×

पर्यटकीय शहरको कुरूप दृश्य

माइक्रोप्लाष्टिकले फेवाताल प्रदूषित, फोहोर व्यवस्थापनमा महानगरको आलटाल

कास्की | मंसिर ८, २०८१

तस्वीर : आशिष पुरी।

सात वर्ष अगाडि तामझामका साथ तत्कालीन पोखरा उपमहानगरपालिकाले प्लाष्टिकका झोला र गिलास निषेधित क्षेत्र घोषणा गर्‍यो । २४ कात्तिक ०७३ मा संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले सभागृहमा आयोजित कार्यक्रममा पोखरालाई प्लाष्टिक निषेधित नगर घोषणा गरे । 

Laxmi Bank

तर, यो निर्णय कार्यान्वयनमा आउन सकेन । उपमहानगरबाट महानगरमा परिणत भएसँगै २०७४ मा आएका जनप्रतिनिधिले यो निर्णयलाई लत्याए । प्लाष्टिक प्रतिबन्ध गरेर वातावरणीय प्रदूषण न्यूनीकरणको अर्को असफल प्रयास २०७९ सालमा फेरि गरियो । ४० माइक्रोनभन्दा पातलो प्लाष्टिकको झोला प्रतिबन्ध लगाइएको सूचना महानगरले निकाल्यो । तर, त्यो पनि सफल हुन सकेन । 


Advertisment

महनगरको यो असफल प्रयासले सिमसार क्षेत्रलाई बढी प्रभावित बनाएको छ । जथाभावी फ्याँकिने फोहोर र प्लाष्टिक पोखराको बीचमै बग्ने फिर्के खोला हुँदै फेवाताल पुग्छ । पर्यटकीय गन्तव्य रहेको फेवातालको दृश्य बेलाबेला प्लाष्टिकले कुरूप देखाउँछ । विशेषगरी ड्यामसाइड क्षेत्रको त्यो दृश्य सामाजिक सञ्जालमा समय-समयमा छाइरहन्छ ।


Advertisment

प्रमुख पर्यटकीय गन्तव्य पोखरामा विभिन्न सामाजिक संघसंस्थाले सरसफाइ अभियान चलाउँछन् । फेवातालमा थुप्रिएका प्लाष्टिकका फोहोर र बोत्तल उठाउँछन् । तर, केही समयमै समस्या यथावत रहन्छ । जसको दीगो व्यवस्थापन छैन । 

फेवाताल प्रदूषणमा फिर्के खोला मुख्य स्रोत 
फेवातालमा जम्मा हुने फोहोरको स्रोत फिर्के खोला रहेको महानगरका प्रमुख धनराज आचार्य बताउँछन् । शुक्रबार यूएनडीपीको एक कार्यक्रममा बोल्दै आचार्यले फोहोर व्यवस्थापनकाका लागि खोला छेऊका बस्तीमा काम गर्न नसकेको स्वीकारे । 

‘फिर्के खोलाको दायाँबायाँ बस्ती छ । त्यहाँ काम गर्न सकेका छैनौं । गाईघाट क्षेत्रमा अरु समस्या पनि छ’, आचार्यले भने । 

तस्वीर : आशिष पुरी ।

प्रमुख आचार्यले औंल्याएको विषयलाई २०२२ अक्टोबरमा प्रकाशित भएको एक अनुसन्धान रिपोर्टले पनि पुष्टि गर्छ । फिर्के खोला भएर तालमा मिसिने स्थानमा सबैभन्दा बढी माइक्रोप्लाष्टिक भेटिएको छ । फेवाताल क्षेत्रमा गरिएको माइक्रोप्लाष्टिक सम्बन्धी सो अध्ययनले तालका सबै किनार दूषित भएको देखाउँछ । 

फिर्के खोला पछि पर्यटकको चहलपहल हुने पूर्वी क्षेत्रमा माइक्रोप्लाष्टिकको प्रदूषण बढी भेटिएको अनुसन्धान क्रममा भेटिएको छ । मानव क्रियाकलाप हुने स्थान, रेष्टुरेन्ट र ढलबाट पनि फेवाताल प्रदूषित भएको अध्ययनले देखाउँछ । बर्खाको समयमा शहरी क्षेत्रबाट फिर्के खोलाको माध्यमबाट आउने ढलको पानीले थप प्रदूषित हुने गरेको छ ।

अध्ययनका अनुसार फेवातालको पश्चिमी क्षेत्रमा माइक्रोप्लाष्टिकको मात्रा कम पाइएको छ । यद्यपि, क्रुस्कल–वालिस एक प्रकारको सांख्यीकीय परीक्षणले तालको विभिन्न भागमा माइक्रोप्लाष्टिको मात्रामा खासै फरक नरहेको देखाउँछ । 

सफा बाटा, फोहोर नाला र ताल
पोखरा घुम्न आउने पर्यटकले विमानस्थलबाट निस्किएपछि सडकको धुलो खाएपनि बाटो सफा छन् । सडक छेउछाउ स्थानीयले बाटोमै फोहोर थुपारे पनि महानगरले सकेसम्म व्यवस्थापन गरिहाल्छ । अन्य शहरको तुलनामा पोखरा सफा छ । तर, आँगन सफा राख्न सकेको पोखराले घरभित्र सफा गर्न सकेको छैन । फोहोर व्यवस्थापनमा महानगरको कमजोरी र स्थानीयको असमझदारीले फिर्के खोला र पोखराका नाला मिनी डम्पिङ साइट बनेका छन् । फिर्के खोलाको फोहोर सिधै तालमा गएर मिसिन्छ । जसले जलीय सन्तुलनलाई समेत हानी गरिरहेको छ । 

कार्यकालको शरूआतदेखि नै मेयर आचार्यलाई फोहोर व्यवस्थापनको चुनौती थियो । विमानस्थलका कारण ल्यान्डफिल्ड साइट सार्नुपर्ने विषयले उनलाई टाउको दुखाएको थियो । त्यो झन्झटले उनलाई अझै छोडेको छैन । हाल वडा नम्बर ३२ मा अस्थायी ल्यान्डफिल्ड साइटमा फोहोर विसर्जन हुन्छ । त्यहाँ पनि महानगरको लापरबाही नै देखिन्छ । जसको छेउबाटै सेती नदी बग्ने गरेको छ । 

nullफोहोर व्यवस्थापनको कमजोरी ढाक्न मेयर आचार्यले प्रशोधन केन्द्रको आश्वासन दिएको वर्ष बितिसक्यो । ६ महिनामा टिकट काटेर डम्पिङ साइट देखाउँछु भनेर बोलेका उनले कामको थालनी समेत गर्न सकेका छैनन् । फोहोर व्यवस्थापनका लागि अध्ययन भ्रमणमा नाममा पैसा भने खर्चभएको छ । 

महानगर प्रमुख आचार्य भने जग्गा प्राप्ति र सरकारी औपचारिकताको झन्झटले पनि समस्या भएको बताउँछन् । उसो त ल्यान्डफिल्ड साइटका लागि महानगरले स्थान पाउन कठिनाइ भने भोगेको छ । 

‘मेरो घरको फोहोर उठाउनुपर्छ भन्ने तर मेरो वडामा फोहोर आउनुहुन्न भन्ने ! नागरिक तहबाट यस्तो व्यवहार पाएका छौं’, प्रमुख आचार्यले भने,  ‘प्रशोधन केन्द्रबारे हामीले नागरिकलाई बुझाउन सकेका छैनौं । युरोपियन टेक्नोलोजीबाट ऊर्जा निकाल्ने गरि केन्द्र बनाउँदैछौं । जसको काम अब छिटो शुरू हुन्छ ।’

समस्याकैबीच पनि पोखरामा हिमालयन लाइफ प्लाष्टिकले फरक काम गरिरहेको छ । कम्पनीका जनरल म्यानेजर प्रकाश भारतीले आफूहरूले मासिक ४० टन प्लाष्टिक रिसाइकल गरिरहेको बताउँछन् । फोहोरलाई मोहर बनाउनका लागि त्यसको वर्गीकरण आवश्यक रहेको उनको भनाइ छ । 

‘फोहोर वर्गीकरण गर्न सकिएको छैन । वर्गीकरण गर्न सकियो भने फोहोरलाई मोहर बनाउन सकिन्छ । नत्र गाह्रो छ’, उनले भने । 

NLIC
मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

कात्तिक १९, २०८०

समय : आइतवार बिहान ७ बजे  स्थान : नलगाड नगरपालिका, १ चिउरी, जाजरकोट (भूकम्पले सबैभन्दा धेरै क्षति पुर्‍याएको ठाउँ)  ‘मेरी आमालाई किन यस्तो भयो ? मलाई पनि बाँच्न मन छैन,...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

कात्तिक २५, २०८०

बुटवलका कुलचन्द्र पाण्डे सफल पर्यटन व्यवसायी हुन् । कुनै समय भारतको एउटा कम्पनीमा काम गरेका पाण्डे अहिले रूपन्देहीमा ‘एसियन ब्राण्ड’ चम्काउने ‘टुरिजम’ उद्यमीका रूपमा चिनिन्छन् । तीन दशकअघि...

बैशाख २९, २०८१

भनिन्छ– मरिसकेपछि पुगिने स्वर्ग कस्तो हुन्छ थाह छैन तर जिउँदै स्वर्ग हेर्न मन लागे रारा जानु । कर्णाली प्रदेशको मुगु जिल्लामा अवस्थित रारा ताललाई धर्तीको भूस्वर्गका रुपमा चित्रण गरिन्छ । राराको सुन्दरता, हावाप...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x