भदौ १७, २०८१
बा तिम्लाई अरु केही दिन सकिनँ ! त्यसैले तिम्लाई चर्को नबोलेर सम्मान गर्छु । बजारको लड्ड, मिठाई तिम्लाई मन पर्छ मलाई थाहा छ, फाइदा गर्दैन भनेर किन्न सकिनँ । बा तिमी, अरु बाभन्दा फरक छौ र त तिमीले ...
कथाकार शिवप्रसाद जैशीको कथासङ्ग्रह ‘घटको रैबार’को विमोचन गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य प्राडा दयाराम श्रेष्ठ ‘सम्भव’ले एक समारोहबीच कथासङ्ग्रहको लोकार्पण गरेका हुन् ।
सङ्ग्रह लोकार्पण गर्दै प्राडा श्रेष्ठले यसभित्र मौलिक खालका कथा आफूले पाएको बताए । कथाकार जैशीको लेखनमा आफ्नै शिल्प र नवीनता रहेको उनले बताए । कथासङ्ग्रहमा अछामको परम्परा, भाषा, संस्कृति र परिवेशलाई सुन्दर ढङ्गले अभिव्यक्त गरिएको श्रेष्ठको भनाइ थियो ।
कार्यक्रममा कथाकार जैशीले बाल्यकालदेखिका आफ्ना भोगाइ, अनुभव र अनुभूतिबाट कथा लेख्न प्रेरणा मिलेको बताए ।
भुँडीपुराण प्रकाशनका प्रबन्धक केशव पराजुलीले लेखकको व्यक्तित्व र कृतित्वमाथि प्रकाश पारेका थिए ।
समारोहमा नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवाली, पूर्वमन्त्री शङ्कर कोइराला, अछामका सांसद शेरबहादुर कुँवर, नेपाल प्रज्ञा-प्रतिष्ठानका पूर्व प्रज्ञासभा सदस्य तथा स्रष्टा नरनाथ लुइँटेल, कवि तथा साझा प्रकाशनका पूर्वमहाप्रबन्धक प्रल्हाद पोखरेल र गजलकार पूर्ण रावललगायतको उपस्थिति थियो ।
नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठान, भुँडीपुराण प्रकाशन र नेपाल कमर्श क्याम्पस भूतपूर्व एल्मुनाई एसोसियसनको आयोजनामा भएको लोकार्पण समारोहको अध्यक्षता नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानका अध्यक्ष उङ्दीछिरिङ शेर्पाले गरेका थिए ।
बा तिम्लाई अरु केही दिन सकिनँ ! त्यसैले तिम्लाई चर्को नबोलेर सम्मान गर्छु । बजारको लड्ड, मिठाई तिम्लाई मन पर्छ मलाई थाहा छ, फाइदा गर्दैन भनेर किन्न सकिनँ । बा तिमी, अरु बाभन्दा फरक छौ र त तिमीले ...
दिवंगत साहित्यकार प्रकट पङ्गेनी (शिव) का प्रकाशन हुन बाँकी कृति गण्डकी प्रज्ञा–प्रतिष्ठानले प्रकाशन गरिदिने भएको छ । प्रतिष्ठानका कुलपति सूर्य खड्का विखर्चीको अध्यक्षतामा बिहीबार बसेको बैठकले गजलकार ...
'विश्वविख्यात वैदिक वैज्ञानिक' नामक पुस्तकको दोस्रो संस्करण हालै प्रकाशित भएको छ । अध्यात्म वाङ्मय पुरुष आचार्य कमल रिजालद्वारा लिखित यस पुस्तकलाई मानव सेवा फाउन्डेशन कलङ्की, नेपालले प्रकाशित गरेको हो ।&nb...
नेपाली साहित्यका ‘विराट प्रतिभा’ भैरव अर्यालको स्मृतिमा स्थापित विभिन्न तीन प्रतिष्ठित पुरस्कार भैरव पुरस्कार गुठीले तीन अलग–अलग स्रष्टालाई प्रदान गरेको छ । गुठीले हालै काठमाडौंमा एक ...
गोपी मैनाली कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् । ...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...