कात्तिक २०, २०७४
अमेरिकाका प्रेस सेक्रेटरी सीन स्पाइसरलाई केही दिनअघि नियमित पत्रकार सम्मेलनमा सोधियो, ‘डीप स्टेट भन्ने कुराको अस्तित्व छ ?’ उनले प्रस्टसँग छ कि छैनमा उत्तर दिएनन् तर यसको अस्तित्वलाई नकार्न नसकिने बताए । डोनाल्ड...
काठमाडाैं | मंसिर २, २०८१
२०४६ सालमा बहुदलीय व्यवस्था स्थापना भएपछि सम्पन्न पहिलो निर्वाचनबाट बनेको प्रतिनिधि सभाको सभामुख बनेका थिए– दमननाथ ढुंगाना ।
कांग्रेसबाट सांसद निर्वाचित उनले त्यो बेलाको प्रतिपक्षी एमालेलाई अनुकूल हुने निर्णय गरे ।
प्रतिनिधि सभामा नेपाली कांग्रेसको बहुमत थियो, गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री थिए । प्रतिपक्षमा थियो, नेकपा एमाले ।
सरकार र प्रतिपक्षबीच विभिन्न विषयमा टसल परिरहन्थ्यो । बहुमतको अहंकारले कांग्रेस सधैँ प्रतिपक्षलाई पेल्न खोज्थ्यो, त्यसमा बाधक बन्थे सभामुख ढुंगाना ।
चुनावमा बहुमत पाएको कांग्रेस सत्ता उन्मादमा थियो । त्यस्तो जगजगीको बेला एमालेलाई स्पेस दिने काम गरेका थिए, ढुंगानाले । ‘सरकार सत्तापक्ष र सदन प्रतिपक्षको’ भन्ने संसदीय मान्यता ढुंगानाले स्थापित गरिदिएका थिए ।
संसद्को नियमावलीमा कतै छैन, तर सदन प्रतिपक्षको भन्ने मान्यता नेपालको संसदीय इतिहासमा अभ्यासको रूपमा चलिरहेको छ । प्रतिपक्षमा रहेका दलले त्यही सिद्धान्तको सहारा लिने गर्छन् ।
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं सांसद रघुजी पन्त नेपालको संसदीय इतिहासमा ढुंगानालाई ‘ट्रेन्ड सेटर’ सभामुखको रूपमा स्मरण गर्छन् ।
‘देश मध्यावधिमा गएपछि उहाँ पूरै कार्यकाल सभामुख बन्न पाउनु भएन । ३ वर्ष चानचुनको कार्यकालमा पनि उहाँ एकप्रकारको ट्रेन्ड सेटर सभामुखको रूपमा रहनुभयो,’ सांसद पन्तले भने, ‘उहाँले त्यो बेला गरेका रुलिङ र सदन सञ्चालन गर्दा स्थापित गरेका नजीरहरूले हाम्रो संसद्लाई लोकतान्त्रिक ढंगले अगाडि बढाउन मद्दत पुर्याएको छ ।’
२०१५ सालको आमनिर्वाचनपछिको प्रतिनिधि सभाको सभामुख कृष्णप्रसाद भट्टराई थिए । लामो अन्तरालपछिको प्रतिनिधि सभामा ढुंगाना दोस्रो सभामुख भए । संविधान र कानूनको जानकार हुनुका साथै संसद्को अन्तर्राष्ट्रिय 'प्राक्टिस'बारे जानकार भएकाले नेपालको संसदलाई सही ढंगले चलाउने कला उनमा थियो ।
‘संसद्मा कहिलेकाहीँ सत्तापक्ष र प्रतिपक्ष मुठभेडमा उत्रिन्छन् । उहाँले सभामुखको रूपमा त्यस्तो टेन्सनको बेलामा पनि वातावरणलाई सहज बनाएर आक्रोशमा आएका सांसदलाई शान्त बनाउनुहुन्थ्यो,’ सांसद पन्तले स्मरण गरे ‘उहाँमा संसदीय व्यवस्थाको अन्तर्राष्ट्रिय प्राक्टिसबारे राम्रो जानकारी थियो । संवैधानिक र कानूनी ज्ञान पनि भएकाले उहाँँले सञ्चालन गरेको संसद् र त्यो बेलाको भूमिकालाई हामी बारम्बार सम्झिन्छौं ।’
ढुंगानासँग लामो संगत गरेका नेपाली कांग्रेसका नेता दीपकुमार उपाध्याय संसद् सञ्चालनको सवालमा एउटा आदर्श मान्यता स्थापित गरिएको स्मरण गर्छन् ।
‘लोकतन्त्रको मूल्य, मान्यता र आदर्शप्रति उहाँको अटुट विश्वास थियो । संसद् प्रतिपक्षको हो भनेर उहाँले प्रतिपक्षलाई इग्नोर गर्न मिल्दैन भन्ने हाइटबाट सदन सञ्चालन गर्नुभयो,’ उपाध्यायले लोकान्तरसँग भने, ‘आफू आबद्ध पार्टीको निर्देशनलाई अवज्ञा गरेर सभामुखको रूपमा तटस्थ भूमिका निर्वाह गर्नुभयो ।’
२०४८–०५१ सालको जटिल राजनीतिक अवस्थामा पनि ढुंगानाले संसदीय मूल्यमान्यता अनुसार सदन चलाएर एउटा आदर्श स्थापित गरेको उपाध्यायको मूल्यांकन छ ।
‘सभामुखको तटस्थ र आदर्श भूमिका कारण दलहरूलाई आफ्नो मर्यादामा बस्नुपर्ने बाध्यता थियो,’ उनले भने ।
झलनाथको उम्मेदवारी फिर्तापछि भएका थिए निर्विरोध
२०४८ साल वैशाख २९ गते प्रतिनिधि सभाको निर्वाचन भएको थियो । तत्कालीन राजाले असार ९ गतेका लागि सभामुखको निर्वाचन गर्न मिति तोके ।
सभामुखका लागि कांग्रेसको तर्फबाट दमननाथ र एमालेको तर्फबाट झलनाथको उम्मेदवारी दर्ता भयो ।
दमननाथको प्रस्तावक गिरिजाप्रसाद कोइराला र समर्थक तारानाथ रानाभाट थिए भने झलनाथको प्रस्तावक मदन भण्डारी र समर्थक भरतमोहन अधिकारी थिए । दमनको उम्मेदवारीलाई समर्थन गर्दै एमालेले झलनाथको उम्मेदवारी फिर्ता गर्यो ।
‘पञ्चायतको समयमा पनि उहाँले राजनीतिक दलका नेताहरूविरुद्ध लागेको मुद्दामा वकालत गर्नुभएको थियो । दमननाथजस्तो व्यक्ति उम्मेदवार बनेपछि उहाँलाई समर्थन गर्नुपर्छ भनेर उम्मेदवारी फिर्ता लिइएको थियो,’ एमालेका एक शीर्ष नेताले त्यो बेलाको घटना स्मरण गरे ।
त्यो भूमिका उनले पछिसम्म निर्वाह गरे । तत्कालीन विद्रोही माओवादी र सरकारबीच शान्ति वार्ताको सहजकर्ताको रूपमा उनले काम गरे ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ढुंगाना र स्व. पद्मरत्न तुलाधर लगायतले शान्तिवार्ताका लागि गरेको पहलको बारम्बार प्रशंसा गर्दै आएका थिए ।
कांग्रेस नेता उपाध्याय द्वन्द्व समाधान र नेपालको शान्ति प्रक्रियामा ढुंगानाको अतुलनीय भूमिका रहेको स्मरण गर्छन् ।
शान्ति प्रक्रिया र संविधान निर्माणको क्रममा नागरिक समाजको तर्फबाट दबाब आन्दोलन सिर्जना गरेका ढुंगानाले संसद् विघटनका बेला कडा अभिव्यक्ति दिएका थिए । २०७७ पुस ५ गते गरिएको प्रतिनिधि सभा विघटनविरुद्ध २०७७ पुस २७ गते ढुंगानाले संसद् पुनःस्थापना नभए सडकबाट न्यायाधीश तान्ने दिन आउन सक्ने अभिव्यक्ति दिएका थिए ।
सो अभिव्यक्तिलाई लिएर सर्वोच्च अदालतमा ढुंगानाविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको थियो ।
कम्युनिस्टप्रति कांग्रेस उग्र हुँदा दमनको सन्तुलन
२०४८ सालको प्रतिनिधि सभामा एमालेको सांसद रहेका विरोध खतिवडा कम्युनिस्टप्रति अनुदार गिरिजाप्रसाद कोइराला प्रधानमन्त्री रहेको समयमा दमननाथले सहज ढंगले संसद् सञ्चालन गरेको स्मरण गरे ।
‘बहुदल स्थापनाको आन्दोलनमा खेलेको भूमिकाका कारण कांग्रेसले दमनजीलाई टिकट दियो र सभामुख बनायो । दमनजी त्यस्तो बेलामा सभामुख बन्नुभएको थियो, जतिबेला गिरिजाप्रसाद कोइराला कम्युनिस्टको नाम सुन्न चाहनुहुन्नथ्यो । कम्युनिस्टले जनतालाई झुक्याएर चुनाव जितेका हुन्, अर्कोपटक सबै हार्छन् भन्ने दम्भ उहाँमा थियो,’ नेकपा एसका उपमहासचिव समेत रहेका खतिवडाले स्मरण गरे, ‘बहुमत ल्याएको हामीले अन्य दलसँग किन सल्लाह गर्ने भन्ने कोइरालाको दम्भ रहेको बेला सदनमा सरकारसँग प्रतिपक्षको स्वतः द्वन्द्व चलिरहन्थ्यो, त्यही बेला सभामुखले प्रतिपक्षलाई सहुलियत दिनुभएको थियो ।’
सभामुख एमालेप्रति लोयल भएकोबारे कांग्रेसको पार्टी संगठनमा कुरा उठेपछि दमनले सदन प्रतिपक्षको भन्ने मान्यता सुनाएका थिए ।
‘सत्तापक्षको सरकार भएपछि सांसदहरूले आफ्ना मन्त्रीसमक्ष सहज ढंगले कुरा पुर्याउन सक्छन् । आफ्नो पार्टीको सरकार नभएको प्रतिपक्षले संसद्मा कुरा राख्न पाउनुपर्छ भन्ने उहाँको मान्यता थियो । दूरगामी ढंगले सोच्ने हो भने सदनमा प्रतिपक्षलाई भूमिका नदिँदा त्यो प्रतिबन्ध सडकमा पुग्छ भन्ने उहाँको बुझाइ थियो,’ खतिवडाले स्मरण गरे ।
दमननाथले सदनलाई जीवन्त र प्रभावकारी बनाउन भूमिका खेलेको खतिवडाको मूल्यांकन छ ।
‘घण्टी बजाएर राष्ट्रिय गान बजाउने अनि तोकिएको कार्यसूचीमा छलफल गर्ने मात्र भन्दा पनि संसद्लाई रसिलो, हँसिलो र जीवन्त बनाउनुपर्छ भनेर उहाँले बोल्न दिनुभयो,’ खतिवडा स्मरण गर्छन्, ‘प्रतिपक्षले विरोध गर्यो भने तत्कालै बैठक स्थगित गर्ने अहिलेजस्तो काम त्यो बेला भएन । नाराबाजी गर्दा पनि समय दिनुहुथ्यो । कहिलेकाहीँ हामी राति २ बजेसम्म पनि नारा लगाइरहन्थ्यौं, उहाँ कुर्सीमा बसिरहनुहुन्थ्यो । त्यो धैर्यता उहाँमा थियो ।’
त्यही भूमिकाका कारण संसदको त्यो कार्यकाल सकिएपछि उनलाई भूमिकाविहीन बनाइएको खतिवडाको विश्लेषण छ । ‘त्यो बेलाको सरकार कम्युनिस्ट देख्नै नसक्ने । चुनाव जितेर आएका हामी पनि उग्र नै थियौं । द्वन्द्व चर्किँदा सहज बनाउन र तनावमुक्त बनाउन अलिअलि ठट्टा गर्ने, उखानटुक्का आउने काम हुन्थ्यो,’ संसद्मा नियमापत्ति गर्ने सांसदको रूपमा परिचय बनाएका खतिवडाले भने, ‘महाकाली सन्धिका बेला कांग्रेससँग संसद्मा हाम्रो चर्कै परेका थियो । तपाईंको नाम विरोध, विरोध गर्दै गर्नुस्, मेरो नाम दमन म दमन गर्छु भनेर उहाँले ठट्टामार्फत वातावरणलाई सहज बनाउने काम गर्नुहुन्थ्यो ।’
आदर्श सभामुखको पहिचान बनाएका ढुंगानाको आइतबार ८३ वर्षको उमेरमा निधन भएको छ । उनी यो संसारमा नरहे पनि उनले स्थापित गरेका मान्यता सधैं रहिरहनेछ ।
अमेरिकाका प्रेस सेक्रेटरी सीन स्पाइसरलाई केही दिनअघि नियमित पत्रकार सम्मेलनमा सोधियो, ‘डीप स्टेट भन्ने कुराको अस्तित्व छ ?’ उनले प्रस्टसँग छ कि छैनमा उत्तर दिएनन् तर यसको अस्तित्वलाई नकार्न नसकिने बताए । डोनाल्ड...
सहकारीपीडितको अर्बौं रकम अपचलनका विषयमा संसदीय छानबिन समिति गठनको पक्षविपक्षमा नेपाली कांग्रेस र नेकपा एमाले विभाजित हुँदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चेपुवामा परेका छन् ।&nb...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
आफ्नो तेस्रो कार्यकालको दोस्रो वर्षलाई प्रभावकारी बनाउने भनी दाबी गरेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कांग्रेस महामन्त्री गगन थापालगायत केही नेतासँग नियमित सल्लाह सुझाव लिन थालेका छन् । रा...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...