साउन ३०, २०८१
नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने व्यवस्था गरेको छ । यसअघि प्रिपेड ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय (Active) गराउनु पर्ने थियो । तर अब ...
विश्वभर लोकप्रिय बनिरहेको च्याटजीपीटीमा समस्या आएको छ । शनिवार बिहान आधा घण्टासम्म यसमा समस्या आएपछि प्रयोगकर्ताहरूले यसबारे गुनासो गरेका थिए ।
फाइनान्सियल एक्सप्रेसका अनुसार यसले हजारौं प्रयोगकर्तामा असर परेको थियो । तर अहिले यो समस्या समाधान भइसकेको छ ।
ओपनएआईले आफ्नो वेबसाइटमा एक विज्ञप्ति जारी गर्दै भनेको छ, 'च्याटजीपीटीको समस्या अहिले समाधान गरिएको छ ।'
अधिकांश प्रयोगकर्ताले नेपाली समयअनुसार बिहान पाँच बजे च्याटजीपीटीमा समस्या आएको अनुभव गरेका थिए ।
ओपनएआईका सीईओ स्याम अल्टम्यानले सामाजिक सञ्जाल एक्समा च्याटजीपीटीमा अवरोध आएको स्वीकार्दै लेखेका छन्, 'हामी पहिलाभन्दा अहिले धेरै नै भरपर्दा भएका छौं, तर अझै काम गर्न बाँकी छ ।'
आउटेज ट्र्याकिङ साइट डाउनडिटेक्टर डटकमका अनुसार च्याटजीपीटीको यो अवरोध लगभग आधा घण्टा लामो थियो । यसले २० हजार प्रयोगकर्तालाई प्रभावित पारेको थियो ।
स्थापनाकालदेखि तीव्र गतिमा विकास भइरहेको यो प्लेटफर्मले एक सातामा लगभग २५ करोड सक्रिय प्रयोगकर्ता आकर्षित गर्दै आइरहेको छ ।
ओपनएआईको मूल्यांकन २०२१ मा १४ अर्ब डलर थियो भने अहिले बढेर १५७ अर्ब डलर पुगेको छ ।
नेपाल टेलिकमले सबै प्रिपेड मोबाइल नम्बरमा अन्तर्राष्ट्रिय रोमिङ सेवा स्वतः उपलब्ध हुने व्यवस्था गरेको छ । यसअघि प्रिपेड ग्राहकले अन्तर्राष्ट्रिय रोमिङ सेवा सक्रिय (Active) गराउनु पर्ने थियो । तर अब ...
नेपाल टेलिकमले नेपालीहरूको महान चाड दशैं, तिहार तथा छठ लगायतका विभिन्न पर्वहरूको अवसरमा दशैं अफर २०८१ सार्वजनिक गरेको छ । अफरअन्तर्गत सहुलियत दरको भ्वाइस, डाटा तथा एफटीटीएचका प्याकेजहरू असो...
सामाजिक सञ्जाल ‘एक्स’ले ब्लक गर्न मिल्ने फिचरमा परिवर्तन ल्याउने घोषणा गरेको छ । अब अवरुद्ध प्रयोगकर्ताहरूले लाइक, जवाफ वा पुनः पोस्टहरूमार्फत अन्तर्क्रिररया गर्न भने सक्षम हुने छैनन् । उनीहरूसँ...
एप्पलले आईफोन–१६ को लागि एक वायरलेस रिकभरी प्रणाली प्रस्तुत गरेको छ । यसले प्रयोगकर्ताहरूलाई म्याक वा कम्प्युटर बिना नै आफ्नो उपकरणहरू पुनर्स्थापना गर्न अनुमति दिन्छ । यो सुविधा, पहिले नै ‘एप्पल वा...
गुगल फोटोज एप आफ्नो तस्वीर तथा भिडियोहरू ब्याकअप गर्ने उत्तम विकल्प हो । यसको मद्दतले कुनै पनि ठाउँमा जुनसुकै बेला तस्वीर तथा भिडियोहरू एक्सेस गर्न सकिन्छ । यो एपले फोटोहरूको फेस, लोकेसन, सम...
नेपाल टेलिकमले साउन १ गतेदेखि लागू हुनेगरी मनसुन अफर २०८१ सार्वजनिक गरेको छ । यस योजनाअन्तर्गत विभिन्न सुविधासहितका नयाँ भ्वाइस तथा डाटा प्याकेजहरू रहेका कम्पनीले जनाएको छ । कम्पनीका अनुसार...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...