×

दोहोरो नागरिकताको प्रश्न

थारू आयोगकी सदस्य मोदीसँग अमेरिकी नागरिकता रहेको आरोप, छानबिनमा असहयोग

राष्ट्रिय सतर्कता केन्द्रले पठाएको फाइल संसद् सचिवालयमा अलपत्र

काठमाडाैं | मंसिर ९, २०८१

थारू आयोगकी सदस्य शान्ति मोदीसँग अमेरिकी नागरिकता रहेको भन्दै परेको उजुरी सम्बन्धमा छानबिन गर्न सदस्य मोदीले असहयोग गरेकी छन् ।

Laxmi Bank

उनका श्रीमान हेम चौधरी लामो समयदेखि अमेरिकामा बस्दै आएको, श्रीमान र छोराको अमेरिकी नागरिकता रहेको, मोदी पनि थारू आयोगको सदस्य हुनु अघिसम्म अमेरिकामा बसेको, थारू आयोगको सदस्य भएर पनि पटक–पटक अमेरिका आउजाउ गर्दैआएको भन्ने व्यहोरासहितको उजुरी अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा परेको थियो ।


Advertisment

सो विषयमा छानबिन गर्न भन्दै अख्तियारले उजुरीसहितको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा पठाएको थियो । त्यसपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले छानबिनका लागि राष्ट्रिय सतर्कता केन्द्रलाई जिम्मा लगायो ।


Advertisment

आवश्यक छानबिन गरी सोको जानकारी दिनू भन्दै प्रधानमन्त्री कार्यालयबाट पत्र आएपछि सतर्कताले छानबिन थालेको थियो । तर, उक्त उजुरीका विषयमा जवाफ माग्दा थारू आयोगकी सदस्य मोदीले अटेरी गर्दै आएको सतर्कता केन्द्र स्रोतले बतायो ।

'अमेरिकन नागरिकतासहित दोहोरो नागरिकता रहेको विषयमा सतर्कताले मोदीलाई तीनपटकसम्म पत्राचार गरेर के कसो भएको हो, खुलाई दिन आग्रह गर्‍यो,' सतर्कता केन्द्र स्रोतले लोकान्तरसँग भन्यो, 'तर, तीनैपटक मोदीले आफ्नो सचिवालय (पीए)मार्फत जवाफ पठाउँदै छानबिन गर्ने क्षेत्राधिकार सतर्कता केन्द्रमा नरहेको बताउनुभयो ।'

उनको यस्तो जवाफपछि सतर्कताले संसद सचिवालयलाई औपचारिक पत्र लेखेर यो विषयबारे जानकारी गराएको छ ।

संवैधानिक निकायका पदाधिकारीको सिफारिश र नियुक्ति संवैधानिक परिषदले गर्ने तथा संसद्को सुनुवाइ समितिले अनुमोदन गर्ने हुनाले त्यस विषयमा एक महिनाअघि संसद्लाई औपचारिक जानकारी गराइएको थियो ।

null

'उनीमाथि छानबिन वा महाभियोग लगाउने विषय संसदको क्षेत्राधिकार रहेकाले एक महिनाअघि प्रधानमन्त्री कार्यालय हुँदै आएको उजुरी, उजुरीपछि मोदीलाई गरेको पत्राचार र मोदीको पीएबाट आएको जवाफसहितका कागजात संसद् सचिवालयमा पठाइएको छ,' स्रोतले थप्यो, 'संसद् सचिवालयलाई गरिएको उक्त पत्राचारको बोधार्थ प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई पनि गरिएको छ ।'

यता संसद् सचिवालयले भने यस विषयमा अहिलेसम्म कुनै 'एक्सन' लिएको छैन । संसद् सचिवालय स्रोतका अनुसार उक्त फाइल महासचिवसमक्ष पुगिसकेको छ ।

'सतर्कताले पठाएका कागजातसहितको फाइल त्यतिबेला नै महासचिवज्यूसमक्ष पुगिसकेको हो,' संसद् सचिवालय स्रोतले लोकान्तरसँग भन्यो, 'त्यस विषयमा संसद सचिवालयले छुट्टै संसदीय छानबिन समिति गठन गर्ने कुरा पनि हुँदैन ।'

महाभियोग लगाउनका लागि शुरूमा कम्तीमा ३ जना सांसद तयार भएर निवेदन दिए मात्रै त्यसको प्रक्रिया अघि बढ्ने उनले बताए । 'महाभियोग लगाउनका लागि पनि मोदीसँग अमेरिकन नागरिकता रहेको प्रमाण त हुनुपर्‍यो नि,' उक्त स्रोतले थप्यो, 'त्यसको छानबिन गर्ने अधिकार त अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई छ । अख्तियारले छानबिन गरेर उनी अमेरिकन नागरिक रहेको भन्ने प्रमाण दिएपछि महाभियोग लाग्न सक्छ ।'

null

अब यस विषयमा के गर्ने भनेर सतर्कता केन्द्रले कुनै निर्णय गरिसकेको छैन । सतर्कतामा यो विषय अझै विचाराधीन छ ।

यता थारू आयोगकी सदस्य मोदीले भने आफू अमेरिकन नागरिक नरहेको दाबी गरेकी छन् ।  श्रीमान हेम चौधरी र नाबालक छोरा अमेरिकन नागरिक रहे पनि आफू भने नेपाली नागरिक नै भएको उनको जिकिर छ ।

'श्रीमान् र छोरा अमेरिकन नागरिक हुँदैमा श्रीमती पनि अमेरिकन नागरिक नै हो भन्ने हुँदैन,' उनले लोकान्तरसँग भनिन्, 'कसैसँग म अमेरिकी नागरिक भएर दोहोरो नागरिकता, दोहोरा पासपोर्ट बोकेको प्रमाण छ भने सिधा अदालतमा मुद्दा हाले भइहाल्यो नि ! म आफैं कानूनको विद्यार्थी समेत भएकाले त्यसपछि मुद्दा फेस गरौंला ।'

आफ्ना श्रीमान् सन् २०१२ देखि अमेरिकामा बस्दै आएको तथा नाबालक छोरा पनि अमेरिकन नागरिक रहेको उनले खुलाइन् ।

'म जम्मा साढे २ देखि ३ वर्ष जति अमेरिकामा बसेको हो । त्यसपछि आउजाउ गर्दै आएको हो,' उनले थपिन् ।

nullत्यहाँको नागरिक हुनका लागि कम्तीमा ५ वर्ष अमेरिकामै बस्नुपर्ने भन्दै उनले आफू ३ वर्ष मात्र बसेको दोहोर्‍याइन् ।

विराटनगरकी मोदी २०७८ असार १० गते थारू आयोगको सदस्यमा नियुक्त भएकी हुन् ।  दोहोरो नागरिकता भएको व्यक्ति नेपालको सार्वजनिक पदमा बसेको पाइएमा भ्रष्टाचार मुद्दा लाग्ने गरेको छ ।

यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेलले अमेरिकन कानूनअनुसार स्थायी आवासीय अनुमति लिएको प्रमाणसहित विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

त्यसैगरी, अख्तियारले पटक-पटक विशेष परिपत्र जारी गर्दै दोहोरो नागरिकता लिएको हो भने स्वघोषणा गर्न समेत निर्देशन गर्दै आएको छ ।

 

NLIC
मंसिर ५, २०८०

संसदीय लोकतन्त्रलाई आदर्श मान्ने नेपाली कांग्रेसका सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवादेखि नयाँ दलको रूपमा उदाएको रास्वपाका सांसद स्वर्णिम वाग्ले तथा शिशिर खनालसम्मले महिनामा एकदिन पनि हाजिरी नग...

पुस १९, २०८०

यातायात व्यवस्था विभागका उच्च अधिकारी, विभिन्न यातायात कार्यालयका प्रमुख तथा  कर्मचारी र बिचौलियाको मिलेमतोमा झन्डै ३० हजार अवैध लाइसेन्स जारी भएको पाइएको छ । विगत ६ महिनायता लिखित र ट्रायल परीक्षा नै...

कात्तिक २०, २०७४

जनकपुरधाम, २० चैत — धनुषामा सहकारी संस्थाको ठगी धन्दा मौलाउँदै गएको छ । नियमनकारी सरकारी निकायको निष्क्रियताका कारण सहकारी संस्थाले सर्वसाधारणलाई ठगी गरेका हुन् । सहारा पञ्चकन्या बचत तथा ऋण सहकारी सं...

पुस २०, २०८०

मकवानपुरको साबिक हर्नामाडी गाविसका रुद्रप्रसाद खतिवडाले २०८० साल कात्तिक २३ गते यातायात कार्यालय चितवनबाट 'ए' र 'बी' वर्ग (मोटरसाइकल, स्कूटर कार, जीप, भ्यान)को लाइसेन्स नवीकरण गराएका छन्...

पुस २, २०८०

कार्यक्रम : राष्ट्रपति, उपराष्ट्रपतिसहित भीभीआईपीहरूको लर्को लागेको एउटा भव्य विवाह समारोह । ​ मिति : २०८० साल, मंसिर २९ गते, शुक्रवार​ स्थान : गोकर्ण रिसोर्ट, काठमाडौं । (पाँच तारे स्तरको डिलक्स रिसोर्ट) ...

मंसिर १५, २०८०

धनुषाको शहीदनगर नगरपालिकाका तत्कालीन शिक्षा संयोजक धनेश्वर यादवले झण्डै २ करोड पेस्की लिएर विभिन्न कार्यक्रमका नाममा नक्कली बिल भर्पाइ पेस गरि अनियमितता गरेको पाइएको छ । धनुषाको लक्ष्मीनियाँ गाउँपालिका...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x