×

नयाँ मन्त्रिपरिषद्को गृहकार्य

​मन्त्रीको मापदण्ड बनाउँदै कांग्रेस–एमाले, राम्रो कार्यसम्पादन गर्नसक्ने अनुहार प्राथमिकतामा

काठमाडाैं | असार २६, २०८१

नयाँ सत्ता समीकरणमा मिलेर अगाडि बढ्ने समझदारी गरेका नेपाली कांग्रेस र नेकपा एमालेले मन्त्री चयनको लागि विभिन्न मापदण्ड तय गरेका छन् । देशमा अस्थिरता र अराजकता मौलाएको भन्दै नागरिकलाई डेलिभरी दिने र संविधान शंसोधनसम्म गर्ने दाबीसहित उनीहरू नयाँ सरकार गठनको तयारीमा छन् ।

नागरिकमा चरम निराशा रहेको भन्दै दुवै दलभित्र प्रभावकारी रूपमा कार्यसम्पादन गर्न सक्ने अनुहारलाई यसपटक मन्त्री बनाउनुपर्ने दबाब बढेको छ ।


Advertisment

एमाले अध्यक्ष केपी शर्मा ओलीले साना दलको अस्थिरताविरुद्ध कांग्रेस र एमाले मिल्न लागेकाले यसपटक नतिजा आउने गरी काम गर्नुपर्ने बताएका छन् ।


Advertisment

बुधबार च्यासलस्थित केन्द्रीय कार्यालयमा बसेको सचिवालयको बैठकमा बिफ्रिङ गर्दै ओलीले दुई दलले बराबरीको हैसियतमा सरकारमा सहभागिता जनाउने जानकारी दिए । तर यसपटकको सरकारले आर्थिक सुधार गर्ने, उद्यम गर्न चाहनेको गुमेको आत्मविश्वास फर्काउने उनले बताएका छन् ।

‘हामीले राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेनौं भने आयात बढिरहने, निर्यात हुँदै नहुने हुन्छ । व्यापार घाटा त हाम्रो सधैंको समस्या हो,’ ओलीले भने, ‘यसैले उद्यमशीलता व्यावसायिकता, यान्त्रीकीकरणमा जोड दिने, आधुनिकीकरण लाग्नुको विकल्प हामीसँग छैन ।’ 

यद्यपि मन्त्रालयमा भागबन्डा मिलिनसकेको उनले बताए ।

‘मन्त्रालयको भागबन्डा पनि भइसकेको छैन । को–को सरकारमा सामेल हुने भन्ने निर्णय पनि पुगिसकेका छैनौं,’ ओलीले भने, ‘कांग्रेस र एमाले बराबरीको हैसियतमा सहमति गर्छन् । अन्य दलको स्ट्रेन्थको आधारमा पार्टीलाई मन्त्रालय निर्धारण गरिन्छ ।’

एमालेले यसपटक प्रभावकारी काम गर्न सक्ने सांसदलाई मन्त्री बनाउने तयारी गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । 

उनका अनुसार यस अघि मन्त्री, सांसद र नेताका रूपमा गरेका कार्यसम्पादनलाई मुख्य आधार मानिनेछ । राम्रो काम गरेको भए दोहोरिने अन्यथा केही नयाँ अनुहारलाई मन्त्रीमा ल्याउने तयारी एमालेको छ ।

ज्ञवालीले केही अनौपचारिक छलफल भए पनि प्रधानमन्त्रीले विश्वासको मत लिने प्रक्रिया सकिएपछि एजेन्डा राखेरै छलफलमा जुट्ने जानकारी दिए ।

‘अहिले नै हामीले मन्त्रीका लागि कुनै तोकेरै मापदण्ड बनाइसकेका छैनौं । तर राम्रो कार्यम्पादन गर्न सक्ने, यस अघि सरकार, संसद् र पार्टीमा भूमिकामा रहँदा क्षमता देखाउनेलाई मन्त्री चयन गर्नुपर्छ भन्नेमा छौं,’ ज्ञवालीले लोकान्तरसँग भने, ‘यो पटक हामीले अस्थिरताविरुद्धको सरकार गठन भनेका छौं । यसैले यही ढंगले भूमिका निर्वाह गर्न सक्ने नेतालाई मन्त्री बनाउँछौं ।’ 

कांग्रेसमा पनि महामन्त्री गगन थापाले खुलेरै यसपटक नयाँलाई अवसर दिनुपर्ने र पुरानालाई घरमै राख्नुपर्ने बताएका छन् । यस अघि प्रतिनिधित्व नभएका दलित, मधेश र थारू समुदायलाई समेटेर समावेशिता पनि कायम गर्नुपर्ने थापाले बताए ।

कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय 'डिना'ले पनि धेरैपटक मन्त्री भएकालाई नदोहोर्‍याउने, नयाँ र यस अघि प्रभावकारी काम गरेकालाई मन्त्री बनाउन पार्टीमा दबाब भएको जानकारी दिइन् ।

‘सबै नयाँ अनुहार नहुनुहोला । यस अघि राम्रो कार्यसम्पादन गरेका र राम्रो काम गर्न सक्नेलाई ल्याएर जनतामा विश्वास जागृत गराउनुपर्छ भन्ने माग छ,’ डिनाले लोकान्तरसँग भनिन्, ‘यसपटकको सरकार अघिपछिको जस्तो होइन । केही नतिजा दिन्छौं भनेर बाचा गरेपछि काम गर्न सक्नेलाई मन्त्री बनाउनुपर्ने आवाज उठेको छ ।’

तर समावेशिता, भूगोल र गुटको सन्तुलन मिलाउने नाममा नेताहरूले पटक-पटक अवसर पाएकालाई पनि यसपटक फेरि तान्ने सम्भावना उत्तिकै छ । 

null

असार १७ गते कांग्रेस र एमालेबीच नयाँ सत्ता समीकरण बनाउने समझदारी भएको छ । समझदारीअनुसार पहिलो दुई वर्ष एमाले अध्यक्ष केपी ओलीले सरकारको नेतृत्व गर्नेछन् । त्यसपछिको डेढ वर्ष कांग्रेस सभापति शेरबहादुर देउवाले चुनावी सरकारको नेतृत्व गर्नेछन् ।

कांग्रेस र एमालेबीच मन्त्रालय आधा–आधा भागबन्डा  गर्ने समझदारी पनि भएको छ । अर्थ एमाले र गृह मन्त्रालय कांग्रेसले लिने समझदारी भएको नेताहरूले बताएका छन् ।

मन्त्रालयको संख्यामा विवाद नभए पनि साना दल पनि सहभागी हुन खोजेकाले दुवैको १/२ मन्त्री कटौती हुनेछ । विवाद सिर्जना नगरी यसपटक दुवै दलको तर्फबाट एकैपटक मन्त्री टुंग्याएर शपथ गराउने तयारीमा पनि भइरहेको एक नेताले जानकारी दिए । 

अस्थिरताविरुद्ध कांग्रेससँग मिलेको दाबी

एमाले अध्यक्ष ओलीले केन्द्रदेखि प्रदेशसम्मै अस्थिरता निम्त्याउने काम भएकाले यसपटक कांग्रेस र एमाले मिल्न लागेको बताएका छन् । बुधबार पार्टीको सचिवालय बैठकमा ओलीले नागरिकमा देखिएको निराशा चिर्न, अर्थतन्त्रलाई ट्रयाकमा ल्याउन पनि दुई दल मिल्नुपर्ने अवस्था आएको बताएका छन् । अबको सरकार राष्ट्रिय हित, समृद्ध नेपाल र सुखी नेपाली बनाउने दिशामा अघि बढ्ने बताए । 

‘प्रदेशमा महिनैपिच्छो सरकार फेरिने भयो । चार सिटलाई मुख्यमन्त्री चाहिने भयो । बार्गेनिङ धेरै भयो । निजी र दलगत स्वार्थलाई केन्द्रमा राख्ने, जनताको कामलाई केन्द्रमा राख्ने काम भएन,’ ओलीले बैठकमा भने, ‘देश अस्थिरतामा । स्वार्थ अग्रभागमा रह्यो । यसैले राष्ट्रिय हित, एमाले र नेपाली कांग्रेस मिलेर अन्योल, अस्थिरता चिर्न लागेका हौं ।’

समयअनुसार परिमार्जित र परिवर्तित गर्दै जानुपर्ने भन्दै संविधान शंसोधनको पक्षमा उभिएको पनि ओलीले प्रस्ट्याएका छन् ।

‘संविधानलाई व्यवहारिक बनाउनुपर्ने हो । तर असफल बनाउने काम भए । संविधान गतिशील हुनुपर्छ । समाजको पथप्रदर्शक हो । यसको समयानुकूल परिमार्जित, परिवर्तित गर्दै जानुपर्छ भनेर शंसोधन भनेका हौं,’ ओलीले भने, ‘संविधानमा परिमार्जन र सुधार आवश्यक छ । तर यो–यो बुँदामा भनेर निष्कर्षका पुगेका छैनौं । आयोग बनाउने कुरा पनि भइसकेको छैन ।’

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x