मंसिर १४, २०८०
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
गैरआवासीय नेपाली सङ्घ (एनआरएनए)ले काठमाडौँको दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकास्थित सिस्नेरीमा बाढी, डुबान तथा पहिरोबाट प्रभावित एक सय २० परिवारलाई राहत वितरण गरेको छ ।
बाढी, डुबान तथा पहिरोका कारण प्रभावित दक्षिणकालीका ५० परिवार तथा इन्द्रसरोवर गाउँपालिको सिस्नेरीका ७० परिवारलाई खाद्य सामग्री, लत्ताकपडा, कम्बल, म्याट्रेस, त्रिपाल, सोलार बत्तीलगायत सामग्री वितरण गरिएको हो । स्थानीय तहसँग समन्वयपश्चात् दुवै जिल्लाका अति प्रभावितलाई राहत वितरण गरिएको सङ्घले जनाएको छ ।
यसअघि सङ्घले अविरल वर्षापछि आएको बाढी, डुबान तथा पहिरो प्रभावितका लागि रु एक करोड सहयोग गर्ने घोषणा गरेको थियो । पहिलो चरणमा आज दक्षिणकाली नगरपालिका र मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा राहत वितरण गरिएको हो । सोमबार काभ्रेपलाञ्चोकको पनौती नगरपालिका र बुधबार ललितपुरको ठोस्नेखोलामा पीडित परिवारलाई राहत वितरण गर्ने सङ्घले जनाएको छ । सङ्घले तराईका विभिन्न जिल्लामा पनि राहत वितरणका लागि स्थानीय तहसँग समन्वय गरिरहेको जनाएको छ ।
यस्तै, प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा सङ्घले आर्थिक सहयोग गर्ने निर्णय गरेको छ । सिस्नेरीमा आज आयोजित कार्यक्रममा नेपाली कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’, प्रतिनिधिसभामा नेकपा (एमाले) का प्रमुख सचेतक महेश बर्तौलालगायतले राहत वितरण गरेका थिए । राहत वितरण टोलीमा सङ्घका अध्यक्ष डा बद्री केसी, उपाध्यक्ष रोजिना प्रधान राई, उपाध्यक्ष रामशरण सिम्खडा, उपमहासचिव सोम सापकोटा, सहकोषाध्यक्ष कृष्णप्रसाद तिमिल्सिना, हेमन्त काफ्ले, राजकुमार थापा, रतन झा, अतुल कोइराला, धर्मराज गिरी, समिरा केसी, स्वयम्भूराज डङ्गोल, प्रदीप खनाल क्षेत्री, सीता खतिवडा, राजेन्द्रकुमार राउत, कुनाल मिश्रलगायत रहेका थिए ।
नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...
भैरहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ को बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आ...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...
गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...
आज लक्ष्मीपूजा तथा दीपावली, नेपाली नाम दीपमालिका, तिहार पर्वको दोस्रो दिन । यद्यपि यी काम तिहार पर्वको तेस्रो दिन पर्ने गर्छ तर, भोलि साँझ औँसी तिथिले नभेट्ने भएकाले यस वर्ष दोस्रो दिन पर्न गएको हो । य...
प्रचण्ड (पुष्पकमल दाहाल)लाई केपी ओलीसँग मरे पनि सँगै, बाँचे पनि सँगै यात्रा गर्ने रहर रहेछ । तर, भगवानको कृपाले यिनका सम्बन्धमा बिछोडको घडी आयो । बिछोडको पीडामा तड्पिनुको पनि एउटा सीमा हुन्छ । प्रचण्डको तड्पाइ...