×

Dabur
MG

कांग्रेस महामन्त्रीसँग कुराकानी

गगन थापालाई प्रश्न– अब तपाईंको लक्ष्य प्रधानमन्त्री कि पार्टी सभापति ? [अन्तर्वार्ता]

'आजसम्म प्रश्न गरें, समस्या देखाएँ; अब प्रश्नभन्दा जवाफ, समस्याभन्दा समाधान दिने गरी काम गर्छु'

पुस ९, २०७८

NTC
Marvel
IME BANK INNEWS
Premier Steels

कांग्रेसका नवनिर्वाचित महामन्त्री गगन थापाको निवास रातोपुलमा शुक्रवार बिहान देशका विभिन्न जिल्लाबाट आएका कांग्रेस नेता/कार्यकर्ताको भीड थियो ।

yONNEX
Sagarmatha Cement

डेमोक्रेटिक चिकित्सक संघलगायत संगठित तप्का पनि गगनलाई बधाई दिन आइपुगेको थियो । त्यही बेला पार्टी सभापति शेरबहादुर देउवाबाट गगनलाई छलफलका लागि बोलावट भयो । 


Advertisment
RMC TANSEN
Mahindra Agni Group
shivam ISLAND

महाधिवेशनपछिको व्यस्तताबीच लोकान्तरसँग छोटो कुराकानी गर्न गगन राजी भए ।


Advertisment
Kumari
Saurya island
Pardeshi

कांग्रेस महाधिवेशनको समीक्षा र महामन्त्रीका रूपमा भावी योजनाबारे लोकान्तरका लागि सुशील पन्तले गगन थापासँग कुराकानी गरेका छन् । 

Vianet communication
Laxmi Bank

प्रस्तुत छ, कुराकानीको सम्पादित अंशः 

नेपाली कांग्रेसको १४ औं महाधिवेशन कांग्रेसवृत्तमा मात्र नभई राजनीतिमा ज्यादा चासो नराख्ने सर्वसाधारणमाझ पनि चर्चा र रुचिको विषय बन्यो । कांग्रेस महाधिवेशनले कांग्रेस बाहिरको तप्कालाई पनि किन आकर्षण गर्‍यो जस्तो लाग्छ ?

नेपाली कांग्रेस सँगसँगै अन्य दल (खासगरी एमाले)को महाधिवेशन भयो । त्यो महाधिवेशनभित्र नेतृत्वले एकदमै सीमित प्रतिस्पर्धा गराएको थियो । त्यो पार्टीभित्र संस्थापन पक्षसँग भिन्न मत राख्ने नेतृत्वमा आउनै नसकेको परिवेश बनेको थियो । कांग्रेसको महाधिवेशनमा पार्टीभित्र निर्वाचनको माध्यमबाट नेतृत्व चयन भयो । त्यसले अरू पार्टीका कार्यकर्तालाई आफ्नो पार्टीमा नभएपनि कांग्रेसमा भयो भनेर सुखद् अनुभूति भयो । 

कुनै पनि दलमा आवद्ध नभएको मानिसलाई कांग्रेसको अधिवेशनले आकर्षित गर्न सक्यो । कता–कता मलाई पनि पार्टीको महामन्त्रीमा पुग्दै गर्दा शुभेच्छा प्रकट गर्ने, बधाई दिने पंक्ति हेर्दै गर्दा देख्छु, ऊ पार्टीको कार्यकर्ता होइन । मलाई प्राप्त भएका एक दुईवटा बधाई सन्देशमा बल्ल हाम्रो पुस्ताले हाम्रो भनेर आइडेन्टीफाइ गर्न सक्ने पुस्तालाई पार्टी पंक्तिमा देख्यौं, भनेर लेख्नुभएको छ । 

कसैले बल्ल पार्टीको नेताहरु आफ्नो जस्तो लाग्यो भनेर लेख्नुभएको छ । त्यो हामीहरुलाई आफूहरु मध्येकै भन्ठानेको । अहिलेसम्म पार्टीको कर्नरमा बसेर आलोचना गरिरहेको र नेतालाई प्रश्न गरेको देखेकोमा हामी अहिले नेतृत्वमा पुग्दै गर्दा बाहिर बस्ने साथीले पनि आफैँले जितेको जस्तो महसुश गरेको, प्रतिक्रिया दिएको मैले पाएँ । 

कांग्रेस रुपान्तरणको एजेण्डा र नारासहित प्यानल बनाएर जानुभयो । अधिकांश पुरानै अनुहार आए । अब रुपान्तरणको एजेण्डा के हुन्छ ? 

यो महाधिवेशनबाट प्रस्ट के देखियो भने पार्टी सभापतिजीको पक्षमा महाधिवेशन प्रतिनिधिको जबरजस्त समर्थन रह्यो । उहाँ निर्वाचित हुने कुरामा मात्र होइन, उहाँसँग जोडिएर चुनाव लडेका बहुसंख्यक साथीहरू निर्वाचित भएर आउँदा यसले के कुरा देखायो भने पार्टीको अधिवेशनले उहाँलाई काम गर्ने मौका दियो ।

सँगसँगै पार्टीको महाधिवेशनले हामीहरू जस्तो सीमित संख्या भएपनि पार्टीमा फरक ढंगले विषय र मुद्दामा काम गरेका साथीहरूलाई पनि काम गर्ने मौका दिएको छ । त्यसैले परिणामको हिसाबले केही कुराको निरन्तरता छ, केही कुरामा रुपान्तरण र परिवर्तनका लागि काम गर्ने स्पेस दिएको छ । यहाँसम्मको परिणाम मैले सोचेजस्तो पनि भएन, सभापतिले सोचेजस्तो पनि भएन । यसरी त कसैले पनि सोचेको थिएन होला । 

हामीहरूको स्वार्थ सभापतिजीले बुझिदिनुपर्‍यो । हामीहरूको स्वार्थ के हो भने हामी पार्टीलाई बदल्न चाहन्छौं । पार्टीलाई सुदृढ र शुद्ध बनाउन चाहन्छौं । निर्वाचन जित्न सक्ने पार्टी बनाउन चाहन्छौं । लोकप्रिय पार्टी बनाउन चाहन्छौं । त्यो लोकप्रिय पार्टीले निर्वाचन जित्दै गर्दा त्यसको सबभन्दा ठूलो श्रेय त व्यक्तिगत रूपमा पनि सभापतिजीले पाउनुहुन्छ ।

या निरन्तरता, या परिवर्तन होला भनेर सोचिएकोमा मिश्रित परिणाम आएको छ । अब हामी कसरी सम्हालिएर जान सक्छौं, सभापतिजीले यो म्यान्डेटलाई कसरी लिनुहुन्छ, हेर्नुपर्छ । अहिले सञ्चार माध्यममा आएको जस्तो सभापतिजीको यति प्रतिशत वर्चश्व भनेर हेर्ने हो भने मलाई आएको मत के त ? अरू साथीलाई दिएको मत के हो त ? 

एउटै व्यक्ति दुई वटाको पक्षमा देखिन्छ, केही कुरामा सभापतिजीलाई समर्थन गरेको छ, सँगसँगै बदलाव खोजेको छ । यो सन्देशलाई सभापतिजीले पनि बुझ्नुपर्छ, हामीले पनि बुझ्नुपर्छ । म निर्वाचित भएको ठीक, सभापति निर्वाचित हुँदा साथीहरूले विवेक पुर्‍याउनुभएन भनेर भनें भने त गलत भयो । सन्देशलाई सभापतिजी र हामीले पनि राम्ररी पकड्न सक्यौं भने कांग्रेसमा एउटा ठूलो बदलावका लागि आधार बनेको छ । 

कांग्रेसभित्र र बाहिर पनि आम सर्वसाधारणलाई लागेको एउटा जिज्ञासा छ– अब गगन थापाहरू शेरबहादुर देउवाको लयमा हिँड्लान् कि आफ्नो लयमा हिँडाउलान् ? 

यस्तो छ, यहाँनेर जीतहारको विषय बनाएर को कसको बाटोमा हिँड्ने भन्ने सोचबाट लागियो भने दुर्घटना हुन्छ । मलाई के लाग्छ भने अघि मैले भनेको जस्तो महाधिवेशनबाट मतदाताले आफ्नो चाहना व्यक्त गर्नुभएको छ, त्यसको मर्मलाई सभापतिजीले बुझ्नु भयो र हामीले पनि बुझ्यौं भने नयाँ बाटोमा पुग्छौं । नयाँ बाटो खोज्ने हो । हामीहरूले के भनिरहेका छौं भने विगतमा स्वार्थ बाझियो ।

हामीहरूको स्वार्थ सभापतिजीले बुझिदिनुपर्‍यो । हामीहरूको स्वार्थ के हो भने हामी पार्टीलाई बदल्न चाहन्छौं । पार्टीलाई सुदृढ र शुद्ध बनाउन चाहन्छौं । निर्वाचन जित्न सक्ने पार्टी बनाउन चाहन्छौं । लोकप्रिय पार्टी बनाउन चाहन्छौं । त्यो लोकप्रिय पार्टीले निर्वाचन जित्दै गर्दा त्यसको सबभन्दा ठूलो श्रेय त व्यक्तिगत रूपमा पनि सभापतिजीले पाउनुहुन्छ ।

त्यसो गर्दा उहाँको ठाउँबाट हेर्दै गर्दा यी केटाहरूको स्वार्थ भनेकै मेरो स्वार्थ हो भनेर बुझिदिनुभयो भने त समस्या होला जस्तो लाग्दैन । को कसको बाटोमा हिँड्ने भन्नै परेन, प्रतिस्पर्धा गर्नै परेन, हामी नयाँ बाटोमा हिँड्न सक्छौं । 

महामन्त्री निर्वाचित भएपछिको संक्षिप्त सम्बोधनमा विश्वप्रकाश शर्माले गगनसँग हल बाँधिएर काम गर्ने भन्नुभएको थियो । एउटै हलमा रहेका दुईबीच कुरो मिलेन भने त हलो नै भाँचिन्छ । विश्वप्रकाशसँग तपाईंको सहकार्य कस्तो रहला ?

मलाई के लाग्छ भने हामी दुवैजना इक्विएल्ली के कुरामा सचेत छौं भने पार्टीका साथीहरूले बाँध भत्काएर हामीलाई समर्थन गर्नुभएको छ ।

प्रधानमन्त्री वा सभापति बन्छु भन्ने मिसन बनाएर काम गर्दै गर्दिनँ । म यसमा क्लियर छु । म आजको दिनमा निस्काम कर्ममा विश्वास गर्ने भने जस्तै हो । महामन्त्री छु, महामन्त्रीको काम गर्छु । मसँग गरिएका अपेक्षा पूरा गर्न शतप्रतिशत प्रयास गर्छु । इमान्दारितापूर्वक त्यो काम गरिरहँदा जहाँ पुगिन्छ, पुगिन्छ । 

पार्टीबाहिर पनि एउटा ठूलो पंक्ति छ, विश्वास भन्दिनँ हामीबाट आशा गरेको छ । त्यसैले एक अर्काको ताकत बन्यौं र एक अर्काको परिपूरण गर्‍यौं भने एकअर्कालाई बल पुर्‍याउँदै शक्ति निर्माण गरेर, जसले हामीहरूलाई विश्वास गरेका छन्, उनीहरूलाई पनि सम्बोधन गरेर पार्टीबाहिरको आशालाई भरोसामा बदल्न सक्यौं भने हामी दुवै सफल हुन्छौं । एकले अर्कोलाई आफूतिर तान्न खोज्यौं भने दुवै असफल हुन्छौं ।

यो अहिलेको चरणमा, यो 'टेन इयर'मा विश्वप्रकाश र म कि हामी दुवै सफल हुन्छौं, कि दुवै असफल । यो कुरा उहाँले पनि बुझ्नुपर्छ मैले पनि बुझ्नुपर्छ । मलाई लाग्छ, हामी दुवैले यो कुरा बुझेका छौं । हामी त्यो परिवेशमा आयौं, कहिले काहिँ यस्तो अवस्था आउँदो रहेछ, एउटा सफल र अर्को असफल हुने अवस्था रहँदैन । त्यो संवेदनशीलतालाई बुझेकाले त्यो अवस्था आउन दिँदैनौ, आउँदैन । 

महामन्त्रीमा गगन–विश्वप्रकाशको जीतले कांग्रेसको आन्तरिक जीवनमा तात्विक फरक के पार्छ ? 

महामन्त्री आफैँमा विधानले निश्चित अधिकार र जिम्मेवारी दिएको पद हो । त्यो भएकाले पार्टीलाई विधिसम्मत ढंगले चलाउने, कांग्रेसलाई त्यसको आउटलूक मात्र होइन, काम गर्ने तरिका, सोच्ने तरिका र पार्टीलाई आधुनिकीकरण र आन्तरिक लोकतान्त्रीकरण गर्ने, वर्षौंदेखि  ती रहेका मुद्दाहरू छन, व्यवहारमा र सार्थक रूपमा लागू गराउँछौँ । महामन्त्रीभन्दा अन्यत्र भएको भए इच्छा हुन्थ्यो, हाम्रो प्रयत्‍नले मात्र नहुन सक्थ्यो, एउटा त्यो हो । 

अर्को राष्ट्रिय राजनीतिको सन्दर्भमा नेपाली कांग्रेस अलि बढी देखिने, बुझिने, सुनिने होस् र अलिकति बढी प्रोएक्टिभ होस् । अनेकन विषय र मुद्दामा आफूले गरेको कामको जस लिन नसक्ने, नगरेको कामको अपजस लिनुपर्ने र कतिपय अवस्थामा प्रतिक्रियात्मक जुन भएको थियो, त्यो कुरालाई बाहिर निकाल्न सक्छौं जस्तो लागेको छ । 

म र विश्वप्रकाश एक अर्काको ताकत बन्यौं र एकअर्काको परिपूरण गर्‍यौं भने एकअर्कालाई बल पुर्‍याउँदै शक्ति निर्माण गरेर, जसले हामीहरूलाई विश्वास गरेका छन्, उनीहरूलाई पनि सम्बोधन गरेर पार्टीबाहिरको आशालाई भरोसामा बदल्न सक्यौं भने हामी दुवै सफल हुन्छौं । एकले अर्कोलाई आफूतिर तान्न खोज्यौं भने दुवै असफल हुन्छौं ।

तेस्रो कुराचाहिँ २०६० साल आसपासमा राष्ट्रिय राजनीतिमा नेपाली कांग्रेस पार्टीको लिडरशीप रोल थियो । कांग्रेसले जो सोच्यो सिंगो देशले पनि त्यही सोच्यो । कांग्रेसले जे सोच्यो देशलाई त्यही डिरेक्सनमा लिएर गयो । हामी अहिले सरकारमा छौं, तर हामीले जे सोच्छौं देशले सोचेको जस्तो बनाउन सकिएको छैन । हामीहरूको उपस्थितिले पार्टीलाई त्यो दिशामा लिएर जान सक्छौं भन्ने हो । 

नेपाली कांग्रेस २०६० देखि २०६३ सालको आन्दोलनको स्पिरिट हो । हामीहरू त्यही पृष्ठभूमिबाट आएको हुनाले विगत केही वर्ष संविधान निर्माणको नेतृत्व गरेको पनि भन्ने, तर हृदयबाट त्यसको स्वामित्व लिने कुरामा हिच्किचाउने । कतिपय ठाउँमा गल्ती कमजोरी भए कि भनेर पछुतोको मनोविज्ञानबाट ग्रस्त भएको थियो । त्यसबाट बाहिर निकाल्छौं हामी । 

कांग्रेसले प्रोएक्टिभली अब यो हामीले ल्याएको एजेण्डा हो, हामीले सम्हाल्छौं भनेर बलियो, सुदृढ कांग्रेस बनाएर देशलाई अतिवादमा फस्न नदिने बनाउन सक्छौं भन्ने मलाई लाग्छ । 

गगन थापाको परिचय सडकदेखि सदनसम्म सशक्त बोल्ने नेताको रूपमा छ । २०७४ सालपछि कांग्रेस सदनमा अत्यन्त निरीह भइरहेको अवस्थामा प्रधानमन्त्रीसँग बारम्बार प्रश्न गरेको देखियो । प्रतिनिधि सभा विघटनको विरोधमा त तपाईं शुरूमै सडकमा आउनुभयो । महामन्त्री भइसकेपछि पनि गगनको पहिचान बनेको त्यो जुझारुपन कायम रहला ?

म त्यो जुझारुपनलाई कहाँनेर प्रयोग गर्न चाहन्छु भने त्यो पार्टीलाई नै जुझारु बनाउने कुरामा प्रयोग गर्न चाहन्छु । हिजो मैले पाएको वैधानिक अधिकार प्रयोग गर्ने सिलसिलामा निश्चित भूमिका थियो, अब सिंगो पार्टीलाई नै जुझारु बनाउन चाहन्छु । थप के कुरा गर्न चाहन्छु भने म लामो समयदेखि समस्या उठाउने ठाउँमा बसेर काम गरें । समस्या देखाएँ । प्रश्न गरें । अब म बढी समस्या भन्दा पनि समाधान, प्रश्नभन्दा पनि उत्तर दिने गरी काम गर्न चाहन्छु । 

अहिले नै भनौं, नेपाली कांग्रेस पार्टी सरकारमा छ । सरकारले के गर्नुपर्थ्यो भन्ने कुरा उठाउँदै आएको ठाउँमा सभापति एवं प्रधानमन्त्रीसँग मेरो सिधा पहुँच हुने भयो । कुरा गर्न सक्ने भएँ । पहुँचलाई प्रयोग गरेर पार्टीले नै सरकारमा बस्दा जनताको पक्षमा सही काम गर्नुपर्छ । पहिला सही काम गर्न लगाउने अनि त्यही सही कामको प्रचार गर्न सकियो भने हामी भएको अर्थ हुन्छ । हाम्रो कर्तव्य पूरा हुन्छ । यस्तो गर्नुपर्थ्यो भन्ने हिजोको कुरा भयो । अब यस्तो गर्नुपर्छ भन्ने र गर्न लगाउने । 

म मेरो भूमिकालाई शिफ्ट गर्न चाहन्छु, तर भूमिका घटाएर होइन । अब त समस्या देखाएर मात्र भएन नि, अब त डेलिभर गर्नुपर्‍यो नि ! मानिसहरूले यत्रो अपेक्षा गरेको छ, हामी हुनुको फरक मान्छेलाई दिन सक्नुपर्‍यो नि ! 

मेरो जुझारुपन नघटोस् भनेर म सचेत रहनै पर्छ । अबदेखि पार्टीको संस्थापन भयो भनेर तपाईंले गर्नुभएको शंका सही हो । विषयलाई ढाकछोप गर्नतर्फ, अल्मल्याउनतर्फ लाग्यो भने मेरा लागि पनि घातक हुन्छ र पार्टीका लागि पनि । 

देउवादेखि तपाईंको प्यानल सबैले आगामी निर्वाचनमा पहिलो दल बनाउने कुरालाई महाधिवेशनमा एजेन्डा बनाउनुभयो । आगामी चुनावमा कांग्रेसलाई पहिलो दल बनाउनका लागि के लिएर जानुहुन्छ ? के छ जनतालाई आकर्षित गर्ने बिकाउ एजेन्डा ?  

नेपाली कांग्रेस पार्टीले हिजो के गर्‍यो भन्ने आधारमा अबको चुनाव लड्ने होइन । त्यो चुनाव लड्यो भने हामीसँग जति मतदाता थिए, त्यतिमै सीमित रहन्छ । यो डरको राजनीतिले पनि हामीसँग ३० प्रतिशत मत हुन्छ– हामी भएनौं भने कम्युनिस्टले खान्छ, तानाशाही जन्मिन्छ, हामी भएन भने प्रजातन्त्र गुम्छ भन्ने डरको राजनीति गर्ने होइन । अब भरको राजनीति गर्नुपर्छ । डर र भरको राजनीतिमा तात्विक रूपले फरक छ । 

मैले भन्दै आएको छु, १० देखि १५ लाख नयाँ मतदाता कांग्रेसले थप्नुपर्छ । त्यो बेला थपिन्छ, जस्तो २०४८ सालमा थियो । २०४८ सालमा म जस्तो मतदाता हुन नपाएको व्यक्ति किन झण्डा बोकेर हिँडेको थिएँ भने त्यतिबेला पार्टीप्रति भर थियो । यो पार्टीले हाम्रो जीवनमा परिवर्तन ल्याइदिन्छ भन्ने थियो ।

नेपाली कांग्रेसलाई चुनाव जिताउनुभयो भने पाँच वर्षभित्र हाम्रो शासन गर्ने तरिकाबाट, हामीसँग भएको तयारीबाट, प्रतिबद्धता र हामीसँग भएको क्षमताबाट हामी यति काम सम्पन्न गर्छौं र तपाईंको जीवनमा यो बदलाव ल्याउँछौँ भन्ने हामीसँग यो आधार छ, हामीले यो यो तयारी गरेका छौं, यसरी काम गर्छौं भन्नुपर्छ । यो एक वर्षमा यो काम पूरा गर्नुपर्नेछ, त्यो भएपछि मात्र हामीलाई मत दिने व्यक्तिलाई हामीलाई मत दिएन भने के हुन्छ भन्ने डर होइन, हामीलाई मत दियो भने के हुन्छ भन्ने भर हुन्छ । 

मैले भन्दै आएको छु, १० देखि १५ लाख नयाँ मतदाता कांग्रेसले थप्नुपर्छ । त्यो बेला थपिन्छ, जस्तो २०४८ सालमा थियो । २०४८ सालमा म जस्तो मतदाता हुन नपाएको व्यक्ति किन झण्डा बोकेर हिँडेको थिएँ भने त्यतिबेला पार्टीप्रति भर थियो । यो पार्टीले हाम्रो जीवनमा परिवर्तन ल्याइदिन्छ भन्ने थियो । त्यो अवस्थामा पुर्‍याउनुपर्छ भन्ने थियो । 

लोकप्रिय मतका साथ महामन्त्री बनेको व्यक्ति भविष्यमा तपाईंलाई कांग्रेसको सभापति बन्ने सम्भावना भएको नेताको रूपमा चित्रण गरिएको छ । तपाईंको लक्ष्य पार्टीको सभापति बन्ने हुन्छ कि देशको नेतृत्व गर्न प्रधानमन्त्री बन्ने ? 

दुवै कुरालाई व्यक्तिगत रूपमा म यसका लागि काम गर्छु भनेर मिसन बनाएर काम गर्दै गर्दिनँ । म यसमा क्लियर छु । म आजको दिनमा निस्काम कर्ममा विश्वास गर्ने भनेजस्तै हो । महामन्त्री छु, महामन्त्रीको काम गर्छु । मसँग गरिएका अपेक्षा पूरा गर्ने शत प्रतिशत प्रयास गर्छु । इमान्दारितापूर्वक त्यो काम गरिरहँदा जहाँ पुगिन्छ, पुगिन्छ । 

आफ्नो बारेमा यतिमात्र सोचेको छु, केही वर्षपछि जब सक्रिय राजनीतिबाट म विश्राम लिन्छु, त्यतिबेला म अहिले जस्तै नागरिक पंक्तिबाट माया गरिने, विश्वास गरिने नेता रहन सकूँ । जतिखेर मसँग कुनै शक्ति हुन्न, मसँग कुनै आशा हुन्न, त्यसपछि म न मन्त्री हुने, न प्रधानमन्त्री हुने, त्यो बेलामा पनि यसले हाम्रो जीवन सुधार्न केही गरेर आएको हो भनेर माया गर्दिने मान्छे होऊन्, मेरो भोक त्यतिमा मात्र छ ।

कसैले भन्छ भने त्यो भोक र लोभ मसँग छ । यो कुरालाई मैले बाँकी राख्छु । यो तत्वलाई मर्न दिन्न । 

अरू कुरा मैले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने हो । सांसद भएँ, सांसदको जिम्मेवारी पूरा गरें । मन्त्री भएँ, मन्त्रीको जिम्मेवारी पूरा गरें । अहिले महामन्त्री छु, महामन्त्रीको जिम्मेवारी पूरा गर्छु, फल जे आउँछ, आउँछ । 

कार्यकारी प्रमुख बन्ने जिम्मेवारी आयो भने पछि हट्नुहुन्न नि  ? 

अहिले महामन्त्री छु । महामन्त्रीसँग जोडिएको कर्तव्य पूरा गर्दै गर्दा यसले मलाई जहाँ पुर्‍याउँछ, त्यसलाई ग्रहण गर्दै त्यो अनुसार काम गर्दै जाने हो ।

मिसन चाहिँ यसपछि म पार्टी सभापति बन्ने कि, कार्यकारी प्रमुख बन्ने हो कि भन्ने भोक नराख्ने । त्यसको लालसा नराख्ने । एउटै लालसा राख्ने– लोकले मलाई माया गरोस् । म एक्लै सडकमा हिँड्दै गर्दा, दुईवटा मानिसले मसँग आएर बातचित गर्दा, मलाई मेरो विगतसँग कहीँ न कहीँ सन्तोष मानेर, मलाई माया गरेर, मलाई शुभेच्छा प्रकट गरोस्, त्यत्ति भए पुग्छ ।

हेर्नुहोस्, भिडियो :

hAMROPATRO BELOW NEWS
MAW JCB
NLIC
TATA Below
बैशाख १०, २०८०

मुलुकको पत्रकारिता क्षेत्रलाई मर्यादित तुल्याउन अभिभावकीय भूमिका निर्वाह गर्दै आएको प्रेस काउन्सिल नेपालले ५३ वर्ष पूरा गरेको छ ।  स्वस्थ पत्रकारिताको विकास एवं सञ्चार माध्यम र पत्रकारलाई राष्ट्र, समाज र नाग...

बैशाख १८, २०८०

श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी लामो समयदेखि सांसद र विभिन्न मन्त्रालयको जिम्मेवारी पूरा गर्दै आएका एक कुशल राजनीतिज्ञका रुपमा परिचित छन् । विसं २०३२ मा नेपाल विद्यार्थी संघबाट राजनीति...

जेठ १६, २०८०

नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले आफूलाई नेपालको संसदीय अभ्यासमा अनुभवी र अभिभावकीय छवि बनाउन सफल भएका छन् । तत्कालीन संविधानसभा अध्यक्षसमेत रहेका नेम्वाङले संविधानसभासहित छ पटक व्यवस्थापिका&nd...

असार १, २०८०

बुधवार उच्च अदालत विराटनगर पुग्दा धरान उप–महानगरपालिकाका मेयर हर्क साम्पाङ एक वकिलसहित भेटिए । मुद्दाको पेशी भएकाले उनी आफैं उपस्थित भएका रहेछन् । धरान खानेपानी विकास बोर्डको बैठक नबोलाएको भन्दै सा...

बैशाख १९, २०८०

मंसिर ४ को निर्वाचनमा नेपाली कांग्रेस सबैभन्दा ठूलो दल भयो । कांग्रेसले ८९, एमालेले ७८, माओवादीले ३२ सीट जिते । नयाँ दलका रूपमा राष्ट्रिय स्वतन्त्र पार्टीले २० सीट जित्यो । अर्को नयाँ दलको रूपमा आएको जनमत पार्ट...

जेठ २९, २०८०

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणबाट फर्किएको केही दिनमै पशुपतिनाथ मन्दिरमा पुगेको विषय अहिले सर्वत्र चर्चामा छ । त्यसो त भारत भ्रमणमै छँदा प्रचण्डले गेरुवस्त्र लगाएर उज्जैनस्थित महाकालेश्वर...

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

पत्रकारको डायरी : संविधान जारी हुने पूर्वसन्ध्यामा देखिएको मधेशको दृश्य

असोज ३, २०८०

तराई/मधेशमा भएको आन्दोलनका क्रममा सञ्चारकर्मी र सञ्चारमाध्यमले भोग्नुपरेका समस्या अध्ययन एवं प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको सहज अभ्यासका लागि वातावरण निर्माणमा आवश्यक पहलका गर्न नेपाल पत्रकार महासंघको ‘मिडिय...

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

संशोधन आवश्यक भएका केही संवैधानिक प्रावधान

असोज ३, २०८०

नेपाली जनताका तर्फबाट उनीहरूका प्रतिनिधिले बनाएको संविधान कार्यान्वयनको सात वर्ष पूरा भई आठौं वर्षमा प्रवेश गरेको छ । यो ६५ वर्ष अघिदेखि सार्वभौम जनताका तर्फबाट संविधान बनाउने नेपाली साझा इच्छाको अभिव्यक्ति हो ...

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

सरी बाबा ! मैले तपाईंको मुख हेर्न सकिनँ

भदौ २८, २०८०

मेरो पूर्वीय संस्कृतिको मलाई विछट्टै माया छ । मैले समाजको विरासतमा प्राप्त गरेका केही संस्कार र परम्पराहरूले मलाई जीवनको मूल्य बोध गराएका छन् । एकै भान्छामा तीन पिँढी रहने मेरो संस्कारको आनन्द शायद आधु...

x