जेठ १०, २०८१
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...
काठमाडाैं | कात्तिक ४, २०८१
पशुपति क्षेत्र विकास कोषमा देखिएका बेथितिहरूका विरुद्धमा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अभियानले आइतवार मन्त्री पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाइको हो ।
उक्त ध्यानाकर्षण पत्रमा कोषले हिन्दू धर्म तथा संस्कृतिमाथि भइरहेको क्रियाकलापलाई ’धर्मविरोधी’ बताइएको छ ।
ध्यानाकर्षण पत्रमा कोषले पशुपति क्षेत्रमा रहेका विभिन्न धार्मिकस्थल अन्य धर्मका संस्थानहरूलाई सुम्पिएको, गुठी क्षेत्रलाई अनधिकृत रुपमा चलाएको र पशुपति मन्दिर परिसरभित्रै इसाई धर्मका गतिविधिहरू सञ्चालन गरिएको आरोप लगाइएको छ ।
सँगै त्रिशूल/डमरू छाप अङ्कित क्षेत्रलाई चर्च र मस्जिदका रुपमा प्रयोग गर्न दिएको, फोटो खिच्न मनाही हुँदाहुँदै विदेशीहरूलाई अनुमतिसहित स्थल उपलब्ध गराएको र मृगस्थली क्षेत्रमा चिहान बनाउन दिएका कुराहरूलाई गम्भीर बेथितिका रुपमा उक्त पत्रमा उल्लेख गरिएको छ ।
महासचिव देवेश झाले हस्ताक्षर गरेको ध्यानाकर्षण पत्रमा विशेष रुपमा गौशाला धर्मशालाले पशुपति क्षेत्रमा निःशुल्क सेवा प्रदान गर्दै आएको क्रियाकलापलाई विघटन गर्ने प्रयास भएकोमा गम्भीर चिन्ता व्यक्त गरिएको छ ।
’सनातन धर्मलाई कमजोर पार्ने नियोजित योजनाअन्तर्गत गौशाला धर्मशालाको विघटन गराउने प्रयास भइरहेको छ,’ पत्रमा भनिएको छ ।
पत्रमा पशुपति क्षेत्रमा रहेका विकृति र धर्मविरोधी गतिविधिहरूको तत्काल समाधान खोज्न कोषका अध्यक्षसमेत रहेका मन्त्री पाण्डेसमक्ष आग्रह गरिएको छ । साथै, अदालती प्रक्रियामा रहेको विवादलाई कानूनी टुङ्गोमा पुर्याउनुपर्नेमा जोड दिइएको छ ।
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...
पौराणिक दर्शनका अग्रणी व्यक्तित्व महर्षि शौनकको वैदिक ग्रन्थहरूमा पनि उत्तिकै विशिष्ट स्थान छ । उनलाई पौराणिक ग्रन्थहरूले ८८ हजार ऋषिमण्डलीको नेतृत्वकर्ता मानेका छन् भने महाभारत तथा भागवतादि ग्रन्थहरूले बह्वृच अर्थात् ऋ...
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको...
तिहार अर्थात् यमपञ्चकको चौथो दिन आज गोवद्र्धन, बलि, गोरु, हलि एवं कृषकको पूजाआजा गरी मनाइएको छ । आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाएर त्यसलाई गोवर्द्धन पर्वत मानेर पूजा गर्ने गरिन्छ...
बाँकेस्थित नेपालगञ्जको रामलीला मैदानमा विजया दशमीको घटनास्थापनादेखि शुरू भएको रामलीला महोत्सवको आज (शनिवार) १०औँ दिन रावण बध गर्न लागिएको छ । रामलीला नाटक प्रदर्शनीमा आज ५५ फिटको रावण...
जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा बिहीबार कोजाग्रत (कोजागरा) पर्व मनाइने भएको छ । हिन्दू धर्मावलम्बीले मिथिलामा आज सो पर्व मनाउने भए पनि जानकी मन्दिरमा बिहीबार मनाइने जानकी मन्दिरका उत्तरा...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...