×

विज्ञान–प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि १ अर्बको कोष स्थापना गरिने

काठमाडाैं | असोज १, २०८१

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले विज्ञान र प्रविधिको अनुसन्धान र नवप्रवर्तनका लागि सरकारले एक अर्ब रुपैयाँको विशेष कोष स्थापना गर्ने बताएकी छिन् ।  

Laxmi Bank

मन्त्रालयको आयोजनामा मंगलवार मनाइएको १२ औँ राष्ट्रिय विज्ञान दिवसको कार्यक्रममा उनले यस्तो बताएकी हुन् ।    


Advertisment

मन्त्री भट्टराईले वर्तमान युग विज्ञान प्रविधिको युग भएकाले यस युगको महिमा कायम गर्न नेपालका समस्त वैज्ञानिकले आधुनिक प्रविधि र रैथाने प्रविधिलाई एकसाथ प्रवर्द्धन गरी  राष्ट्रिय उत्पादन बढाउनु पर्नेमा जोड दिइन् । उनले विद्यार्थीलगायत सबैमा डिजिटल साक्षरता विकास गर्न आवश्यक रहेको बताइन् । 


Advertisment

मन्त्री भट्टराईले अनुसन्धानलाई उत्पादनसँग जोडी विज्ञान प्रविधिको माध्यमबाट दिगो पूर्वाधारको विकास गरेर विज्ञान प्रविधि तथा नवप्रवर्तनलाई समुदाय र समाजको अङ्ग बनाउन सके विज्ञान दिवस मनाउनुको सार्थकता पुष्टि हुने धारणा राखिन् । 

सो अवसरमा उनले विज्ञान र प्रविधिको अनुसन्धान तथा नवप्रवर्तनका लागि विशेष कोषको स्थापना गरी सञ्चालन गर्न देशको बजेटको दुई प्रतिशत रकम छुट्याउने नीति सरकारले ल्याएको जानकारी दिइन् । 

साथै मन्त्री भट्टराईले वार्षिक पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान र विकासका लागि छुट्याएर एक अर्ब रुपैयाँको अनुसन्धान र विकास कोष स्थापना गरिने उल्लेख गरिन् ।  
 

NLIC
भदौ १४, २०८०

इन्डियन स्पेस रिसर्च अर्गनाइजेसन (इसरो)ले चन्द्रमामा प्रज्ञान रोभर घुम्दै गरेको भिडियो सार्वजनिक गरेको छ । चन्द्रयान- ३ मार्फत पठाइएको उक्त रोभर आफ्ना लागि सुरक्षित स्थान खोज्दै घुमेको भिडियो इसरोले बुधवार स...

भदौ ६, २०८१

वर्षायाममा जताततै पानी र हरियाली देखिन्छ । यही कारणले गर्दा कतिपयको यो मनपर्ने सिजन हो पनि हो । तर, वर्षायाममा मानिसलाई लामखुट्टेले निकै नै सताउने गरेको हुन्छ । गर्मी शुरू हुनेबित्तिकै लामखुट्टेको आतंक बढ्...

जेठ १७, २०८१

पर्वत– जिल्लाको एक विद्यालयका छ जना विद्यार्थीले ड्रोन बनाएका छन् । सदरमुकाम कुश्माबजार स्थित नमूना आवासीय माविका ६ जना विद्यार्थीले ड्रोन बनाएर आकाशमा उडाउन सफल भएका हुन् ।  नमूना आवासीय मावि कक्ष...

असार ३०, २०७९

नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट)ले सबै प्रदेशमा विशिष्टकृत अनुसन्धान केन्द्र स्थापना गर्ने भएको छ ।  बिहीवार भएको नास्टको ४५औँ प्राज्ञसभाले सातवटै प्रदेशमा अनुसन्धान केन्द्र स्थापना गर्ने निर्णय गरेक...

बैशाख २५, २०८१

प्राविधिक समस्याका कारण सोमबार नासा र बोइङले ‘स्टारलाइनर अन्तरिक्ष यान’ को पहिलो क्रु मिसनको प्रक्षेपण स्थगित गरेका छन् । स्टारलाइनर एक अन्तरिक्ष यान हो । यसले २१औँ शताब्दीको आविष्कारसँग वास्तुकला, ...

भदौ ७, २०८०

भारत चन्द्रमाको दक्षिणी ध्रुवमा चन्द्रयान अवतरण गर्ने पहिलो राष्ट्र बनेको छ । चन्द्रयान–३ को बुधवार चन्द्रमामा सफल अवतरण गराएर छिमेकी राष्ट्र भारतले यस्तो ऐतिहासिक कीर्तिमान बनाएको हो । आफ्नो देशका वैज्...

आत्मघातमा रमाउने जाति

आत्मघातमा रमाउने जाति

मंसिर ८, २०८१

संसारका हर मानिस जित्न चाहन्छन् । जित्नुपर्छ भन्छन्, जित्ने प्रयास गर्छन् तर, जित्न भने कसैले सक्दैनन्, सकेका छैनन् । उल्टै यही जित्ने प्रयास नै हारको कारण बन्न पुगेको छ, यसैले नै हराइरहेको छ ।  मानिस यसैबाट ...

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

जापानको समृद्धिको कथा : नेपालले के शिक्षा लिन सक्छ ?

मंसिर ६, २०८१

अहिलेको समृद्ध जापानलाई यो अवस्था त्यत्तिकै प्राप्त भएको होइन, यसका पछाडि पीडा, बेदना र रगतपसिनाको इतिहास छिपेको छ । आफैंले गरेको विकास मात्र दिगो रहन्छ र विकासका लागि देशवासीको दह्रिलो समर्पण चाहिन्छ भन्ने शि...

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

राजनीतिको धुरी मानिने कांग्रेस किन बन्न पुग्यो औसत दल ?

मंसिर २, २०८१

अमेरिकालाई फेरि महान् बनाउने प्रमुख नारासहित राष्ट्रपतिमा उम्मेदवारी दिएका रिपब्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले शानदार ढंगले चुनाव जितेपछि विश्व राजनीतिमा नयाँ तरंग पैदा भएको छ । सन् २०१६ मा प्रथम प्रकट र अहि...

x