असोज २१, २०८१
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ : १६ ब...
जनकपुरधामको प्रसिद्ध धार्मिकस्थल जानकी मन्दिरमा बिहीबार कोजाग्रत (कोजागरा) पर्व मनाइने भएको छ ।
हिन्दू धर्मावलम्बीले मिथिलामा आज सो पर्व मनाउने भए पनि जानकी मन्दिरमा बिहीबार मनाइने जानकी मन्दिरका उत्तराधिकारी महन्त रामरोशन दास वैष्णवले जानकारी दिए । उनका अनुसार यस अवसरमा महोत्तरीको पिपरा गाउँपालिका–६ स्थित रतौलीका स्व ब्रह्मदेव ठाकुरको घरबाट प्रत्येक वर्षझैँ यसपाली पनि एक सय सात पाहुर (भार) जानकी मन्दिरमा ल्याइनेछ ।
मन्दिरको पाहुरमा पान, मखान, लड्डु, खाजा, दही, चावल, दाल, तरकारीका अतिरिक्त रामजानकीको लुगा रहनेछ । स्व ब्रह्मदेव ठाकुर परिवारका सदस्य नवीन ठाकुरले वर्षौंदेखिको परम्परालाई निरन्तरता दिइने बताए । यो परम्परा एक सय सात वर्षदेखि चल्दै आएको उनले बताए । जानकी मन्दिरका महन्त तपेश्वर दास वैष्णवका अनुसार कोजाग्रत महोत्सवमा रामजानकीको चुमाओन (विशेष पूजा) गरिन्छ । उक्त पूजा आकर्षक हुने गर्छ ।
मिथिलाञ्चलमा नव विवाहित बेहुलाका घरमा पनि कोजाग्रत पर्व मनाउने परम्परा छ । बधु पक्षद्वारा वर पक्षलाई पठाइएको सामग्रीले रमाइलोगरी पासा र पचिसी खेल्ने परम्परा रहेकोे पण्डित सुरेश झाले बताए । आचार्य पण्डित सन्तोषकुमार पाण्डेयका अनुसार चुमाओन विधिमा शरीरका शीर्षदेखि चरणसम्म पाँच वटा प्रमुख अङ्गलाई चुमाउने गरिन्छ । हातका पाँचऔँला पञ्च महाभूतका प्रतीक मानिन्छ । पाँच अङ्गको स्पर्शले शरीर ऊर्जावान् हुने विश्वास मिथिला क्षेत्रमा रहेको आचार्य पाण्डेले बताए ।
कोजाग्रत पर्वलाई जागृति पर्वको रुपमा पनि मानिने र यस पर्वलाई विष्णुत्वको प्रतीकका रूपमा समाजले स्वीकारेको आचार्य पाण्डेको भनाइ छ । मैथिल संस्कृतिको एउटा प्रमुख अङ्ग रहेको यस पर्वमा परिवारका सदस्यले पान, मखान र मिठाइ खाने तथा एकअर्कासँग प्रेमपूर्वक भेटघाट गर्ने चलन रहेकोे जानकार डा राजेन्द्र विमलले बताए ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ : १६ ब...
पशुपति क्षेत्र विकास कोषमा देखिएका बेथितिहरूका विरुद्धमा हिन्दूराष्ट्र स्वाभिमान जागरण अभियानले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेलाई ध्यानाकर्षण पत्र बुझाएको छ । अभियानले आइतवार मन्त्री पाण्ड...
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो (पञ्चाङ्ग) हरूमा आश्विन शुक्ल पूर्णिमा व्रतका बारेमा फरक फरक दिन उल्लेख भएपछि आम मानिसमा भ्रम उत्पन्न भएको छ । समितिले स्वीकृति दिएको तोयनाथ पन्तको पञ्च...
धर्म शास्त्र अनुसार ब्रह्माण्डमा चार युग रेहका छन् । जसमा सत्य, त्रेता, द्वापर र कलियुग पर्छन् । हिन्दु शास्त्रका अनुसार चार मध्येको अन्तिम कलि युग हो । यो युगमा मानिसहरुको चरित्र बिग्रने, सभ्यताको नाममा नयाँ समस्या...
नेपालीको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको दिन भए पनि आज कुनै तिहारको पर्व भने नपरेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले जनाएको छ । औँसी बेलुकी भएका दिन गरिने लक्ष्मीपूजा बिहीबार नै गरिएको...
शान्तिका अग्रदूत भगवान् गौतमबुद्धको दुई हजार ५६८औँ जन्म जयन्ती मनाइएको छ । बिहीबार घर, गुम्बा, चैत्य, विहारमा श्रद्धाभक्तिपूर्वक पूजा आराधना, प्रवचन एवम् शान्ति सन्देश फैल्याउन उनले खेलेको योगदानको स्मरण गरी पर्व मना...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...