कात्तिक १८, २०८०
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
काठमाडाैं | साउन २४, २०८१
परराष्ट्र मन्त्री बनेको खुसियालीमा आरजु राणा देउवाले केन्द्रीय समिति बैठकमा मिठाइ बाँडेपछि उपसभापति पूर्णबहादुर खड्काले आपत्ति जनाएका छन् ।
बुधबार बैठक चलिरहेका बेला केन्द्रीय कार्यालयका कर्मचारीमार्फत आफू मन्त्री बनेको खुसियालीमा मिठाइ बाँडेपछि खड्काले तत्काल आपत्ति जनाएको कांग्रेस स्रोतले जानकारी दियो ।
बुधबार १ बजेबाट शुरू हुने बैठक २ बजे हाराहारीमा बल्ल शुरू भएको थियो । तर, बैठक शुरू भएको केही समयपछि आरजुको निर्देशन अनुसार नै केन्द्रीय कार्यालयका सहयोगीले बैठक चलिरहेका बेला पदाधिकारीको लहरमा मिठाइ बाँड्न थालेका थिए ।
राम्रै ब्रान्डको मिक्स मिठाइ बोकेर पदाधिकारीलाई बाँड्न आएलगत्तै खड्काले आपत्ति जनाएको कांग्रेस स्रोत बताउँछ । खड्काले बैठकस्थलमा यसरी कसले र किन मिठाइ बाँड्न लगायो भन्दै आपत्ति जनाएको स्रोत बताउँछ ।
‘हामीले पनि पछि थाहा पायौं । आरजु भाउजूले शायद मन्त्री भएको खुसियालीमा सबै केन्द्रीय सदस्यलाई एक–एक पिस मिठाइ बाँड्न खोज्नुभएको रहेछ । यसका लागि केन्द्रीय कार्यालयका कर्मचारी र सहयोगीलाई परिचालन गरिएको थियो,’ स्रोतले भन्यो, ‘तर जब सहयोगीहरू मिठाइ बाँड्न भन्दै पदाधिकारीको लहरमा पुगे, तत्कालै उपसभापतिले कसले मिठाइ बाँड्न लगायो ? किन बाँडेको बैठकस्थलमा मिठाइ ? भन्दै असन्तुष्टि जनाउनुभएछ ।’
खरो स्वभावका खड्काले यसरी असन्तुष्टि व्यक्त गरिरहँदा सँगै रहेका देउवाले भने कुनै आपत्ति नजनाएको स्रोत बताउँछ ।
‘उपसभापतिले अलि चर्कै असन्तुष्टि देखाउनुभयो । तर सभापतिले के हो के हो ? खै यता लेऊ त भन्दै एक पिस मिठाइ निकालेर खानुभयो,’ स्रोतले भन्यो, ‘बैठक स्थलमा यसरी मिठाइ बाँडेको भनेर हो कि किन हो उपसभापतिले खानुभएन । लहरका केही पदाधिकारीले खानुभयो ।’
देउवापत्नी एवं कांग्रेस नेतृ आरजु केपी ओली नेतृत्वको सरकारमा परराष्ट्र मन्त्री बनेकी छन् । उनी पहिलोपटक मन्त्री बनेकी हुन् ।
फ्लोरमा रहेका केन्द्रीय सदस्य सबैलाई मिठाइ बाँड्ने तयारी भएपनि खड्का रिसाएपछि बाँड्न रोकिएको एक केन्द्रीय सदस्यले जानकारी दिए ।
‘पदाधिकारीलाई बाँडेपछि अरू केन्द्रीय सदस्यलाई पनि भित्रै बाँड्ने तयारी गरिएको रहेछ । तर, उपसभापतिले चर्कै गरी असन्तुष्टि जनाएपछि रोकियो,’ एक केन्द्रीय सदस्यले भने, ‘त्यसपछि खाजा खाने बेलामा मिक्स मिठाइ एउटा–एउटा लड्डु बाँडिएको थियो ।’
तर, धेरै केन्द्रीय सदस्यहरू कसले के सन्दर्भमा मिठाइ बाँडेको हो भनेर बेखबरजस्तो बनेको अर्का एक केन्द्रीय सदस्य बताउँछन् ।
‘कसैले एमालेसँग नयाँ समीकरण बनेकोमा त कसैले कांग्रेस सरकारमा गएकोमा मिठाइ बाँडेको बुझेका रहेछन्,’ एक केन्द्रीय सदस्यले भने, ‘तर मिठाइ त आरजु भाउजूले पहिलोपटक मन्त्री बनेकोमा बाँड्न लगाउनुभएको रहेछ भनेर धेरैले बिहीबार मात्रै थाहा पाए ।’
अर्का एक केन्द्रीय सदस्य भने मिठाइ नबाँडेको भए पनि हुने, तर बाँडिसकेपछि आपत्ति जनाउनैपर्ने आवश्यकता नभएको बताउँछन् ।
‘राजनीतिक बैठक हो, मन्त्री बनेको भनेर यसमा मिठाइ नबाँडेको भए पनि हुन्थ्यो,’ ती केन्द्रीय सदस्य भन्छन्, ‘बाँड्नै ल्याइसकेपछि सभापतिले सहजै एक पिस झिकेर खानुभयो । उपसभापतिले पनि एक पिस लिएर बाहिर साथीहरूलाई दिनुभएको भए सकिन्थ्यो । तर, उहाँ अलि अस्वाभाविक रूपमा रिसाएपछि बाँड्ने कर्मचारीलाई पनि नराम्रो लाग्यो ।’
बिहीबार केन्द्रीय कार्यालय परिसरमै एक केन्द्रीय सदस्यले यसलाई राजनीतिक प्रतिस्पर्धाको रूपमा पनि बुझ्नुपर्ने बताए ।
‘सभापति शेरबहादुर देउवा अब तेस्रोपटकको कार्यकालका लागि उठ्नु हुन्न । यस्तोमा अब उहाँको उत्तराधिकारी उपसभापति पूर्णबहादुर खड्का कि आरजु भन्ने प्रतिस्पर्धा शुरू भइसकेको छ,’ ती नेता भन्छन्, ‘यसैले गुलियो मिठाइको प्रसंगमा नमीठो राजनीतिक छेडखानी भएको भनेर यसको अर्थ लगाउन सकिन्छ ।’
बिहीबार पनि खोजियो मिठाइ
बुधबार मिठाइ चाखेका केन्द्रीय सदस्यले बिहीबारको बैठकमा कसैले मिठाइ बाँडे कि भनेर खोजी गरेको एक केन्द्रीय सदस्य बताउँछन् ।
‘अघिल्लो दिन त मिठाइ चाखिएको थियो । बिहीबार पनि कसैले मिठाइ बाँड्छन् कि भनेर केन्द्रीय सदस्यहरूले खाजा खाने बेलामा रमाइलो कुराकानी गरेको सुनेको थिएँ,’ ती केन्द्रीय सदस्यले भने ।
भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...
जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो । जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...
शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए । सोमवार अपरान्ह उनको शव लिएर मलामी...
सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...
‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर– १९ बिजौरीका २२ वर्षीय युवक प्रतीक पुनमाथि परिवारको ठूलो जिम्मेवारी थियो । दुवै मिर्गौला फेल भएर बाबा ताराप्रसाद पुनको एक वर्षअघि मृत्यु भएपछि लागेको ...
आजदेखि पितृपक्ष अर्थात् सोह्र श्राद्ध प्रारम्भ भएको छ । हरेक वर्ष आश्विन कृष्ण प्रतिपदादेखि औंसीसम्मलाई पितृपक्ष भनिन्छ । यस पक्षमा सनातन धर्मावलम्बीहरू पितृहरूलाई पिण्डपानी दिएर सन्तुष्ट पार्ने प्रयास गर्छन्, जस...
विपिन गौतम वर्षायाम सकिने समय आयो । यस वर्ष प्राकृतिक प्रकोपबाट नेपाल, भारत, चीन, भियतनामलगायत देशका सडकमा विभिन्न समस्या देखिएका समाचार आए । नेपालका सडक बर्सेनि बाढीपहिरोका कारण लथालिङ्ग अवस्थाम...
केही वर्ष अघिको कुरा हो । एक ग्रामीण क्षेत्रमा चल्ने मोटरबाटो नजिक सानो चोक थियो । बाटो ठूलो थियो, नजिकैको बस्ती पनि ठूलैमा पथ्र्यो । बस्तीका मानिस त्यस क्षेत्रमा चल्ने यातायातका साधनमा चढ्ने र ओर्लने का...