कात्तिक २७, २०८०
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडाैं | असोज २, २०८१
सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिको प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय र प्रहरी नेतृत्व प्रधानमन्त्रीको निर्देशन कुरिरहेको छ ।
यसै विषयलाई लिएर बुधबार मुख्यसचिव एकनारायण अर्याल र गृहसचिव गोकर्णमणि दुवाडीबीच कुराकानी भएको छ । दुवाडीले प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालय र यस मातहतका कार्यालय धेरै जवाफदेही भएकाले के गर्ने भन्ने रायसुझाव मागेका थिए ।
अर्यालले सरकारको र विशेषगरी प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनअनुसार अगाडि बढ्ने जवाफ दिएका थिए । समितिले प्रतिवेदन बुझाउनुअघि नै गृहमन्त्री रमेश लेखक, गृहसचिव गोकर्णमणि दुवाडी र प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरलाई सहकारीसँग जोडिएका र मुद्दा चलेका फरार अभियुक्त पक्राउ गर्न निर्देशन दिएको थियो ।
लेखक, दुवाडी र कुँवर भने समितिको प्रतिवेदन कुर्ने र त्यसपछि सिफारिशका आधारमा कार्यान्वयनमा जोड दिने निचोडमा पुगेका थिए । प्रतिवेदन आइसकेपछि उनीहरू प्रधानमन्त्री ओलीको आदेश कुरेर बसेको उच्च स्रोत बताउँछ ।
स्रोतका अनुसार प्रधानमन्त्री कार्यालयले प्रतिवेदन कार्यान्वयनका लागि गृह मन्त्रालयलाई निर्देशन दिनेबित्तिकै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर मुद्दा चलाउने आधार बन्नेछ ।
कास्कीको सूर्यदर्शन सहकारी, काठमाडौंको स्वर्णलक्ष्मी सहकारी, चितवनको सहारा सहकारी, पर्साको सानोपाइला सहकारी, बुटवलको सुप्रिम सहकारीका बचतकर्ताले लामिछानेविरुद्ध ठगीमा जाहेरी दिएका छन् ।
गत वर्ष माघमै कास्की प्रहरीमा लामिछाने र पूर्व उपराष्ट्रपतिका छोरा दीपेश पुनलगायत १८ जनाविरुद्ध पूरक जाहेरी परेको थियो ।
‘कास्कीको सूर्यदर्शनबाट ५ करोड मात्रै गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ । कम्पनीको दायित्व लामिछानेले लिनुपर्ने विषय सहकारी छानबिन समितिले प्रस्ट्याएसँगै उनलाई पक्राउ गरेर सहकारी ठगीमा मुद्दा चलाउने आधार बनेको छ,’ कास्की प्रहरीका एक अनुसन्धान अधिकृतले लोकान्तरसँग भने, ‘हामीलाई प्रतिवेदन कार्यान्वयन गर्न निर्देशन आएलगत्तै कारबाहीको प्रक्रिया शुरू गर्छौं ।’
त्यस्तै, स्वर्णलक्ष्मीबाट ३० करोड, सुप्रिमबाट १० करोड, सानोपाइलाबाट १० करोड र सहाराबाट १० करोड रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको देखिन्छ ।
यी सहकारी ठगीको मुद्दा चलाएका प्रहरी कार्यालयले पनि संसदीय छानबिन समितिको प्रतिवेदनका आधारमा लामिछानेलाई कारबाहीको दायरामा ल्याउन मिल्ने प्रहरी अधिकारी बताउँछन् ।
समितिले गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु राई (जीबी राई)सहित २७ जनालाई पक्राउ गरेर छानबिनमा सहयोग गर्न भनेकोमा प्रहरी महानिरीक्षक कुँवरले राईको खोजीका लागि दुईजना प्रहरी अधिकृत मलेसिया पठाएको जवाफ दिएका थिए ।
अहिले ती दुई प्रहरी मलेसियाबाट रित्तो हात फर्किसकेका छन् । विदेशमा लुकेर बसेका फरारलाई पक्राउ गर्ने एउटै विकल्प इन्टरपोल रहेकाले प्रहरी प्रधान कार्यालयस्थित इन्टरपोल शाखामार्फत सम्बन्धित प्रहरी कार्यालयबाट सिफारिश भएको आधारमा इन्टरपोलमा पत्राचार गर्ने तयारी मुख्यालयको छ ।
प्रहरी महानिरीक्षक कुँवरले प्रतिवेदन कार्यान्वयनका लागि माथिल्लो तहबाट निर्देशन आएलगत्तै प्रहरीले काम थाल्ने बताए । उनले लोकान्तरसँग भने, ‘अहिले हामीलाई प्रतिवेदन कार्यान्वयनका लागि कतैबाट पनि आदेश आएको छैन । आदेश वा निर्देशन आएलगत्तै कारबाही प्रक्रिया शुरू हुन्छ ।’
स्रोतका अनुसार गृहमन्त्री लेखकले लामिछाने र गोर्खा मिडिया नेटवर्ककै तत्कालीन सञ्चालकमध्येका छविलाल जोशी बञ्जाडेमाथि निगरानी बढाउन प्रहरी प्रमुख कुँवरलाई निर्देशन दिएका छन् ।
गृहसचिव दुवाडीले प्रतिवेदन कार्यान्वयनको विषय प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हुँदै गृह मन्त्रालयमा आएपछि अध्ययन गरेर थप कारबाहीका लागि सम्बन्धित प्रहरी कार्यालयहरूमा पठाइने बताए ।
उनले भने, ‘प्रतिवेदन कार्यान्वयन गर्नु भनेर गृहमन्त्रालयमा कतैबाट आदेश वा निर्देशन र प्रतिवेदनको कपी आइसकेको छैन । आएपछि हामी अध्ययन गरेर कारबाही प्रक्रियामा लैजान्छौं ।’
संसदीय समितिले छानबिन गरेका सहकारीमध्येका केही सहकारीको अनुसन्धान प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले पनि गरेको थियो, जसमध्ये शिवशिखर सहकारीका सञ्चालक केदारनाथ शर्मालगायत उनले खोलेका ४३ वटा कम्पनीलाई कारबाहीको दायरामा ल्याएर पुर्पक्षमा कारागार चलान गरिसकेको छ ।
यो सहकारीले बचतकर्ताको २३ अर्ब बराबरको रकम हिनामिना गरेको थियो । शर्माविरुद्ध सम्पत्ति शुद्धीकरण विभागले समेत छानबिन गरेर विशेषमा मुद्दा दायर गरिसकेको छ ।
त्यस्तै, सीआईबीमा सुमेरु सहकारीले ठगी गरेको उजुरी परे पनि मुद्दा दर्ता गरिसकेको अवस्था छैन । सुमेरुका अध्यक्ष भरत महर्जनले ३ अर्ब रुपैयाँ अपचलन गरेको उजुरीमा उल्लेख छ । महर्जनविरुद्ध इन्टरपोलमार्फत रेड नोटिस समेत जारी भइसकेको छ ।
सीआईबीका प्रवक्ता एसपी होविन्द्र बोगटीका अनुसार ललितपुरको सुमेरुका सम्बन्धमा अनुसन्धान भइरहेको छ । ‘हामीले अनुसन्धान गरिरहेको सहकारी र सहकारी छानबिन समितिले छानबिन गरेका सहकारी जुध्न गए पनि तथ्य प्रमाणका आधारमा पुनः अनुसन्धान प्रक्रिया अगाडि बढाउन सकिन्छ,’ बोगटीले लोकान्तरसँग भने, ‘केही सहकारीका सञ्चालकसहित प्रतिवादीहरू पुर्पक्षमा गइसकेका छन् । केहीको अनुसन्धान भइरहेको छ ।’
सहकारी छानबिन विशेष समितिले ४५१ जना व्यक्तिहरूसँग जानकारी र सुझाव लिएको समितिका सभापति सूर्य थापाले जानकारी दिएका थिए । उनले संसद्मा प्रतिवेदन पेश गर्दै ५५ जनासँग सोधपुछ गरेको र फरार सूचीमा रहेका २ जनाको भनाइलाई पनि समेटेको उल्लेख गरेका थिए ।
समितिले ४० वटा सहकारीको वित्तीय विश्लेषण गरेको थियो, जसमा यी सहकारीले ८७ अर्ब अपचलन गरेको निष्कर्ष समितिको छ ।
यी हुन् विदेशमा लुकेर बसेका सहकारी ठगीका अभियुक्तः
१) जीबी राई (सूर्यदर्शन सहकारी, पोखरा)
२) भरत महर्जन (सुमेरु सहकारी, ललितपुर)
३) राजमाया महर्जन (सुमेरु सहकारी, काठमाडौं)
४) सचिन महर्जन (सुमेरु सहकारी, काठमाडौं)
५) सरला महर्जन (सुमेरु सहकारी, काठमाडौं )
६) धनबहादुर बम्जन (सूर्यदर्शन सहकारी, पोखरा)
७) भूपेन्द्र राई (सूर्यदर्शन सहकारी, पोखरा)
८) तेजबहादुर तामाङ (शिवशिखर सहकारी)
९) देवकुमार नेपाली (इमेज बचत, पोखरा)
१०) छेदा नेपाली (इमेज बचत सहकारी, बाग्लुङ)
११) तस्बिरन खातुन (सानोपाइला सहकारी, वीरगञ्ज)
१२) असरफ अली (सानो पाइला सहकारी, वीरगञ्ज)
१३) सुवास केसी (सहारा सहकारी, चितवन)
१४) दीपक पौडेल (इमेज सहकारी, बाग्लुङ)
१५) लीलानाथ गौतम (शिवशिखर सहकारी, भक्तपुर)
१६) महाशंकर रेग्मी (मेघा ड्रिम सहकारी, काठमाडौं)
१७) थानबहादुर बुढामगर (सूर्यदर्शन सहकारी, पोखरा)
१८) प्रेमध्वज लामा (कान्तिपुर को–अपरेटिभ, काठमाडौं
१९) बुद्धि गुरुङ (सूर्यदर्शन सहकारी, कास्की)
२०) दीपक थापा (आर्जन बचत तथा ऋण सहकारी)
उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...
काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...
बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...
आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...
पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...
मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...
सत्य घरबाट निस्किँदा झूटले आधासंसार भ्रमण गरिसक्छ । – विस्टर्न चर्चिल, बेलायती पूर्व प्रधानमन्त्री बडा दशैं शुरू भैसकेको छ । प्राकृतिक विपत्तिले देशका विभिन्न भागको जनजीवन सामान्य हुन केही समय लाग्न...
संसारमा सर्वाधिक धर्मछाडा, बेइमान र हिंस्रक प्राणी को हो भनेर सोध्ने हो भने शायद एकै किसिमको उत्तर पाउन सकिन्न । कसैले केही भन्लान्, कसैले केही । कसैको नजरमा बाघभालु आदि वन्य जनावर पर्लान्, कसैको नजरमा अरू नै ...
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले सशस्त्र संघर्ष शुरू गरेपछि सबैभन्दा बढी चर्चामा उसको विद्यार्थी संगठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) रह्यो । भूमिगत पार्टीको खुला मोर्चामा यु...