×

आज लक्ष्मीपूजा तथा दीपावली, नेपाली नाम दीपमालिका, तिहार पर्वको दोस्रो दिन । यद्यपि यी काम तिहार पर्वको तेस्रो दिन पर्ने गर्छ तर, भोलि साँझ औँसी तिथिले नभेट्ने भएकाले यस वर्ष दोस्रो दिन पर्न गएको हो । 

Laxmi Bank

यस दिन घरआँगन तथा चोटाकोठा सफागरी साँझ दीपावली र लक्ष्मीपूजा गर्ने परम्परा छ । यसो गर्नाले लक्ष्मी प्रसन्न भई धनधान्य वृद्धि हुन्छ भन्ने जनविश्वास छ तर, यो प्रतीक हो, कर्मकाण्ड हो, हँदैभए संस्कृतिसम्म होला । 


Advertisment

वर्षको एकपटक घरआँगन सफागरी दीपावली र लक्ष्मीको पूजा गर्दैमा धनधान्य वृद्धि हुन्छ भन्ने हुँदैन । यसको अन्तर्य अर्कै छ । आउनुस् यसैलाई नियाल्ने प्रयास गरौँ ।  


Advertisment

सर्वप्रथम यही दिन गरिने सरसफाइलाई नै लिन सकिन्छ । सरसफाइको अर्थ घरआँगनको मात्र होइन अपितु तनको पनि हो, मनको पनि हो र घर परिवार तथा समग्र वातावरणीय परिसरको पनि हो । 

धनधान्य वृद्धिका लागि यसको आवश्यकता सर्वोपरि हुन्छ । फोहरी समाज, फोहोर शरीर तथा धमिलो मनले रोगी बनाउँछ । जहाँ रोग हुन्छ त्यहाँ भोकको उपस्थिति हुन्छ । अनि जहाँ रोग र भोक रहेको हुन्छ त्यहाँ स्वतः गरिबीले उपस्थिति जनाउँछ । जहाँ गरिबीको उपस्थिति हुन्छ त्यस्तो स्थानमा लक्ष्मीको अभाव हुने नै भयो । त्यसैले यस दिन गरिने सरसफाइले यदि लक्ष्मीप्राप्तिको इच्छा राख्ने हो भने वर्षैभरि यसैगरी तन, मन र वातावरण सफा राख्ने प्रयास गर्नुपर्छ भन्ने सन्देश दिएको छ ।   

सरसफाइपछि दीपावलीको क्रम आउँछ । दीपावली गर्नु भनेको उज्यालो बनाउनु हो,  घरआँगनको उज्यालो, तनको उज्यालो, मनको उज्यालो, घरपरिवार समाजको उज्यालो । अर्थात् सबै स्वच्छ, सफा र हराभरा । लक्ष्मीप्राप्तिका लागि यसको आवश्यकता पनि उत्तिकै रहन्छ । जहाँ तन, मन तथा घरपरिवार र समाज स्वच्छ र सफा हुन्छ त्यहाँ स्वतः उन्नति र प्रगति हुने गर्छ । अनि जहाँ उन्नति र प्रगति भएको हुन्छ त्यो स्थान स्वतः धनधान्य र समृद्ध हुन पुगेको हुन्छ । दीपावली प्रकरणले हामीलाई दिएको सन्देश यही हो । 

फोहरी समाज, फोहोर शरीर तथा धमिलो मनले रोगी बनाउँछ । जहाँ रोग हुन्छ त्यहाँ भोकको उपस्थिति हुन्छ । अनि जहाँ रोग र भोक हुन्छ त्यहाँ स्वतः गरिबीले उपस्थिति जनाउँछ । जहाँ गरिबीको उपस्थिति हुन्छ त्यस्तो स्थानमा लक्ष्मीको अभाव हुने नै भयो ।

त्यसपछि आउने कृत्य भनेको लक्ष्मीको पूजाको हो । यो भनेको पनि लक्ष्मीको तस्वीर, फोटो वा प्रतिमामा पूजा गर्नु मात्र होइन । अपितु माता लक्ष्मीलाई मन पर्ने काम गर्नु हो । माता लक्ष्मीलाई मन पर्ने काम भनेको स्वस्थ मन, पौरखी तन र शान्त समाज नै हो । उनलाई न अल्छी तन मन पर्छ न कालो मन नै मन पर्छ । न नै पारिवारिक तथा समाजिक झैझगडा, वैमनस्य र अशान्ति नै मन पर्छ । जहाँ यस्तो हुन्छ त्यहाँ पहिलो कुरा त लक्ष्मीको उपस्थिति नै हुँदैन । दोस्रो कुरा कदा चित देखिए पनि टिक्न सक्दैन ।  

यसबारेमा निम्न पौराणिक कथाबाट अझ थप प्रष्ट हुन सकिन्छ । एकपटक सुरासुर अल्छी भए । सबै कामधाम छाडेर घुर्न थाले । उनीहरूको व्यवहार माता लक्ष्मीलाई मन परेन र समुद्रमा लुक्न गइन् । जब लक्ष्मीको अभावले सबै चौपट हुन थाल्यो तब समुद्र मन्थनगरी उनलाई फेला पारे । यसको अर्थ हो अल्छी गर्दा लक्ष्मीले छाडिन् । पौरख गर्न थाल्दा फर्केर आइन् ।  

यसबारेमा अर्को पौराणिक कथा पनि उत्तिकै चाखलाग्दो छ । एक पटक दरिद्रा देवीले मार्कण्डेय ऋषिको सेवा गरेकी थिई । ऋषिले खुशी भएर आशीष माग भन्दा उसले बस्ने र खाने स्थान मागी । त्यसपछि ऋषिले जुन घरमा श्रीमान श्रीमतीबीच झगडा हुने गरेको छ, जहाँका मानिस टोलछिमेकमा झगडा गर्ने गर्छन् अनि जहाँको वातावरण फोहर र दुर्गन्धित हुन्छ त्यही स्थानमा बस्नु भन्ने आशीष दिए । त्यसै दिनदेखि त्यस्तो स्थानमा दरिद्रादेवी बस्न थाली ।  

यी दुई दृष्टान्त हुन् । वास्तवमा यसले दिन खोजेको सन्देश भनेको समृद्धिका लागि आपसी मेलमिलाप, सहयोग, सद्भाव, सहकार्य, सरसफाइ र सहिष्णुता अत्यावश्यक हुन्छ भन्ने नै हो । जहाँ यस्तो हुन्छ त्यहाँको समाज स्वतः समृद्ध भइरहेको हुन्छ । यस दिन गरिने लक्ष्मीपूजा प्रकरणबाट यही सन्देश पाउन सकिन्छ ।    

यद्यपि हिजोआज लक्ष्मी भनेको यक्षिणी अर्थात् यक्षहरूको देवी हो । अनि लक्ष्मीको साथमा जुन कुवेरको पूजा हुन्छ त्यो भनेको यक्ष अर्थात् ख्याक हो भन्ने गरिएको पनि पाइन्छ । 

त्यस्तै यो अमूक समूह विशेषको मात्र देवदेवी भए पनि अरूले बलात् नाम बदलेर आफ्नो बनाएका हुन् भन्ने गरिएको पनि सुनिन्छ । लक्ष्मी र यक्षिणी तथा यज्ञ र ख्याक र श्रुति सादृष्य भएकाले त्यस्तो लागेको हुन सक्छ तर, यो वैचारिक भिन्नताबाहेक केही होइन । जसले जे नाम दिए पनि आखिर पूजा लक्ष्मी र कुवेरकै भएको छ । 

त्यसैले तिनीहरू सारा नेपालीको साझा देवदेवी हुन पुगेका छन् र यसै अर्थमा यो पर्व सबैको साझा हुन पुगेको हो । त्यसैले यस्ता वैचारिक जालमा फस्नुको पनि अर्थ छैन । बरु के चाहिँ हो भने पर्व मनाउँदा त्यसको उद्देश्यतर्फ ध्यान दिनु चाहिँ मनासिव हुनेछ । अस्तु !

NLIC
फागुन २८, २०८०

उमेरले ३५ वर्ष पुग्नै लाग्दा मैले लोकसेवा आयोगको फाराम भरें । ३५ वर्ष कटेको भए फाराम भर्न पाउँदैनथें, तर नियुक्ति लिँदा भने ३५ वर्ष कटिसकेको थिएँ । लोकसेवा आयोगको सिफारिशअनुसार क्षेत्रीय सिञ्चाइ निर्देशनालयले...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

फागुन १, २०८०

गरिबको घरआँगन कसैलाई मन पर्दैन । गरिबको लुगाफाटो कसैलाई मन पर्दैन । गरिबले ठूला कुरा गरेको कसैलाई मन पर्दैन । गरिब नाचेको, गरिब हाँसेको कसैलाई मन पर्दैन । यतिखेर गरिबले लडेको जनयुद्ध दिवस पनि कसैलाई मन ...

भदौ २४, २०८१

कुनै बेला मलाई सबैभन्दा साहसी नारी पासाङ ल्हामु शेर्पा लागेको थियो । आजभोलि मलाई सबैभन्दा साहसी नारी समीक्षा अधिकारी लाग्न थालेको छ । जसरी प्रतिकूल मौसममा पनि पासाङ ल्हामु शेर्पा सगरमाथाको चुचुरोतर्फ अगाडि ब...

साउन १६, २०८१

यो लेख धार्मिक हैन । तर, अलिअलि मार्मिक भने पक्कै हो । आफूलाई मन परेन भन्दैमा अपमान गर्नुको पनि एउटा हद हुन्छ । देवी प्रतिभा कसैको नोकर हैनन्, जे पायो त्यही भन्नका लागि । नोकरलाई पनि जे पायो त्यही भन्न मिल्दैन ...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x