×

सहकारी ठगी प्रकरण

सँगै बस्न नसक्ने बरु अंश नलिने ज्योतिले बताएपछि धनराज मन्जुर, सहमतिमै सम्बन्धविच्छेद

काठमाडाैं | असोज ४, २०८१

धनराज गुरुङ ।

नेपाली कांग्रेसका उपसभापति एवं पूर्वमन्त्री धनराज गुरुङ र पत्नी ज्योति गुरुङबीच सहमतिमै सम्बन्ध विच्छेद भएको पाइएको छ । 

Laxmi Bank

ज्योतिले धनराजविरुद्ध ललितपुर जिल्ला अदालतमा विभिन्न आरोप लगाएर अंशसमेत नलिने गरी सम्बन्धविच्छेद गराइ पाऊँ भनेर निवेदन दिएकी थिइन् । 


Advertisment

उक्त निवेदनबमोजिम धनराजसमेत ज्याेतिको प्रस्ताव मान्न तयार भएको पाइएको छ । यसपछि विसं २०७६ चैत २८ गते दुवै पक्षले मिलापसमेत गरेकाले अदालतले सोहीअनुसार सम्बन्धविच्छेद गरिदिएको हो । सहकारी ठगी सम्बन्धी छानबिन गर्न सूर्य थापाको नेतृत्वमा गठित संसदीय छानबिन विशेष समितिले गुरुङ दम्पतीबीच भएको सम्बन्धविच्छेदको कागजातसमेत  समावेश गरेको छ ।


Advertisment

धनराजसँग ज्योतिको २०५१ असार १७ गते पोखरा विन्धवासिनी मन्दिरमा सामाजिक परम्पराअनुसार विवाह भएको थियो । उनीहरूका एक छोरा वर्ष २४ का विभास र एक छोरी वर्ष १० की अदिधी छन् ।

विवाह भएको केही समयसम्म वैवाहिक सम्वन्ध सुमधुर नै रहेपनि छोरी जन्मिएको केही वर्षपछि धनराजले निर्वाह गर्नुपर्ने कर्तव्य दायित्व पूरा नगरेको भन्दै ज्योतिले सम्बन्धविच्छेदको मुद्दा दायर गरेकी थिइन् ।

छोराछोरीको पालनपोषण तथा हेरविचार नगर्ने, पतिले गर्नुपर्ने कर्तव्य तथा दायित्व पूरा नगर्ने, बारम्बार मानसिक तनाव सिर्जना गर्ने गरी आफूलाई मानसिक यातना दिने गरेको ज्योतिको आरोप थियो । 

श्रीमान् घरमा नबस्ने र घरमा सँगै बस्नका लागि बारम्बार अनुरोध गर्दा पनि इन्कार गर्ने गर्दै आएको आरोप उनले लगाएकी थिइन् । 

’उहाँले छोराछोरीका लागि शिक्षादिक्षा र भरणपोषणका कुनै सहयोग नगरेकाले मैले माइती तथा इष्टमित्रको सहयोगमा उनीहरूलाई मेरो साथमै राखेर पालनपोषण तथा हेरचाह गर्दै आएकी छु,’ ज्योतिले अदालतमा दायर गरेको फिरादपत्रमा उल्लेख थियो ।

धनराजले हालसम्म छोराछोरी पढाउन कुनै खर्चसमेत नब्यहोरेको उनले आरोप लगाएकी थिइन् । ’विपक्षीले छोराछोरीलाई पालनपोषण तथा हेरचाह नगर्ने गरेका थिए,’ फिरादपत्रमा उल्लेख छ, ‘साथै उहाँले कुनै घर खर्च नब्यहोर्ने, छोराछोरी बिरामी हुँदा औषधि उपचार नगर्ने, स्कूल फी खर्च नदिने तथा वास्ता नगर्ने कार्य गर्दै आउनु भएको हुँदा हामी दुईबीच पति–पत्नीको सम्बन्ध रहन सक्ने कुनै आधार प्रमाण देखिएको छैन ।’

धनराज र आफूबीच सु–सम्बन्ध कायम नरहेको तथा असल दाम्पत्य सम्बन्ध रहनसक्ने सम्भावनासमेत नदेखिएकाले पति–पत्नीको सम्बन्ध कायम राख्नुको औचित्य समाप्त भएको ज्याेतिको भनाइ छ । ‘मैले धनराजबाट अंश लिने छैन । हामीबीच रहेको पति–पत्नीको नाता सम्बन्ध नरहने गरी सम्बन्धविच्छेद गरी न्याय पाऊँ, ज्योतिले भनेकी छिन् । 

धनराजले यसको जवाफ दिँदै ज्योतिले लगाएका सबै आरोप सत्य नरहेको भनेर अदालतमा प्रत्युत्तर पेश गरेका थिए ।

वैवाहिक सम्बन्धपछि हालसम्म पनि पतिले गर्नुपर्ने कर्तव्य आफूले पुरा गरेको धनराजको जिकिर थियो । सबै आरोप दोषारोपण गर्न र सम्बन्धविच्छेद गर्नका लागि मात्र लगाइएको उनको दाबी थियो ।

’मैले सँगै बसी दाम्पत्य जीवनलाई अगाडि बढाउन खोजेको थिए । छोराछोरीको शिक्षादिक्षालगायत मैले गर्नुपर्ने जिम्मेवारी म पूरा गर्नेछु । यसैमा हाम्रो भलाइ हुन्छ भनी ज्यातिलाई सम्झाउँदा उनी सम्झिइनन् । उनी उल्टै कसैको उक्साहटमा लागेर मेरा विरुद्धमा जिल्ला अदालतमा सम्बन्धविच्छेद मुद्दा दर्ता गरेकी रहिछन्,’ धनराजको प्रत्युत्तरमा उल्लेख थियो । 

पतिको नाताले ज्याति र छोरीछोरीका लागि पढाइ–लेखाइ, औषधि उपचारलगायत सबै खर्च ब्यहोर्दै आएको उनको दाबी थियो । 

’विपक्षी (ज्योति) मसँग मिलेर बस्न चाहनुहुन्छ भने उनलाई सँगै राखी पालनपोषण गर्न पनि अझै तयार छु । तर पति–पत्नीको नाता भनेको एक अर्काप्रतिको विश्वास र समझदारीमा अघि बढ्ने हो । समझदारी कायम हुन नसकेको अवस्थामा देखावटी मात्र सम्बन्ध कायम राख्नुको भने कुनै अर्थ रहँदैन,’ धनराजले दिएको जवाफमा उल्लेख छ ।

धनराजले अन्त्यमा ज्योतिसँग जीवन काट्न नसक्ने निष्कर्षसहित सम्बन्धविच्छेद गरेको पाइएको छ । 

‘उनी सम्बन्धविच्छेद गर्न मन्जुर छिन् भने छोराछोरीको अंश हक म बाबुकै जिम्मामा रहने छ । छोरी नाबालिग भएको हुँदा उनी पनि म बाबुको जिम्मामा रहने गरी मैले विपक्षी पत्नीलाई अंश हक तथा भरणपोषण खर्च नदिने, नभराउने गरी हामीबीच रहेको पति–पत्नीको नाता सम्बन्ध नरहने गरी सम्बन्धविच्छेद गर्न मेरो पूर्ण मञ्जुरी छ,’ धनराजले भनेका छन् । 

धनराजको उक्त प्रस्तावमा ज्योति पनि मन्जुर भएपछि मिलापत्रमै सम्बन्धविच्छेद भएको पाइएको छ ।

सहकारी ठगी प्रकरणमा पूर्वपत्नी ज्योतिसँगै आफ्नो पनि नाम मुछिएपछि धनराजले इन्कार गर्दै आएका थिए । उनले सम्बन्धविच्छेद भइसकेकी पत्नीले गरेका क्रियाकलापको जिम्मेवारी नलिने बताउँदै आएका छन् । सहकारी ठगीबारे संसदीय छानबिन समितिको प्रतिवेदनले दुईबीच सहमतिमै सम्बन्धविच्छेद भइसकेकाे खुलासा गरेको हो । 

nullnull

बैशाख १३, २०८१

स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका छोरा अमरेन्द्र यादवले मन्त्रालयमा 'छायाँ मन्त्री'को झल्को दिनेगरी काम गरिरहेको चर्चा हुन थालेको छ । मन्त्री यादवले गर्नुपर्ने कामसमेत स्वकीय सचिवको रूपमा रहेका ...

माघ ३, २०८०

राष्ट्रिय सतर्कता केन्द्रको परिपत्रविपरीत कर्मचारीको कोटामा खानेपानीमन्त्री महिन्द्र राय यादवका छोरा सुनिल अधिकारी यादव विदेश भ्रमणमा गएका छन् । मन्त्री यादवका छोरा सुनिल भारतको उडिसा प्रदेशमा कर्मचारीको कोटामा ...

असार ३०, २०८१

२६ वर्षअघि तीन जनाको नाममा दर्ता गरिएको नवलपरासीको साबिक गैडाकोट गाविसको वडा नम्बर १ (क)को कित्ता नम्बर ९९ को ९३ रोपनी जग्गा पुनः सरकारी कायम भएको छ । सर्वोच्च अदालतले सार्वजनिक जग्गा व्यक्तिको नाममा दर्ता गर्दा...

साउन १४, २०८१

लोक सेवा आयोगले लिने परीक्षा निष्पक्ष हुन्छ भन्ने आमविश्वास छ । तर, आयोगमै कार्यरत कर्मचारीका छोराछोरीले परीक्षा दिए भने त्यो निष्पक्ष नहुन पनि सक्ने रहेछ भन्ने एउटा तथ्यले देखाएको छ । आयोगका तत्कालीन शाखा अ...

चैत २७, २०८०

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सुमना श्रेष्ठ सिंहदरबारका कर्मचारीबीच 'गसिप'को विषय बनेकी छन् । छिनछिनमा मिटिङ गर्नुपर्ने, सर्वसाधारणले भेट्ने समय मिलाउन क्यूआर कोड स्क्यान गर्नुपर्ने, रिपोर्...

बैशाख ३०, २०८१

नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनबाट धरौटीमा रिहा भएका पूर्व गृहमन्त्री बालकृष्ण खाणविरुद्ध महान्यायाधिवक्ता कार्यालयले अझैसम्म सर्वोच्च अदालतमा निवेदन दिएको छैन । काठमाडौं जिल्ला अदालतले खाणलाई थ...

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

बडादशैं, झूटको साम्राज्य र निरीह राज्य

असोज २०, २०८१

सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री  बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...

धर्म छाडा प्राणी

धर्म छाडा प्राणी

असोज १९, २०८१

संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

अखिल (क्रान्तिकारी)भित्र लफडाः माओवादी उत्पादनको ‘नर्सरी’ झन् गञ्जागोल !

असोज १५, २०८१

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...

x