×

सन्दर्भ : कांग्रेस महाधिवेशन

कांग्रेसमा आएको गगनरूपी 'सुनामी' र विश्वप्रकाशको दिग्विजयको अर्थ

पुस १, २०७८

झण्डै–झण्डै आमनिर्वाचनको झल्को दिने माहोल बनाएको नेपाली कांग्रेसको आन्तरिक प्रतिस्पर्धाले कांग्रेसलाई मात्र होइन, राजनीतिप्रति चासो राख्ने सबैलाई ध्यानमग्न बनायो ।

कांग्रेस र कम्युनिस्टको राजनीति नबुझेकाले पनि गगन थापा कांग्रेस महामन्त्री बनेको कुरा चर्चा गरिरहेका छन् । 


Advertisment

ढुंगाको काप फोरेर पनि उम्रन्छ पिपल भन्ने माधव घिमिरेको कविताजस्तै कांग्रेसका संस्थापन पक्षबाट सधैँ कर्नरमा पारिएका विश्वप्रकाश शर्मा र गगन थापाले महामन्त्रीमा विजय हासिल गरेका छन् । 


Advertisment

विश्वप्रकाश र गगन थापाले महामन्त्री तथा धनराज गुरुङले उपसभापतिमा जितेसँगै कांग्रेस दोस्रो पुस्तामा गएको छ । यसअघिको महाधिवेशनमै पुस्तान्तरणको आवाज उठे पनि त्यो दबाएर राखिएको थियो । दशकौं लगाएर मेलम्चीको सुरुङजस्तै गगन र विश्वप्रकाशले कांग्रेसको अँध्यारो सुरुङ फोरेर उज्यालो छरेका छन् । 

सभापतिमा शेरबहादुर देउवा र उपसभापतिमा उनकै 'पपेड' पूर्णबहादुर खड्काले जिते पनि कांग्रेसमा सुधार र रुपान्तरणको एजेण्डालाई रोक्ने ताकत संस्थापनसँग बाँकी रहेको छैन । महामन्त्रीमा गगन र विश्वप्रकाशको जबरजस्त आगमनले विजयकुमार गच्छदार, गोपालमान श्रेष्ठजस्ता डेट एक्सपायरलाई उपसभापति र संगठन विभागको नेतृत्व दिएर कांग्रेस चलाउने देउवाको कार्यशैली अब दोहोरिने छैन । 

गगन विश्वप्रकाशको आगमनसँगै पार्टीमा नेतृत्व परिवर्तनको नक्कली नारा दिएर नेता बन्न खोजेका प्रकाशमान सिंह र विमलेन्द्र निधिहरूको राजनीतिक उपादेयता समाप्त भएको छ । बीपीको नाम भजाएर देउवाको रणनीति सफल बनाउन लाग्ने शशांकको राजनीतिक युग पनि अब समाप्त भएजस्तो देखिन्छ । नयाँ पुस्ताको प्रवेशले २०४८ पछि अहिलेसम्म ठाउँ ओगटिरहेको पुस्ता नै अनिवार्य अवकाशमा जाने परिस्थिति सिर्जना भएको छ ।

विश्वप्रकाशको दिग्विजय 

कमजोर टीमबाट उम्मेदवारी दिएर पनि बहुपक्षीय प्रतिस्पर्धात्मक चुनावमा सम्मानजनक मतसहित महामन्त्रीमा विजयी हुनु विश्वप्रकाश शर्माको दिग्विजय हो ।

कांग्रेसमा सबैभन्दा पहिला विश्वप्रकाशले नै महामन्त्रीको उम्मेदवारी घोषणा गरेका थिए । 

उनले बीपी कोइरालालाई जेलमा राखिएको सुन्दरीजलमा गएर कांग्रेस महामन्त्रीको उम्मेदवारी घोषणा र झापाबाट कांग्रेस सुधारको अवधारणा सार्वजनिक गरेका थिए । 

तर विश्वप्रकाश कुनै ठूलो प्यानलमा पत्याइएनन्, या ठाउँ पाएनन् । चार वर्षसम्म शेरबहादुर देउवाको प्रवक्ताको रूपमा काम गरे पनि देउवाले उनलाई महामन्त्रीमा ठाउँ दिएनन् । 

विश्वप्रकाशको क्षमताको कम आकलन गरेर सहमहामन्त्रीमा उठ्न आग्रह गरे । बरु देउवाले जनता र कार्यकर्तामा परीक्षण नभएका प्रकाशशरण महतलाई महामन्त्रीमा उम्मेदवार बनाए ।

प्रकाशशरणलाई न्याय दिँदा देउवाले विश्वप्रकाशको सम्भावनालाई बलि दिन खोजेका थिए । 

संस्थापन पक्षबाट महामन्त्रीमा नअटेपछि विश्वप्रकाशले डा. शेखर कोइराला प्यानलबाट महामन्त्री लड्न खोजेका थिए । उम्मेदवारी मनोनयनको दिन मध्याह्न १२ बजेसम्म पनि विश्वप्रकाश कि मिनेन्द्र रिजाल भन्नेमा विवाद थियो । 

मीनेन्द्रले नछाडेपछि विश्वप्रकाश प्रकाशमानको शरणमा पुगे । प्रकाशमानको लोकप्रियता नरहेको जान्दाजान्दै पनि एक्लो परेपछि ओत लाग्न उनी त्यो प्यानलमा गएका थिए । खासमा विश्वप्रकाश शेखर कोइरालाको प्यानलबाट लड्नुपर्थ्यो, एजेण्डाको हिसाबले । विश्वप्रकाशलाई रोकेका मीनेन्द्र पनि कांग्रेस जनमतमा परीक्षण भएका छन् । 

गणेशमानको छोरो हुनुबाहेक कुनै योग्यता र क्षमता नभएका प्रकाशमानको प्यानलको सदस्यका कारण विश्वप्रकाशले लोकप्रिय मत ल्याएका होइनन्, बरु विश्वप्रकाश प्यानलमा रहेकाले प्रकाशमानलाई दुईचार भोट बढी आएको होला । व्यक्तिगत क्षमता र कांग्रेसजनको विवेकपूर्ण मतका कारण विश्वप्रकाश महामन्त्रीमा निर्वाचित बने । जे होस्, उनले देउवाको टीममा पर्नका लागि सहमहामन्त्रीमा कम्परमाइज गरेनन् । 

आफ्नो क्षमताको कदर नगर्नु आफैँलाई अन्याय गर्नु हुन्थ्यो । विश्वप्रकाशले आफ्नो क्षमताको कम आकलन गरेनन् । उम्मेदवारी दिए । नाम मात्रको प्यानल भएपनि विश्वप्रकाशले एक्लै चुनाव जिते, त्यसैले यो उनको दिग्विजय हो । नेताको आशीर्वादले पद पाउने भनेर बसेका कांग्रेस र अन्य राजनीतिक दलका नेताका लागि विश्वप्रकाशको उम्मेदवारी उदाहरण हो । 

गगन थापा नामको सुनामी 

गगन थापा लोकप्रिय मतका साथ महामन्त्रीमा विजयी हुन्छन् भन्ने नै धेरैको विश्लेषण थियो । तर, थोरै संशय रह्यो । किनभने १३ औं महाधिवेशनमा पनि गगनको लोकप्रियताको कमी थिएन । 

उनले महामन्त्रीमा पराजय बेहोर्नुपरेको थियो । सभापतिमा गएको भोटका कारण कांग्रेस कार्यकर्ता राप्रपाका भन्दा पनि परम्परागत रहेछन् भनेर टिप्पणी भइरहेको थियो । 

१३ औं र १४ औं महाधिवेशनको बीचमा राष्ट्रिय राजनीति र पार्टी राजनीतिमा केही भिन्नता अवश्य थियो ।

१३ औं महाधिवेशनमा गगन कृष्ण सिटौला प्यानलका उम्मेदवार थिए । आफ्नै ससुरा बुवासँग प्रतिस्पर्धा गरेका थिए । मुख्य प्रतिस्पर्धी डा. शशांक कोइराला थिए । कांग्रेस कार्यकर्तालाई बीपी कोइरालाको पुत्रको मोह थियो– शशांकले कांग्रेसलाई त्राण दिन्छन् कि भन्ने । 

गगनलाई पराजित गरेका शशांकको कार्यकाल बिर्सनलायक बन्यो । कांग्रेसमा सुधार गर्नु परको कुरा, असान्दर्भिक कुरा उप्काउनुबाहेक केही गरेनन् ।

देशमा कम्युनिस्ट पार्टीको दुईतिहाइको सरकार रहेको समयमा रक्षात्मक बनेको कांग्रेसका कार्यकर्तालाई उत्साहित बनाउन उनको भूमिका शून्य थियो । 

हारेका महामन्त्री किन नहोस्, २०७४ सालपछिका तीन वर्षमा कांग्रेस कार्यकर्तालाई अलिकति भएपनि ऊर्जा भर्ने काम गगन थापाले गरे ।

संसद्मा दुईतिहाइका प्रधानमन्त्रीलाई लिरिबिरी बनाउने काम गगनले गरेका थिए । गगनको त्यो सक्रियता नै महामन्त्रीमा लोकप्रिय मतका लागि पृष्ठभूमि बनेको थियो । 

सभापतिमा डा. शेखर कोइरालालाई भोट नदिएका र शेरबहादुर देउवालाई भोट दिएका कार्यकर्ताले पनि महामन्त्रीमा गगनलाई रोजे । 

२०६४ मा प्रचण्ड, २०७४ सालमा केपी ओलीजस्तै आगामी चुनावमा गगन थापालाई आफ्नो क्षेत्रमा लगेर भाषण गराउन सकिए चुनाव जित्न सकिन्छ भन्ने मनोविज्ञान भृकुटीमण्डपमा आएका कांग्रेसका नेता कार्यकर्तामा रहेको प्रस्टै बुझ्न सकिन्थ्यो ।

गगन थापाको लोकप्रियता बुझेकै कारण सभापतिका उम्मेदवार र सभापति बन्न रहर गरेका सबैको महामन्त्रीको रोजाइका उम्मेदवार गगन थापा थिए ।

शेरबहादुर देउवादेखि रामचन्द्र पौडेलसम्म सबैले बुझेका थिए कि १४ औं महाधिवेशनमा गगन थापा नामको सुनामी आउनेवाला छ । 

संस्थापन पक्षका उम्मेदवारभन्दा झण्डै दोब्बर मत ल्याएर गगन थापा विजयी भएका छन् ।

गगन र विश्वप्रकाशको हल

महजोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) जस्तै गगन थापा र विश्वप्रकाश शर्मा कांग्रेसभित्रका ब्राण्ड हुन् । यीनैको अनुहार र सम्भावना देखेर कांग्रेसका युवा आकर्षित भएका छन् ।

गगन–विश्वले महामन्त्रीमा जित्दै गर्दा पार्टी कार्यालय सानेपामा नारा लाग्यो– कांग्रेसमा क्रान्ति, दुईतिहाइको महामन्त्री ! कांग्रेसमा क्रान्ति, गगन–विश्व महामन्त्री !

विजयी भएपछि सानेपामा गरेको संक्षिप्त सम्बोधनमा गगन र विश्वप्रकाशले पार्टी रूपान्तरण गर्ने कांग्रेस कार्यकर्ताको भावना सम्बोधन गर्ने बताएका छन् ।

फरक प्यानलबाट लडे पनि एउटै ब्रान्डका गगन र विश्वप्रकाशको संयुक्त पहलबाट मात्र कांग्रेस रुपान्तरण हुनेछ ।

विश्वप्रकाशले सानेपाबाटै घोषणा गरिसकेका छन्, गगनसँग हल मिलाएर काम गर्छु । गगन–विश्वप्रकाशको हलले शेरबहादुरलाई समयलाई चिनेर हिँड्न दबाव अवश्य सिर्जना गर्नेछ ।

कांग्रेस नेतृत्वमा फाटेको जामले राष्ट्रिय राजनीतिलाई पनि शुद्धीकरण गर्नेमा दुईमत छैन ।

बैशाख ११, २०८१

फागुन २१ मा नाटकीय ढंगले सत्ता समीकरण बदलिएको दुई महिना पनि नबित्दै नयाँ समीकरणका लागि कसरत भइरहेको संकेत देखिएको छ । नेपाली राजनीति तथा सत्ताका खेलाडीसँग निकट विश्वसनीय स्रोतले भित्रभित्रै अर्को नयाँ स...

मंसिर २६, २०८०

दुई–दुईपटक मिर्गौला फेरेको शरीर । मध्यजाडो नजिकिँदै गरेका मंसिरका चिसा दिन । त्यसमाथि वृद्धावस्था । यस्तो बेला ७० नाघेकाहरूको अधिकांश समय ओछ्यानमै बित्छ । नभए पनि घरको चार दिबारभित्र आराम गरेर अनि तात...

माघ १५, २०८०

अन्तिम समयमा आएर कुनै फेरबदल नभएको खण्डमा सम्भवत: आज एनसेलको शेयर खरिद बिक्री सम्बन्धमा छानबिन गर्न सरकारले गठन गरेको समितिले आफ्नो अध्ययन प्रतिवेदन बुझाउने छ । बहस चरम उत्कर्षमा पुगेका कारण एक निजी कम्पनीको अप्...

माघ १८, २०८०

सत्ता र शक्तिको आडमा गैरकानूनी ढंगले सरकारी जग्गा हडप्ने नेपालको शक्तिशाली व्यापारिक घराना चौधरी ग्रुपमाथि राज्यको निकायले पहिलोपटक छानबिन थालेको छ । काठमाडौंको बाँसबारीमा ठूलो परिमाणमा सरकारी जग्गा...

पुस ६, २०८०

एकाधबाहेक अधिकांश मन्त्रीले प्रभावकारी कार्यसम्पादन गर्न नसकेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ स्वयंले मन्त्रीहरूलाई प्रस्ट चेतावनी दिएका छन् । नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका ला...

माघ १८, २०८०

चरम आर्थिक संकटबाट गुज्रिएको श्रीलंकाले सन् २०२२ को अन्त्यतिर औषधि किन्ने क्षमता पनि गुमाएको थियो । ५० अर्ब डलरभन्दा बढीको विदेशी ऋण 'डिफल्ट' भएको थियो भने लाखौंले रोजगारी गुमाएका थिए । दशौं लाख मान्छे...

भगवान् भेटिने सूत्र

भगवान् भेटिने सूत्र

असार २९, २०८१

भगवान्‌का कुरा गर्ने धेरै छन् तर भगवान् कस्ता हुन्छन् त्यो भने कसैलाई पनि थाहा छैन । भगवान् कस्ता हुन्छन् भनेर सोध्ने हो भने शायद सबै निरुत्तर नै रहने छन् । हदैभए भगवान् भगवान्जस्तै हुन्छन् भन्नेसम्म फेला पर्ला...

देश पहिले, अनि मात्र सत्ता

देश पहिले, अनि मात्र सत्ता

असार २७, २०८१

बेलायतमा भर्खरै सम्पन्न संसदीय निर्वाचनमा १४ वर्षपछि लेबर पार्टीले तल्लो सदन अर्थात्  'हाउस अफ कमन्स्'मा प्रचण्ड बहुमत हासिल गर्‍यो । ६५० सदस्यीय तल्लो सदनमा लेबर पार्टीले करिब ६३ प्रतिशत अर्थात् ४१२ ...

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

प्रतिपक्षमा हुत्तिने भएपछि माओवादीमा देखिएको छटपटी र आत्मरति

असार २६, २०८१

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजा...

x