×

मानसिक अशान्ति निकै दर्दनाक अशान्तिमा पर्छ, जुन परस्त्री, परपुरुष, परद्रव्य, परप्राणपरवृत्तिसँग सम्बन्धित रहेको हुन्छ । यसको अर्थ अन्य कारणले मानसिक अशान्ति हुन्न भन्ने होइन तर, त्यो क्षणिक हुन्छ । केही समय रहन्छ । विस्तारै आफैं हराएर जान्छ तर, उल्लिखित पाँच कारणले जुन अशान्ति गराउँछ त्यसले भने जीवनभर पछ्याइरहन्छ । आउनुस् यहाँ यसैलाई केलाउने प्रयास गरौँ । 

Laxmi Bank

परस्त्रीसँगको सम्बन्धः– 
यो सर्वाधिक ठूलो मानसिक अशान्तिको कारण हो । परस्त्रीगामी वा परस्त्रीमाथि आँखा लगाउने पुरुषलाई सदैव अज्ञात भयले सताइरहन्छ । उसलाई सरकारी कानूनको पनि डर हुन्छ, सामाजिक कानूनको पनि डर हुन्छ । नैतिक कानूनको पनि डर हुन्छ, धार्मिक कानून (नियम)को पनि डर हुन्छ । यी सबैबाट बचेर हिँड्नुपर्ने भएकाले यस्ता मानिस सदा भयभीत रहन्छन् । 


Advertisment

उसका मनमा सदा कति बेला के हुने हो, कसैले देख्ने पो हो कि, देखिहाले के होला ? कसैले केही भन्ने हो कि भन्नेजस्ता आशङ्का उठिरहेको हुन्छ, जसले गर्दा कहिल्यै शान्तिको सास फेर्न पाएको हुँदैन ।  


Advertisment

परपुरुषसँगको सम्बन्ध:-
यो मानसिक अशान्तिको अर्को कारण हो । परपुरुषगामी महिलाहरूले पनि उल्लिखित सबै कानूनी डरको सामना गर्नुपर्ने हुन्छ । उनीहरूले यसबाहेक अर्को डरको पनि सामना गर्नुपरिरहेको हुन्छ । त्यो भनेको आफूजस्तै अर्की महिलाको घर बिगारेको छु भन्ने डर हो । 

यस मामिलामा सरकारी कानून केही नरम देखिए पनि अन्य कानून पुरुषको तुलनामा बढी नै पेचिलो रहेको हुन्छ ।  त्यसैले उनीहरूले ती सबैबाट बचेर हिँड्नुपर्ने हुन्छ । किनभने कसैले देख्यो वा थाहा पायो भने त्यस्तै परे जीवनबाटै हात धुनुपर्ने अवस्था आउन सक्छ ।  

परधनसँगको सम्बन्ध :-
यो अर्को दर्दनाक कारण हो मानसिक अशान्तिको । अर्काको धनहत्याउने मानिसले कहिल्यै शान्ति पाउन सक्दैन । जतिसुकै धनी भए पनि र जतिसुकै माथिल्लो पदमा भए पनि उसलाई अर्काको रगत र पसिनाले पोलिरहेको हुन्छ । फलतः उसको मन बेचैन हुन्छ, के गरौ के गरौँ भन्ने उखरमाउलो छुटेर आउँछ । न राम्रोसँग निद्रा पाउँछ न भोक नै । 

घरमा खाने चीज प्रशस्तै हुन्छन् तर, खाने मन हुँदैन । यो भनेको कति दर्दनाक पीडा भनिरहनुपर्दैन । खाने चीज नभएर खान नपाउनु एउटा कुरा हो खाने चीज हुँदाहुँदै पनि खान नहुनु अर्को कुरा हो । यसैको कारण त्यस्ता मानिस डिप्रेशनको शिकार हुन पुग्छ र जीवन बरबाद गरिरहेको हुन्छ ।

परप्राण हरण :-
यो पनि मानसिक अशान्तिको त्यत्तिकै दर्दनाक कारण हो । परप्राण हरण गर्नु भनेको अर्काको ज्यान लिनु हो, हिंसा कार्यमा रत हुनु हो । यसबाहेक खसैको तनमा, मनमा, यश, कीर्ति, मानप्रतिष्ठामा आँच पुर्‍याउनु वा पुर्‍याउने काम गर्नु पनि हिंसामै पर्छ । चाहे धर्मको नाममा होस् चाहे अन्य जुनसुकै नाममा होस् हिंसा भनेको हिंसा नै हो । 

यसो त बिना हिंसा कसैको पनि जीवन चल्दैन, यहाँसम्म कि सासै फेर्न सकिन्न भन्ने मत पनि नभएको होइन तर, बाँच्न नगरी नहुने हिंसालाई प्रकृतिले नै छुट दिएको छ । त्यसैले त्यति हदसम्मको हिंसालाई हिंसा नै मान्न सकिए पनि त्यो मानसिक अशान्तिको कारण भने बन्दैन । यसबाहेक जति पनि हिंसा हुने गर्छन् ती भने मानसिक अशान्तिको कारण बन्ने भएकाले त्यस्ता कार्यले कहिल्यै शान्ति दिँदैन । 

परवृत्तिहरण:-
यो पनि त्यत्तिकै भयानक कारण हो । सकेसम्म अर्काको वृत्ति लगाइदिनु राम्रो हुन्छ । लगाउन नसके पनि बचाउन बिर्सनुहुन्न । यस्ता कार्यमा अलिकति झुट नै बोल्नुपरे पनि पाप लाग्दैन भन्ने नीतिवाक्य छ तर, परवृत्ति हरण गर्ने काम भने कहिल्यै गर्नुहुँदैन । किनभने यस्तो कामलाई जघन्य अपराध मानिएको छ । जघन्य अपराध भनेको त्यस्तो अपराध हो, जसको असर जीवन भर परिरहन्छ । 

मानसिक अशान्तिमा यी पाँच कारणबाहेक अन्य पनि केही कारण हुन सक्छन् तर, तिनले दिने आशान्ति त्यति भयानक हुँदैन । किनकि त्यसको असर स्थायी हुँदैन । तर, उल्लिखित पाँच कारणबाट उत्पन्न हुने मानसिक आशान्ति भने किलो बनेर रहेको हुन्छ ।

NLIC
भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

भदौ ९, २०८१

मानिसहरू भन्छन्, जीबी राईले १६ अर्ब खायो । तर, मैले घरबाट निस्किएको दिन भात खान पनि पाइनँ  । एक दाना स्याउको भरमा २४ घण्टा कटाएँ  । काँकडभिट्टा पुगेपछि साह्रै तनाव भयो  । त्यसपछि खाली पेटमा ए...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x