​


Advertisment

सम्झौतानुसार बैंकका ग्राहकहरूले समाज डेन्टलमा बैंकको डेबिट/क्रेडिट कार्ड र ग्लोबल स्मार्ट प्लसमार्फत भुक्तानी गर्दा ओपीडी दर्ता शुल्क, डाक्टरको परामर्श शुल्क र अस्पतालको आजीवन सदस्यता शुल्कमा सतप्रतिशत छुट पाउनेछन् । 


Advertisment

यसका साथै, बैंकका ग्राहकहरूले एक्सरे बाहेकका सम्पूर्ण सेवा शुल्कमा एकमुस्ट १० प्रतिशत छुट पाउनेछन् । ​

किस्ताबन्दी सेवाअन्तर्गत बैंकका क्रेडिट कार्डवाहकले समाज डेन्टल अस्पतालमा उपचार बापत खर्च रु. १५ हजारदेखि अधिकतम रु. ५ लाखसम्मको बिलमा ६ देखि १२ महिनासम्मको सरल किस्ताबन्दीमा भुक्तानी गर्न सक्नेछन् । 

यस्ता विभिन्न किसिमका सुविधाहरूको उपभोग गर्न इच्छुक महानुभावहरूले ग्लोबल आईएमई बैंकको जुनसुकै शाखाबाट आवेदन दिई बैंकको क्रेडिट कार्ड लिन सक्नेछन् ।

आफ्ना ग्राहकवर्गको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न किसिमका समयसान्दर्भिक योजनाहरू ल्याएर ग्राहकहरूलाई लाभान्वित गर्दै आएको छ ।

ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आईएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरूबाट फरक-फरक विधामा सम्मानित भएको छ ।

ग्लोबल आईएमई बैंक मुलुकका सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो तथा वित्तीय सूचकअनुसार मुलुककै सबैभन्दा ठूलो वाणिज्य बैंक हो ।

बैंकले देशका ७७ वटै जिल्ला तथा तीन अन्तर्राष्ट्रिय सम्पर्क/वैदेशिक प्रतिनिधि कार्यालयसहित १,१०० भन्दा बढी सेवा केन्द्रबाट बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । 

ग्लोबल आईएमई बैंकलाई सबैंका लागि बैंक बनाउँदै बैंकले विभिन्न सेवा तथा सुविधासहितका योजनामार्फत आफ्ना ग्राहकहरूलाई उत्कृष्ट सेवा प्रदान गर्दै लाभान्वित गरिरहेको छ । 

बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा  पनि दिँदै आएको छ ।

बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउन सहजता प्रदान गर्दै आएको छ । 

NLIC
जेठ ६, २०८१

लक्ष्मी सन्‌राइज बैंकले विराटनगरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ । विराटनगर महानगरपालिका वडा नम्बर ७ स्थित हनुमान दास रोडमा रहेका २ शाखा मध्ये एउटा शाखा ५ किलोमिटर उत्तरत...

पुस ८, २०८०

नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा उल्लेखित प्रावधानहरू कार्यान्वयन गर्न २० बुँदे सर्कुलर जारी गरेको छ । आइतवार अपराह्न सर्कुलर जारी गर्दै राष्ट्र बैंकले ५० लाखसम्मको आवास कर्जाको भुक्तानी अ...

बैशाख २५, २०८१

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ भन्ने नाराका साथ उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै आइरहेको एनआईसी एशिया बैंकले राष्ट्रिय महिला फुटबल टोलीलाई सम्मान गरेको छ । केही समयअघि साउदी अर...

मंसिर ४, २०८०

एनएमबि बैंक लिमिटेडले 'प्रिमियम सुपर तलब खाता'मा आकर्षक सुविधा उपलब्ध गराउँदै आएको छ, सोही कारण उक्त खाता एनएमबि बैंकको लोकप्रिय 'प्रोडक्ट'का रूपमा चर्चित छ । निक्षेपमा उच्च ब्याजदर, कर्पोरे...

जेठ २४, २०८१

धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक बिहीवार पनि ओरालो लागेको छ । लगातार ओरालो लागेको बजार बिहीवार पुनः थप ओरालो लागेको हो ।  नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक एक दशमलव ९३ अङ्क...

जेठ २०, २०८१

हिमालयन बैंक लिमिटेडले विराटनगर शाखा- २ लाई विराटनगर महानगरपालिका वडा नम्बर १२ रोडशेष चोकमा स्थानान्तरण गरेको छ । सिभिल बैंकलाई प्राप्ति गरेपश्चात नजिक भएका शाखालाई स्थानान्तरण ...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x