×

पहिरोले दिएको पीडा

दुःखको पहाडले थिचिएका रामप्रसादः नमूना भनिएको घरमा हेर्दाहेर्दै अस्ताए दुई छोरी

काठमाडाैं | असोज १९, २०८१

विसं २०७२ सालको त्रासदीपूर्ण भूकम्पपछि समरिटन्स पर्स नामक संस्थाले बनाइदिएको बलियो घरमा बस्न पाउँदा काभ्रेपलाञ्चोकको पनौती नगरपालिका– १ का रामप्रसाद सापकोटा दंग परेका थिए । जीवनको चार दशक अभाव, दुःख र कडा परिश्रमका कठिन पहाडसँग पौँठेजोरी खोज्नु उनको दैनिकी थियो । तर एकबारको जुनीमा अभावभन्दा केही हात लागेन । यसका बीच पनि जीवनको लेखान्त मानेरै उनले संघर्षका भारी बोक्न छोडेनन् । यसैले गर्दा पनि होला अरुले बनाइदिएको भए पनि सो घर उनका लागि ‘ड्रीम हाउस’ थियो । 

Laxmi Bank

यही बलियो र नमूना घरमा असुरक्षित भइन्छ भन्ने रामप्रसादले कहिल्यै कल्पेनन् । तर उनले सुरक्षित ठानेको त्यही घरमा गत असोज १२ गते बज्रपातको पहाड खस्यो । राति सुतेका छोरीहरू बिहान उठ्न पाएनन् । कहिल्यै नउठ्ने गरी सदाका लागि बिलाए । 


Advertisment

दुःखले हुर्काएका दुई छोरी ३१ वर्षकी सविता र २९ वर्षीया रश्मिलालाई पहिरोले निल्यो । दुई दिनअगाडि मात्रै पाँच वर्षे छोरासहित माइत आएकी छोरी पनि पहिरोमा परिन् । जोखिमका बीच परिवारका केही सदस्य बाँचे पनि रामप्रसादले आँखै अगाडि छोरीहरूलाई गुमाए ।  त्यसयता उनी बेचैन छन् । आँखा ओभाएका छैनन् ।


Advertisment

पहिरो जाने डरले रामप्रसाद त्यो रात नजिकै दाजुभाइको घरमा गएर बसेका थिए । उनले छोरीहरूलाई पटक–पटक घर छोड्न आग्रह गरे । तर उनीहरूले नमानेको उनको भनाइ छ । आफूमात्र नभएर दाइकी नातिनी बोलाउन जाँदासमेत उनीहरूले घर छोड्न नमानेको उनले बताए ।

null  

‘असोज १० गतेदेखि परेको वर्षा नरोकिएपछि मलाई कताकता पहिरोले लान्छ कि भन्ने डर पनि थियो । तर समरिटन्स पर्सले बनाइदिएको बलियो नमूना घरलाई पहिरोले बगाइहाल्छ भन्ने पनि लागेको थिएन,’ रामप्रसादले लोकान्तरसँग भने, ‘१० गते मात्रै पाँच वर्षे छोरासहित छोरी घरमा आएकी थिइन् । त्यो दिन पानी ठीकै परेको थियो । तर शुक्रबार यता नबसौं भन्दा छोरीहरूले घर छोड्न मानेनन् । शुक्रबार रातभर निरन्तर वर्षा भइरह्यो । शनिबार बिहानै बोलाउन जाँदा पनि आउन मानेनन् । तर ७ बजेतिर माथि डाँडो नै फुटेर आउँदा घर नै बगायो ।’ 

रामप्रसादकी श्रीमती शान्ति पनि रातिसम्म छोरीहरूसँगै त्यही घरमा सुतेकी थिइन् । वर्षा रोकिने छाँट देखिएन । यसले गर्दा रामप्रसादका दाइकी १२ वर्षीया नातिनीले राति साढे २ बजे हजुरआमालाई जबर्जस्ती गरेर आफ्ना घरमा ल्याइन् । तर सविता र रश्मिलालाई ल्याउन सकिनन् । उनीहरू दुवै सुस्त मनस्थितिका भएकाले सम्भावित खतराबारे वास्ता नगरेको पाइएको छ । 

‘हजुरआमालाई मैले राति साढे २ बजे कराएर ल्याएँ । तर दिदीहरू आउनु नै भएन,’ रामप्रसादका दाइकी नातिनीले भनिन्, ‘बिहान ७ बजे एक्कासी पहिरो आउँदा काकी बचाउन जानुभएको थियो । तर केही लागेन । उहाँ नै घाइते हुनुभयो ।’

यसरी रामप्रसादका दुवै छोरीलाई पहिराेले पुर्याे । ५४ वर्षीय रामप्रसादको असोज १२ गते आफ्नै आँखाअगाडि भोगेको दुःखान्तको फेहरिस्त यत्तिमै सीमित छैन । सुस्त मनस्थितिका छोरीहरूलाई बचाउन जाँदा उनकी श्रीमतीको हालत झन् कहालिलाग्दो छ ।

null

बोलाउँदा नआएका छोरीहरूको सास भेटिन्छ कि भनेर आमा शान्ति पहिरोले पुरेको भग्नावशेषमा पसिन् । तर उनको केही सीप लागेन । गोठमा पुगेका रामप्रसाद पनि एकैछिनमा आइपुगे । तर त्यो बेलासम्म छोरीहरूको प्राण उडिसकेकाे थियाे । साथै उनले श्रीमतीलाई पनि मृत्युको मुखैनजिक पुगेको देखे । यसपछि उनीसहित दुई–तीन जनाले तानेर वरसम्म ल्याए । तर त्यतिखेरसम्म श्रीमतीको शरीरको तल्लो भागमा गम्भीर चोट लागिसकेको थियो । 

‘छोरीहरूलाई बचाउन जान्छु भन्दा आमा पनि पहिरोमा परी । छोरीहरूलाई बचाउन सकिएन । तर श्रीमतीलाई जसोतसो तीन–चार जनाले तानेर ल्यायौं । मेरुदण्ड खुस्किएर पछाडिको भाग नचल्ने भएछ,’ रामप्रसादले भने, ‘जताततै पहिरो गएकाले उपचारका लागि लान सकिएन । दुई छोरी पुरिएको भग्नावशेष हेर्दै जीवन र मरणको दोसाँधमा रहेकी श्रीमतीलाई २४ घण्टा रुँघेर बस्नुपर्दाको पीडाले अझै तर्साउँछ ।’ शनिबार नै गाउँलेले बेपत्ता छोरी खोज्ने प्रयास गरे तर सकेनन् । दुई दिनपछि बल्ल एउटी छोरीको लास भेटियो । अर्कीको अलि पछि ।

null 

दुई छोरी गुमाएको पीडा र श्रीमती जीवनमरणको दोसाँधमा रहँदाका ती क्षणलाई सम्झँदा रामप्रसाद अझै भक्कानिन्छन् । दुई छोरीलाई निलेको पहिरो उनी घरी-घरी हेर्छन् । अनि बचाउन नसक्दाको पीडाले उनलाई पोल्छ । दुई छोरीको शोक एकातिर छँदैछ । अर्कोतिर उनकी श्रीमती धुलिखेल अस्पतालको बेडमा मेरुदण्ड भाँचिएर शरीरको तल्लो भाग नचल्ने अवस्थामा छटपटाउँदै छिन् ।

‘छोरीहरूलाई बचाउन नसकिएको पश्चातापले पोलिरहेको छ,’ रामप्रसाद भन्छन्, ‘त्यो दिन सम्झँदा किन बाँचिएछ भन्ने लागिरहेको छ ।’ श्रीमतीको तल्लो शरीर नचल्ने प्रारम्भिक रिपोर्टले उनलाई झनै विचलित बनाएको छ । ‘उपचारका लागि अस्पताल लाने बाटो कतैबाट छिचोल्ने स्थिति भएन । आइतबार बल्ल दाजुभाइले श्रीमतीलाई अस्पताल पुर्याए,’ उनले भने । 

छोरी त बितिन् । तर रामप्रसाद पहिरोमा परेकी छोरीको पाँच वर्षीय छोराको कारण चिन्तित छन् । उनका अनुसार जेठी छोरी सविताले विवाह गरेर बच्चा पाए पनि ज्वाइँ र घरबारको ठेगान नै छैन । यसैले पाँच वर्षीय नातिको पहिचान अब के होला भन्ने चिन्ताले उनलाई सताएको छ । दुर्घटनापछि सानो नातिले बेलाबेलामा आमालाई खोज्छ, बोलाउँछ । तर परिवारसँग दिने जवाफ हुँदैन । अनि परिवारका सदस्य मुखामुख गर्छन् । भक्कानिन्छन् । र केही बहाना बनाएर बच्चालाई फकाउने प्रयास गर्छन् । दुर्घटनापछिका सात दिन रामप्रसादले यस्तै पीडादायी स्थितिमा बितेका छन् । 

जन्मँदै अभाव र दुःखसँग पौँठेजोरी खेल्नु रामप्रसादको दैनिकी थियो । गाउँघरमा भारी बोकेरै पाँच जनाको परिवार पालेका थिए । उनले दुःख र अभावको महासागर नै झेले । रामप्रसादको गरिखाने माध्यम त्यही नाम्लो थियो । जसले आफ्नो तौलभन्दा भीमकाय भारी बोकेरै परिवारको गाँसको प्रबन्ध मिलायो । थोरै जमिन थियो । खान पुग्दैन थियो । यसले गर्दा उनी गाउँघरतिर दैनिक भारी बोकेरै परिवारको गुजारा चलाउँदै आए । जीवनका चार दशक यही नाम्लो र भारी उनको जिन्दगी जिउने सहारा थियो । भएको अलिअलि अन्न, चामल, भएका धनमाल पनि सबै माटोमा बिलाए । शरीरमा लगाएको कपडाबाहेक केही बचेनन् ।

रामप्रसाद र उनका दाइका नाति–नातिना । 

प्रकृतिले पनि कमजोरलाई निशाना बनाउने नियति रामप्रसादले भूकम्पमा समेत झेले । सानो घर थियो, त्यसलाई पनि २०७२ सालको भूकम्पले क्षति गरायो । सिंगो गाउँकै विपन्नमा पर्थे उनी । यसैले रामप्रसादका लागि नमूना घर बन्ने भयो । समरिटन्स पर्सले उनको लागि नमूना घर बनाइदियो । आफ्नै पाटो बारीको अलि सम्म ठाउँमा सानो बलियो नमूना घर ठडियो । दुःखै गरेर भए पनि उनले ६-७ वर्ष यही घरमा बिताए । तर भूकम्पबाट बच्न बनेको घरलाई पहिरोले लग्यो । घर लगेको पीडा त छँदैछ, त्योभन्दा बढी त रामप्रसादलाई छोरीहरूको वियोगले दियो । 

‘हामी बूढाबूढी बच्चा (नाति)लाई लिएर यता दाइको घरमा सुत्यौं । यस्तो होला भनेर सोचेको भए तानेर पनि निकाल्थ्यौं । सुस्त मनस्थितिका दुवैले औषधि खाँदै आएका थिए,’ उनी पश्चाताप मान्दै भन्छन्, ‘भूकम्पपछि समरिटन्स पर्सले पक्की भनेर बलियो नमूना घर बनाइदिएको थियो । यो घरले सुरक्षा दिन्छ भन्ने विश्वास पनि एकातिर थियो । तर नानीहरू आँखै अगाडि अस्ताए ।’ 

भूकम्पपछि चर्किएको पुरानो घरलाई रामप्रसादले भत्काएका छैनन् । बरु केही होचो बनाएर राखेका छन् । यही पुरानो घरतिर हेर्दै उनी भन्छन्, ‘यसमा बसेको भए मात्रै पनि छोरीहरूलाई पहिरोले नलाने रहेछ ।’  

घरमै दुवै छोरीलाई गुमाएको पीडाले रामप्रसादका दाइमा पनि पश्चातापको उस्तै आँशु देखिन्छ । ‘भूकम्पले चर्काएको घर अझै सुरक्षित छ । तर बलियो भनिएको घर बनाउँदाको जमिन छनोट उपयुक्त देखिएन । समरिटन्स पर्सले बलियो घर त बनाइदियो । तर पहिरोको सम्भावित क्षतिलाई ध्यान दिएन,’ दुर्घटनापछि पुगेकाहरू साझा निष्कर्ष निकाल्छन् ।

भूकम्पले चर्काएको रामप्रसादको पुरानो घर ।

चार हातखुट्टा बजार्दा पनि रामप्रसादको आर्थिक हैसियत कहिल्यै सुध्रिएन । केही ऋण र दाजुका छोराहरूसँग आर्थिक सहयोग लिएर छोरालाई तीन महिनाअगाडि साउदी अरेबिया पठाए । 

दिदीहरू बितेको पीडाले छोरो साउदीमा छटपटीमा रहेको पीडाले रामप्रसाद झन् तर्सन्छन् । 

‘छोरा तीन महिनाअगाडि मात्रै साउदी अरेबिया गएको थियो । कमाउन त के ऋण नै तिर्न पनि सकेको छैन,’ रामप्रसाद भक्कानिँदै भन्छन्, ‘यता दिदीहरूको वियोगले छट्पटाएको छ । अहिल्यै आउँछु भन्छ, के गर्ने–नगर्ने अन्योलमा छौं । दुःखको पहाड र प्रकृतिले पनि हामीलाई नै किन किचेको होला ?’ 

त्यसयता न्यूरेखोलामाथिको आश्रामे डाँडोमा भएको यो दुर्घटनापछि नजिकको भञ्ज्याङ र सिँगो गाउँ शोकमा छ । न्यूरेखोलामा पनि एक महिलालाई सोही बिहान पहिरोले निल्यो । 

माघ १३, २०८०

रोल्पाका देवराज बुढामगर गाउँकै साधारण किसान हुन् । परिवर्तन गाउँपालिका–४ पाथावाङ निवासी देवराजका ६ छोरी र एक छोरा सरकारी जागिरे छन् । छोराको आसमा ६ छोरी जन्माए देवराज र उनकी श्रीमती नन्दाले । हुन पन...

फागुन २६, २०८०

पोखराका अशोक खड्काको पारिवारिक वातावरण सानैदेखि उद्यमशीलताको थियो । उनका बुवा सधैं एकै सुझाव दिइरहन्थे– नेपालमै केही गर्नुपर्छ । उनको बालमस्तिष्कमा त्यही छाप पर्यो । विदेश जाने सोच कहिल्यै बनाएनन् । नेप...

जेठ १२, २०८१

सार्वजनिक यात्रुबाहक सवारीसाधन अधिकांश पुरुष चालकले कुदाउने गर्छन् । काठमाडौं–पोखराजस्ता केही प्रमुख शहरमा फाटफूट ‘पब्लिक भेइकल’मा महिला चालक देखिए पनि लामो दूरीमा चल्ने गाडी महिलाले चलाए...

मंसिर १४, २०८०

प्रगतिशील राजनीतिको 'फ्रन्टलाइन'मा देखिने नेताहरू जति कठोर हुन्छन्, त्यो भन्दा बढी ‘इमोसनल र सेन्टिमेन्टल’ पनि हुन्छन् । त्यस्तै ‘इमोसनल फिलिङ्स’का बाबजुद परिस्थितिले कठोर बन्दै गएक...

जेठ १२, २०८१

हिन्दी चलचित्र ‘थ्री इडियट्स’मा एक पात्र छन् फरहान । फोटोग्राफीमा रुचि भएका उनी परिवारको इच्छाका लागि इन्जिनियर पढिरहेका हुन्छन् । उही पात्रले पछि आफनो रुचि रोजेर पेशागत रूपमा प्रगति गर्छन् । उनी चर्चि...

माघ ५, २०८०

मनीषा जीसीको वास्तविक नाम विष्णु घर्ती क्षेत्री हो । गुल्मीको धुर्कोट गाउँपालिका– ३ हाडहाडेकी विष्णुलाई धेरैले मनीषा भनेर चिन्छन् । उनै मनीषा लोक सेवा आयोगले लिएका पाँचवटा परीक्षामा एकसाथ नाम निकालेर अह...

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

सोरठीको रहस्य– ‘बाबैजीले दियाको गहना लाउँछु, सिन्दुर लाउँदिनँ’

कात्तिक १६, २०८१

गण्डकी प्रदेशले चर्चेको भूगोल वरपर पर्ने झुम्म परेका गाउँ/बस्ती पँहेलपुर छन् । पछिल्ला दिनमा लाहुरेहरू भरिया लिएर गाउँ जाने परम्परा लोप हुँदै गएको छ, बस्ती सरेका कारण । दमाई समुदायले बजाउने एकनासे एकोहोरो बा...

दीपावली र लक्ष्मीपूजाको अन्तर्य

दीपावली र लक्ष्मीपूजाको अन्तर्य

कात्तिक १५, २०८१

आज लक्ष्मीपूजा तथा दीपावली, नेपाली नाम दीपमालिका, तिहार पर्वको दोस्रो दिन । यद्यपि यी काम तिहार पर्वको तेस्रो दिन पर्ने गर्छ तर, भोलि साँझ औँसी तिथिले नभेट्ने भएकाले यस वर्ष दोस्रो दिन पर्न गएको हो ।  य...

'सस्तो लोकप्रियताका लागि रविसँग सती जाँदै गरेका प्रचण्ड'

'सस्तो लोकप्रियताका लागि रविसँग सती जाँदै गरेका प्रचण्ड'

कात्तिक ११, २०८१

प्रचण्ड (पुष्पकमल दाहाल)लाई केपी ओलीसँग मरे पनि सँगै, बाँचे पनि सँगै यात्रा गर्ने रहर रहेछ । तर, भगवानको कृपाले यिनका सम्बन्धमा बिछोडको घडी आयो । बिछोडको पीडामा तड्पिनुको पनि एउटा सीमा हुन्छ । प्रचण्डको तड्पाइ...

x