कात्तिक २०, २०७४
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडाैं | असोज ४, २०८१
गोरखा मिडिया नेटवर्क प्रालिबाट एक करोडभन्दा बढी तलब लिएका रवि लामिछानेले तलबबाहेक पनि १७ लाख पेश्की लिएको खुलेको छ ।
सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदनमा लामिछानेले तलब भत्ताबाहेक पनि १७ लाख पेश्की लिएर अहिलेसम्म नतिरेको उल्लेख छ ।
उनले आर्थिक वर्ष २०७७/७८ मा कर्मचारी पेश्की भन्दै ६ लाख ४५ हजार लिएका थिए भने २०७८/७९ मा १० लाख ५५ हजार पेश्कीका रूपमा बुझेको समितिको प्रतिवेदनले जनाएको छ ।
उनले समितिमा दिएको बयान र सार्वजनिक वक्तव्यमा गोरखा मिडिया नेटवर्कमा आफ्नो कुनै आर्थिक दायित्व नरहेको दाबी गर्ने गरेका थिए । तर प्रतिवेदनले उनको दाबी खारेज गरिदिएको छ ।
त्यस्तै उनले आफ्नै हातले चेक काटेर नोबडी प्रोडक्सनलाई पनि ५ करोड ३५ लाख रुपैयाँ पेश्की दिएको प्रतिवेदनमा उल्लेख छ ।
लामिछानेलगायत अन्य कर्मचारीलाई दिएको सम्पूर्ण पेश्की रकम १ करोड १७ लाख ३० हजार रहेको प्रतिवेदनले जनाएको छ ।
सर्वाधिक पेश्की लिएर नतिर्नेमध्ये लामिछाने दोस्रो स्थानमा छन् । सबैभन्दा धेरै पेश्की शम्भु गुरागाईँले लिएका छन् । उनको नाममा ८१ लाख भन्दा बढी रकम फर्छ्यौट हुन बाँकी छ ।
दोस्रोमा लामिछाने छन् । उनले १७ लाख लिएका छन् । तेस्रोमा विपिन कुमार आचार्य छन्, उनले करिब १० लाख रुपैयाँ पेश्की बापतको रकम तिर्नुपर्ने छ ।
तलब बापत टन्नै रकम खर्च भएको देखाइएको भएता पनि प्रतिवेदनले सोको कर बापत नेपाल सरकारलाई १ करोड ३६ लाख भन्दा बढी तिर्नुपर्ने बाँकी रहेको छ ।
गोरखा मिडिया नेटवर्कले कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएको नदेखिएको प्रतिवेदनमा उल्लेख छ ।
ऋण नलिए पनि लेखापरीक्षणमा ब्याज बापत १ करोड ५५ लाख ५२ हजार ब्याज बापत भुक्तानी भएको देखाइएको छ । प्रतिवेदनले उक्त कम्पनीको लेखापरीक्षण प्रतिवेदनमाथि पनि प्रश्न उठाएको छ ।
काठमाडौँ, २२ चैत –निर्वाचन आयोगले न्यायपरिषद्को परामर्शमा ७५ जिल्लाका जिल्ला न्यायाधीशलाई मुख्य निर्वाचन अधिकृत नियुक्त गरेको छ । आगामी वैशाख ३१ गते हुने स्थानीय तह निर्वाचनका लागि आयोगले उनीहरुलाई मुख्...
काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...
काठमाडौं उपत्यकामा भूकम्पको झड्का महसुस गरिएको छ । सोमवार अपरान्ह ४ बजेर ३३ मिनेटको समयमा भूकम्पको झड्का महसुस गरिएको हो । जाजरकोटको रामीडाँडा केन्द्रविन्दु भएर अपराह्न ४ बजेर ३१ मिनेटमा ५ दशमलव ८ रे...
भैरहवाबाट झण्डै २० किलोमिटर पश्चिममा छ रुपन्देहीको सियारी–५ को बैदौली गाउँ । सोही गाउँकी ३३ वर्षीया सावित्रा खरेल खनाल आमा बन्ने खुसीको मुखैमा थिइन् । विवाह गरेको दुई वर्ष मात्रै पुग्नै लाग्दा सावित्रा आ...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
तत्कालीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहले २०७९ फागुन १० गते जिम्मेवारीबाट राजीनामा दिए । प्रहरी महानिरीक्षक (आईजीपी)को लाइनमा रहेका सिंहको जन्ममितिमा कैफियत देखिएपछि राजीनामा दिनुपरेको थियो ।&...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...