मंसिर ९, २०८०
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
काठमाडाैं | कात्तिक १८, २०८१
अमेरिकी मतदाताले भावी राष्ट्रपति चयनका लागि ५ नोभेम्बरमा मतदान गर्दैछन् ।
यो निर्वाचनमा २०२० को प्रतिस्पर्धाको पुनरावृत्ति हुने अनुमान थियो, तर जुलाइमा राष्ट्रपति जो बाइडेनले आफ्नो उम्मेदवारी अन्त्य गर्दै उपराष्ट्रपति कमला ह्यारिसलाई समर्थन गरेपछि चुनावी दृश्य फेरियो ।
अहिले सर्वाधिक चासोको प्रश्न हो– के अमेरिकाले आफ्नो पहिलो महिला राष्ट्रपति पाउनेछ ? वा दोस्रोपटक डोनाल्ड ट्रम्पले पद सम्हाल्नेछन् ?
यिनै प्रश्नमा केन्द्रित रहेर अमेरिकामा विभिन्न सर्वेक्षण भएका छन् ।
राष्ट्रिय सर्वेक्षणमा को अगाडि ?
ह्यारिस जुलाइको अन्त्यमा प्रतिस्पर्धामा प्रवेश गरेपछि राष्ट्रिय सर्वेक्षणको औसतमा ट्रम्पभन्दा थोरै अग्रता लिएकी छिन् ।
सर्वेक्षणमा ह्यारिसको लोकप्रियता पहिलो केही हप्तामा बढेको थियो, र अगस्टको अन्त्यसम्म लगभग ४ प्रतिशतको अग्रता बनाएकी थिइन्।
सेप्टेम्बर र अक्टोबरको शुरूमा सर्वेक्षण स्थिर थियो, तर अन्तिम केही हप्तामा प्रतिस्पर्धा थप कडा बनेको छ । ट्रम्पले दुरी घटाउँदै लगेको देखिन्छ ।
राष्ट्रिय सर्वेक्षणले कुनै पनि उम्मेदवारको देशभरिको लोकप्रियता कति छ भन्ने बारेमा राम्रो मार्गदर्शन दिन सक्छ ।
यिनीहरूले चुनावी नतिजाको राम्रो भविष्यवाणी भने गर्दैनन्।
अमेरिकाले इलेक्ट्रोरल कलेज प्रणाली प्रयोग गर्छ, जसमा प्रत्येक राज्यलाई यसको जनसङ्ख्याको आधारमा केही भोटहरू दिइन्छ । जम्मा ५३८ इलेक्ट्रोरल कलेज भोटहरू छन्, त्यसैले विजयी हुनका लागि उम्मेदवारले २७० भोट जित्नुपर्छ।
अमेरिकामा ५० वटा राज्य छन्, तर तीमध्ये धेरैजसो राज्यले लगभग सधैँ एउटै पार्टीलाई मतदान गर्छन्। वास्तविकतामा थोरै राज्यहरू मात्र छन्, जहाँ दुवै उम्मेदवारको जित्ने सम्भावना रहन्छ। यी राज्यहरूलाई 'ब्याटलग्राउन्ड स्टेट्स' वा 'स्विङ स्टेट्स' भनिन्छ।
स्विङ स्टेट्समा को अगाडि छन् ?
हालको समयमा स्विङ स्टेट्समा अग्रता यति सानो छ कि सर्वेक्षणको औसत हेरेर कसले अग्रता लिइरहेको छ भन्ने थाहा पाउन गाह्रो छ।
सर्वेक्षणहरूले सामान्य रूपमा जनतालाई कुनै उम्मेदवार वा मुद्दाको बारेमा कस्तो महसुस भइरहेको छ भन्ने बुझाउने प्रयास गर्छन्, तर नतिजाको भविष्यवाणी गर्न सक्दैनन्।
यो औसत बनाउन प्रयोग गरिएका व्यक्तिगत सर्वेक्षणहरूको त्रुटि मार्जिन तीनदेखि चार प्रतिशतको हुन्छ, त्यसैले कुनै पनि उम्मेदवारले देखिएकोभन्दा राम्रो वा खराब गर्न सक्ने सम्भावना रहन्छ ।
एरिजोना, जर्जिया, नेभाडा र नर्थ क्यारोलिनामा अगस्टको शुरूबाटै कहिले ह्यारिस त कहिले ट्रम्पले अग्रता लिँदै आएको देखिन्छ । तर, पछिल्लो समय यी राज्यहरूमा ट्रम्प झिनो अन्तरले अगाडि छन्।
तीन अन्य राज्यहरू- मिशिगन, पेन्सलभेनिया र विस्कन्सिनमा अगस्टको शुरूबाट ह्यारिस अगाडि थिइन् । तर, अहिले ट्रम्प पेन्सलभेनियामा सानो अग्रतामा छन् ।
यी तीन राज्यहरू २०१६ मा ट्रम्पले जित्नुअघि डेमोक्रेटहरूको बलियो आधार क्षेत्र मानिन्थे। बाइडेनले २०२० मा ती राज्य जितेका थिए ।
यदि ह्यारिसले ती राज्यहरू पुनः जित्न सफल भइन् भने उनी निर्वाचन जित्ने बाटोमा अघि बढ्नेछिन् । ट्रम्पले स्विङ स्टेटमा अहिले देखिएको अग्रतालाई केही बढाउन सके नतिजा उनको पक्षमा जान पनि सक्छ ।
– बीबीसीबाट
आफ्नै साथीले छुरा प्रहार गर्दा पोर्चुगलमा एक नेपाली युवकको मृत्यु भएको छ । छुरा प्रहारबाट गम्भीर घाइते भएका कुश्मा नपा–१३, खौला, पर्वतका ३६ वर्षीय धनबहादुर क्षेत्रीको उपचारका क्रममा निधन मृत्यु भएको हो ।&n...
किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...
असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन । शुक्रबार ...
पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...
न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...
अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...
संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ । मानिस यसैबाट ...
अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...
अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...