असोज ४, २०८१
एप्पलले आईफोन–१६ को लागि एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत गरेको छ । यसले प्रयोगकर्ताहरूलाई म्याक वा कम्प्युटर बिना नै आफ्नो उपकरणहरू पुनर्स्थापना गर्न अनुमति दिन्छ । यो सुविधा, पहिले नै ‘एप्पल वा...
काठमाडाैं | मंसिर ६, २०८१
एनसेलका ग्राहकहरूले एक नयाँ विशेष सुविधाबाट फाइदा लिन सक्ने भएका छन् । यो सुविधा अन्तर्गत ग्राहकले आफ्नो सधैं अन प्याकमा बाँकी भ्वाइस सेवालाई डेटासँग वा डेटा सेवालाई भ्वाइससँग आफ्नो आवश्यकता अनुसार साटेर सेवाको फाइदा लिन सक्ने एनसेलले जनाएको छ ।
सधैं अनमा ग्राहकले प्याक अनुसार भ्वाइस, डेटा र एसएमएस बन्डल सेवा पाउने गरेका छन् । सेवा प्रयोग गर्दा डेटा सकियो तर, भ्वाइस बाँकी रहेको खण्डमा ग्राहकले त्यस्तो बाँकी भ्वाइसलाई एनसेल एपमार्फत साट्न अथवा परिवर्तन गर्न सक्छन् । त्यसैगरी बाँकी डेटालाई पनि भ्वाइसमा रूपान्तरण गर्न सकिन्छ ।
यो सुविधा सधैं अनका ३९९, ४९९ र ५९९ रूपैयाँका प्याकहरूमा मान्य रहेको एनसेलले जनाएको छ । ग्राहकले आफ्नो एनसेल एपमा ‘एक्सचेन्ज डेटा अर भ्वाइस’मा गई आफूलाई आवश्यक परेको सेवाका अनुसार प्रयोग हुन बाँकी डेटासँग भ्वाइस वा भ्वाइससँग डेटा साट्न सक्छन् ।
उदाहरणका लागि ग्राहकले ५० मिनेटको भ्वाइस सेवालाई १२५० एमबी डेटासँग साट्न सक्छन् । त्यसैगरी १ जीबी डेटा ४१ मिनेट भ्वाइस सेवामा रूपान्तरण गर्न सक्छन् । आफूसँग बाँकी रहेको भ्वाइस वा डेटा सेवाको ९० प्रतिशतसम्मको सेवा आफूलाई आवश्यक सेवा अनुसार साट्न सकिने सुविधा रहेको एनसेलले जनाएको छ ।
एनसलेका अनुसार एनसेल एप एनसेल डेटामा प्रयोग गर्दा कुनै शुल्क लाग्दैन । एनसेलका ग्राहकले पहिलो पटक यो एप डाउनलोड गर्दा १ जीबी डेटा पनि निःशुल्क प्राप्त गर्ने कम्पनीले जनाएको छ ।
एप्पलले आईफोन–१६ को लागि एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत गरेको छ । यसले प्रयोगकर्ताहरूलाई म्याक वा कम्प्युटर बिना नै आफ्नो उपकरणहरू पुनर्स्थापना गर्न अनुमति दिन्छ । यो सुविधा, पहिले नै ‘एप्पल वा...
सरकारले सार्वजनिक गरेको आर्टिफिसियल इन्टेलिजेन्स (एआई)सम्बन्धी अवधारणापत्र’मा कतिपय महत्वपूर्ण विषय समावेश नभएकाे भन्दै सरोकारवालाहरूले कमजाेरी औँल्याएका छन् । बिहीवार कम्प्युटर एसोसिएसन अफ नेपाल ...
गुगल फोटोज एप आफ्नो तस्वीर तथा भिडियोहरू ब्याकअप गर्ने उत्तम विकल्प हो । यसको मद्दतले कुनै पनि ठाउँमा जुनसुकै बेला तस्वीर तथा भिडियोहरू एक्सेस गर्न सकिन्छ । यो एपले फोटोहरूको फेस, लोकेसन, सम...
नेपाल टेलिकमले साउन १ गतेदेखि लागू हुनेगरी मनसुन अफर २०८१ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरू रहेका कम्पनीले जनाएको छ । कम्पनीका अनुसार...
मोफसलमा बलियो आईसीटी कम्पनीको रूपमा काम गर्दै आएको टुना टेक्नोलोजी प्रालि कृषि र पर्यटन क्षेत्रलाई लक्षितगरी काम गरिरहेको छ । स्थापनाको छोटो समयमा स्थापित टुनाले ‘एग्रिकल्चर र टुरिजम इन्डष्ट्रिज’लाई प्...
नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायकलाई महसुल दर स्वीकृतिको सूचना प्रकाशन पछि मात्र सेवा शुल्क लागू गर्न निर्देशन दिएको छ । प्राधिकरणले एक सूचना जारी गर्दै अनुमति पत्र प्राप्त दूरसञ्...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...