×

कपनमा शारदीय कविता वाचन

काठमाडाैं | कात्तिक १४, २०८१

एक सय १६ औं लक्ष्मीजयन्ती तथा तिहारका अवसरमा कपन साहित्य समाजका आयोजनामा आज स्थानीय स्थानीय आकाशेधारास्थित ‘यात्री स्मृति सभाकक्ष’मा शारदीय कविता वाचन एवं शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

Laxmi Bank

सो अवसरमा बूढानीलकण्ठ  नगरपालिकाका उपप्रमुख एवं कवि अनिता लामा, समाजका अध्यक्ष गणेशकुमार मिश्र, महासचिव लक्ष्मण अधिकारी, सचिव त्रिलोचन आचार्य तथा स्थानीय साहित्यकार ओमप्रसाद कोइराला, ढुण्डिराज मरासिनी, बिसुकुमार केसी, थरेन्द्र बराल, भारद्वाज मित्र, श्याम रिमाल, विनोद दाहाल ‘वत्स’, माधवलाल श्रेष्ठ, पुरुषोत्तम नेपाल, रत्न उप्रेती, बद्री आचार्य, होमकुमारी दुलाल, श्यामा पन्त, पवित्रा चिमोरिया, कमला खनाल, अग्रता नेपाललगायतले देशप्रेम, आमाप्रतिको ममता, उपभोक्तावादी संस्कृति आदि विषयमा आ-आफ्ना कविता तथा महाकवि देवकोटाका कविता वाचन गरेका थिए ।


Advertisment

कार्यक्रममा बूढानीलकण्ठ नगरपालिकाका उपप्रमुख लामाले अरूले आ–आफ्नै किसिमले  चाडबाड मनाए पनि साहित्यकारहरूले भने साहित्य सिर्जना र वाचन गरेर मनाउनुपर्नेमा जोड दिए ।


Advertisment

स्थानीय राजनीतिकर्मी एवं समाजसेवी लक्ष्मीप्रसाद सङ्ग्रौलाले कपनमा साहित्य, कला, संस्कृति विस्तार गर्न आफूहरूले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सो अवसरमा सहभागी कविहरूलाई प्रमाणपत्र पनि वितरण गरिएको थियो । 

समाजले बर्सेनि एक जनालाई ‘यात्री स्मृति सम्मान’, समय समयमा ‘कपन दर्पण’ संगालो (चार अङ्कसम्म) र  ‘कविता क्यालेन्डर’ वार्षिक भित्तेपात्रो प्रकाशन, कृति विमोचनलगायत अन्य साहित्यिक कार्यक्रम पनि गर्दै आएको छ ।

साहित्यकार तथा अन्वेषक पूर्णप्रकाश नेपाल यात्री, साहित्यप्रेमी तथा बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारीलगायतका सक्रियतामा बूढानीलकण्ठ–१० मा विक्रम संवत् २०६१ मा समाज स्थापना भएको थियो ।

NLIC
भदौ १७, २०८१

बा तिम्लाई अरु केही दिन सकिनँ ! त्यसैले तिम्लाई चर्को नबोलेर सम्मान गर्छु । बजारको लड्ड, मिठाई तिम्लाई मन पर्छ मलाई थाहा छ,  फाइदा गर्दैन भनेर किन्न सकिनँ । बा तिमी, अरु बाभन्दा फरक छौ र त तिमीले ...

असोज २०, २०८१

साहित्यमा विह्वल नामले परिचित पत्रकार धर्मेन्द्र झाको नयाँ कृति प्रकाशित भएको छ । मैथिली भाषामा रहेको एक अनुसन्धानात्मक कृति 'मिथिला मिथक' हालै प्रकाशित भएको हो ।  झाका पहिला पनि नेपाली र मैथ...

कात्तिक १९, २०८१

कथाकार शिवप्रसाद जैशीको कथासङ्ग्रह ‘घटको रैबार’को विमोचन गरिएको छ । नेपाल प्रज्ञा-प्रतिष्ठानका आजीवन सदस्य प्राडा दयाराम श्रेष्ठ ‘सम्भव’ले एक समारोहबीच कथासङ्ग्रहको लोकार्पण गरेका हुन् ।&nb...

कात्तिक १०, २०८१

सातो जाने रातो ढुंगा देखेर गोपाल छक्क पर्‍यो । त्यहाँको व्यवस्थापन र अर्थोपार्जनको तरिका त्यस्तै ​आश्चर्यजनक। पुत्र तथा पुत्रबधुको सौजन्यमा अवलोकन भ्रमण जुरेको थियो । साथमा थिए पुत्रबधुको पितामाता सम्धीसम्धिनी ।...

असोज १, २०८१

भैरव पुरस्कार गुठीले नेपाली साहित्यका विराट प्रतिभा भैरव अर्यालको स्मृतिमा स्थापित तीन पुरस्कार प्राप्त गर्ने व्यक्तिहरूको नाम सार्वजनिक गरेको छ । गुठीका अध्यक्ष वरिष्ठ साहित्यकार रोचक घिमिरेको अध्यक्षतामा मं...

भदौ ३०, २०८१

पत्रकार तथा लेखक सुधीर शर्माको दुई वटा पुस्तक विमोचन गरिएको छ। उत्तरी छिमेकी देश चीनको चासोको विषयमा समेटिएर तयार पारिएको दुई वटा किताब 'भिक्षु, व्यापार र विद्रोह' तथा 'हिमालपारिको हुरी'को...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x