पुस ६, २०८०
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
काठमाडाैं | कात्तिक २८, २०८१
ललितपुरको महालक्ष्मीस्थानमा रहेको मितेरी बचत तथा ऋण सहकारी संस्थाको बचत ठगी प्रकरणमा नाम मुछिएपछि नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि कारबाहीको माग निरन्तर आइरहेको छ ।
सहकारी ठगी प्रकरणबारे अनुसन्धान गर्न बनेको संसदीय छानबिन विशेष समितिले कारबाही सिफारिश गरेपछि रवि लामिछाने पक्राउ परेका छन् ।
विपक्षीले धनराजसहित माथि पनि छानबिनको माग गरेका छन् । तर, उनको दल कांग्रेसले यसबारे प्रस्ट 'पोजिसन' देखाएको छैन ।
समितिले छानबिन गर्न सिफारिस गरे पनि गुरुङमाथि प्रभावकारी छानबिन अगाडि बढेको छैन । यद्यपि बुधबार सीआईबीले उनीसँग बयान भने लिएको विषय बाहिर आएको छ ।
धनराजकी श्रीमती ज्योति प्रबन्धक भएको मितेरीमा १४ करोड ८१ लाख ६३ हजार ४१८ रुपैयाँ ठगी भएको छ । २०७६ माघ १८ गतेदेखि उनी फरार छिन् ।
२/३ करोड हुँदै सहकारीको १४ करोड ठगी भएपछि बल्ल धनराजले श्रीमतीसँग 'डिभोर्स' गरेको देखिन्छ । उक्त डिभोर्सका सम्बन्धमा समेत प्रश्न उठेको छ ।
अमेरिकामा लुकेको आशंकामा ज्योतिविरुद्ध रेड नोटिस जारी भएको छ ।
ठगीको विषय कतैबाट पनि छोप्न नसकेपछि ज्योतिसँग धनराजले २०७६ फागुन २९ मा गरेको सम्बन्धविच्छेद कागजी भन्दै आलोचित बनेको छ ।
तर, कांग्रेस र एमाले नेतृत्वको सरकार धनराजमाथि छानबिन प्रक्रिया अगाडि बढाउन अहिलेसम्म तयार देखिएको छैन ।
आइतबार धनगढीमा सञ्चारकर्मीले तपाईंहरूले रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध साँध्नुभएको हो भनेर सोधेको प्रश्नमा कांग्रेस सभापति देउवाले ‘मुद्दा त हाम्रा साथीहरूमाथि पनि चलाइएको थियो, तर कहिल्यै होहल्ला गरेनौं,’ भन्ने छोटो प्रतिक्रिया दिएका थिए ।
गृहमन्त्री रमेश लेखकले कात्तिक १४ गते पोखरामा धनराजबारे अनुसन्धान हुने बताएका थिए । ‘धनराजजीमाथि पनि अनुसन्धान र छानबिन हुनेछ । यदि तथ्य र प्रमाणले उहाँले गैरकानूनी काम गरेको देखाए उहाँमाथि कारबाही गरिनेछ,’ गृहमन्त्रीले भनेका थिए ।
गृहमन्त्रीले दाबी गरे पनि प्रहरीले गुरुङविरुद्ध जाहेरी दर्ता गर्नै मानेको छैन । सरकार र कांग्रेसले पनि यसबारे कुनै निर्णय लिएका छैनन् । कांग्रेस पदाधिकारी र प्रवक्ता समेत प्रतिक्रिया दिनबाट पन्छिने गरेका छन् । केही समयअगाडि कांग्रेस महामन्त्री गगन थापाले उपसभापति गुरुङमाथि अनुसन्धान गर्नुपर्छ भनेर बोलेका थिए ।
‘नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङको संलग्नता सम्बन्धमा बाहिर चर्चा चलेको छ । सहकारीसम्बन्धी संसदीय छानबिन समितिमा पनि यस विषयमा छलफल भयो,’ थापाले कात्तिकको पहिलो साता काठमाडौंमा भएको एक कार्यक्रममा भनेका थिए, ‘उहाँबारे बहस पनि भइरहेको छ । थप अनुसन्धान गर्नुपर्छ । म सरकारलाई यहीँबाट अनुरोध गर्न चाहन्छु– बकाइदा अनुसन्धान गर्नुस् । अनुसन्धान गर्नैैपर्छ ।’
केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल औपचारिक बैठक बसेर निर्णय गर्न बाँकी रहे पनि महामन्त्रीले बोलेको कुरा पार्टीको आधिकारिक धारणा भएको बताउँछन् ।
नेपाली कांग्रेसका एक केन्द्रीय सदस्यले गम्भीर मुद्दामा राज्यले प्रभावकारी अग्रसरता नलिँदा धनराजको विषयले पार्टीमाथि नै प्रश्न उठेको बताए ।
‘धनराजजी आफैंले पनि छानबिनका लागि तयार छु भन्नुभएको छ । श्रीमतीमाथि छानबिनको माग छ । राज्यले अनुसन्धानका क्रममा उहाँलाई पनि तान्न खोजेको जस्तो देखिन्छ,’ कांग्रेसका ती केन्द्रीय सदस्य भन्छन्, ‘हामी अरूमाथि पनि सहकारी ठगीको गम्भीर प्रश्न उठाइरहेका छौं । हाम्रै कारणले छानबिन समिति गठन भई अनुसन्धान अगाडि बढेको छ । तर, हाम्रै उपसभापतिमाथि प्रश्न उठ्दा चुपचाप बस्ने स्थिति छैन । राज्यले समयमै प्रभावकारी अग्रसरता लिएर अनुसन्धान थाल्नुपर्छ ।’
कांग्रेसका ती नेता सहकारी रजिस्ट्रारको कार्यालय हेटौंडामा उजुरी परेको र केन्द्रीय अनुसन्धान ब्यूरोमा आएको दाबी गर्दै संसदीय छानबिन समितिले थप कानूनी कारबाही अगाडि बढाउन निर्देशन दिएको विषय गम्भीर भएको बताउँछन् ।
‘सरकारकै गृहमन्त्रीले उजुरी परेको छैन भन्दै हुनुहुन्छ । तर, संसदीय समितिले हेटौंडाबाट सीआईबी हुँदै उजुरी आएकाले कारबाही अगाडि बढाउन भनेको छ,’ ती नेताले भने, ‘हामीले अरूमाथि गम्भीर प्रश्न उठाउँदा हाम्रै नेता दोषी हो भने छानबिनको प्रक्रियामा ल्याउनुपर्छ ।’
तर, पार्टीले अहिलेसम्म औपचारिक रूपमा धनराजबारे केही बोलेको छैन । १४औं महाधिवेशनमा धनराज शेखर–गगन समूहबाट जितेका थिए । तर, यो पछिल्लो विवादपछि उनी पार्टी संस्थापननिकट पुगेको दाबी नेताहरू गर्छन् ।
ज्योतिविरुद्ध मितेरीका अध्यक्ष कुम्भराज राईले नै १५ करोड ठगी गरेर फरार भएको भन्दै उजुरी दिएका थिए । २०५७ सालमा सामान्य कर्मचारीबाट जागिर शुरू गरेकी ज्योतिले गरेको ठगी लुकाउनै नसक्ने स्थिति आएपछि घटना बाहिर आएको थियो । २०७६ मा सम्बन्धविच्छेद गरेको भनेका उनले २०७७ माघ २० गते मितेरीबाट १८ लाख १० हजार कर्जा लिएको देखिन्छ । त्यो ऋणको हकवालमा ज्योतिकै नाम उल्लेख गरिएको छ ।
फेरि २०७७ फागुन ३ गते मितेरीबाटै १२ लाख ऋण लिँदा धनराजले हकवालामा सम्बन्धविच्छेद भइसकेकी ज्योतिलाई राखेका छन् । तर, मंगलबार विज्ञप्ति निकाल्दै गुरुङले फारममा हकवाला ज्योति भनेर कसले लेख्यो भन्ने आफूलाई थाहा नभएको बताएका छन् ।
आफू निर्दोष रहेको दाबी, श्रीमती क्लब र बैंकक जाने गरेको आरोप
धनराजले आर्थिक स्थिति कमजोर भएकाले मितेरी सहकारीको सञ्चालक समितिका अध्यक्ष कुम्भराज गुरुङसँग अनुरोध गरेर श्रीमतीलाई जागिरमा लगाउनु नै अभिशाप भएको बताएका छन् ।
‘उक्त जागिरमा लगाउनु नै आज ठूलो अभिशाप भएको महसुस मैले गरेको छु । २०६६ सालसम्म हाम्रो सम्बन्ध राम्रो थियो । तर, त्यसपछिका दिनहरूमा विस्तारै तिक्तता बढ्दै गयो,’ श्रीमतीलाई दोष थोपर्दै गुरुङले भनेका छन्, ‘उनको रहनसहन नै बदलिन थाल्यो । राति समेत समयमा घर नआउने, डिस्को, क्लब र दोहोरी जाने गरेको जानकारी मैले पाएँ । आफूखुशी कहिले बैंकक त कहिले सिंगापुर जाने क्रम बढेपछि हाम्रो सम्बन्ध झनै बिग्रिँदै गयो ।’
कुम्भराजले एक्कासि २०७६ साल पुसमा सिनियर लेखापाल ज्योति गुरुङमार्फत लगानी गरेको ३ करोड लगानी असुलउपर हुन नसकेको जानकारी गराएको धनराजले बताएका छन् ।
‘ज्योतिबहादुर भण्डारीलाई पटक–पटक गरी मिटर ब्याजमा लगानी गरेको तर असुलउपर हुन नसकेको भन्ने जानकारी गराएपछि मैले त्यसलाई अनुचित ठानें,’ गुरुङले भनेका छन्, ‘म निरन्तर त्यस्ता व्यक्तिविरुद्ध लड्दै आइरहेको राजनीतिक व्यक्ति भएको हुँदा आफ्नै परिवार त्यस्तो क्रियाकलापमा संलग्न भएको सुन्नुपर्दा म छाँगाबाट खसेझैँ भएँ ।’
साधारण कर्मचारी हुँदै बचत संकलकले ल्याएको पैसा ज्योतिले साधारण सदस्यसमेत नरहेका भण्डारीलाई मिटर ब्याजमा लगाएकी थिइन् । झण्डै १३ करोड रुपैयाँ सहकारी प्रणालीमा जम्मा नगरी अन्यत्र लगाएको विषय बाहिरिएपछि धनराज र ज्योतिले बचतकर्ताको रकम फिर्ता गर्ने बताएका थिए । तर, ललितपुरको महालक्ष्मीस्थान र नख्खीपोट आसपासका स्थानीय ब्रिटिस र भारतीय भूपू सैनिक परिवारले बचत गरेको आफ्नै पैसा फिर्ता पाउन सकेनन् ।
गुरुङले यस्तो दाबी गरे पनि श्रीमतीसँगको मिलेमतोमा करोडौं अपचलनको दबाब थेग्न नसकेपछि उनले सम्बन्धविच्छेद गरेको आरोप खेपेका छन् । तर, अपचलनको कुरा आएपछि सोध्दा श्रीमतीसँग झगडा परेको दाबी गुरुङको छ ।
‘तत्कालीन श्रीमती ज्योति गुरुङसँग मैले यस्तो नहुने काम किन गरेको भनी सोध्दा उल्टै अफिसको कुरा तपाईंलाई के चासो भन्ने जवाफ फर्काएपछि झगडा झनै चर्कियो । घरमा श्रीमान् श्रीमती भेटघाट भयो कि झगडा हुन थाल्यो,’ गुरुङले आफैं श्रीमतीपीडित भएको दाबी गर्दै विज्ञप्तिमा भनेका छन्, ‘यसै क्रममा एकदिन बेलुका झगडा सीमाबाहिर बन्न पुग्यो । त्यसपछि ज्योति गुरुङ घर छाडेर माइत हिँडिन् । उनी माइत गएको एक महिनापछि ललितपुर जिल्ला अदालतबाट मलाई पुर्जी आयो ।’
अदालतमा उपस्थित भएपछि ज्योतिले आफूविरुद्ध सम्बन्धविच्छेदको निवेदन दिएको उनले बताएका छन् ।
‘अदालतमा उपस्थित भएपछि मेराविरुद्ध ज्योति गुरुङले सम्बन्धविच्छेदको निवेदन दिएको त्यहाँ पुगेपछि जानकारी पाएँ,’ गुरुङले भनेका छन्, ‘यो कुरा थाहा पाएपछि मैले बच्चाहरूका लागि भए पनि सम्बन्धविच्छेद गर्नुहुँदैन भनेर अनुनयविनय गरें, तर ज्योति गुरुङले माननीय न्यायाधीशकै अगाडि तथानाम बोलिन् र कुनै पनि हालतमा सम्बन्धविच्छेद गर्ने जिकिर गरेपछि २०७६ साल फागुन २९ गते हाम्रो सम्बन्धविच्छेद हुन पुग्यो ।’
तर, सामान्य कर्मचारीबाट सहकारीमा छिरेकी श्रीमतीले ठगीको ठूलो साम्राज्य खडा गर्दा पनि थाहा नभएको गुरुङको दाबी पत्यारिलो देखिन्न । ज्योति बचत संकलक, कोषाध्यक्ष हुँदै महाप्रबन्धक बन्दासम्म गुरुङ र ज्योतिको सम्बन्ध बिग्रिएको बाहिर आएको थिएन ।
सम्बन्धविच्छेद भएको तीन वर्षपछि भएको प्रतिनिधिसभा निर्वाचनमा समेत गुरुङले श्रीमतीको नाम ज्योति नै उल्लेख गरेका छन् । तर, मंगलबार विज्ञप्ति जारी गर्दै उनले हतारहतार उम्मेदवारी दर्ता गराउँदा अरूले नै श्रीमतीको नाम हाल्देको तर्क गरेका छन् ।
पूर्वश्रीमती ज्योति गुरुङ जहाँ भए पनि झिकाएर अनुसन्धान गर्न उनले माग गरेका छन् ।
विवादित व्यापारीसँग ऋण
गुरुङले विवादित व्यवसायी मीनबहादुर गुरुङसँग पनि वकिल साक्षी राखेर ऋण लिएका छन् । घर धितो राखेर लिएको ऋण तिर्दै जाँदा घर नै बिक्री गरेर २०७८ चैत ४ गते १ करोड ८५ लाख ऋण तिरेको गुरुङले दाबी गरेका छन् ।
तर, अझै सहकारीले ब्याजको स्याज भन्दै ८४ लाख बाँकी देखाएको उनले बताएका छन् । नातामा सम्धी पर्ने मीनबहादुर गुरुङसँग वकिल राखी ऋण लिएको दाबी गुरुङले गरेका छन् । यो ऋण लिएर सहकारीको पैसा चुक्ता गरेको उनको भनाइ छ ।
एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...
अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...
दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...
सरकारमा सहभागी मन्त्रीको कार्यक्षमतालाई लिएर प्रश्न उठेपछि अहिले सरकारमा रहेका मन्त्रीलाई फिर्ता बोलाएर मन्त्रिमण्डल पुनर्गठन गर्न सत्तारुढ दलहरूभित्र दबाब बढ्न थालेको छ । अपवादबाहेक सरकारमा सहभागी मन्त्रीले जनअपे...
चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...
सर्वोच्च अदालतको परमादेशले प्रधानमन्त्रीबाट पदमुक्त भएपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारबाट रित्तो हात फर्केका थिए, २०७८ असार ३० गते । संसद् विघटनको अवगाल छँदै थियो, लामो समय सँगै राजनीति गर...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...