×

माओवादी संसदीय दलमा प्रचण्डले भने– केपी ओलीबाट छल भयो

काठमाडाैं | असार २६, २०८१

प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले एमाले अध्यक्ष केपी शर्मा ओलीले छल गरेको बताएका छन् ।

बुधबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकमा बिफ्रिङ गर्दै प्रचण्डले तीन घण्टा आफूसँग सकारात्मक कुरा गरे पनि कांग्रेससँग मिलेर छल गरेको बताएका हुन् ।


Advertisment

दलको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै माओवादीका मुख्य सचेतक हितराज पाण्डेले ओलीबाट छलमा परेको बताएको जानकारी दिए । 


Advertisment

‘ओलीजी र मबीच असार १७ गते तीन घण्टा कुराकानी हुँदा सकारात्मक ढंगले अगाडि बढ्ने, सरकारलाई पनि सहमतिमा अगाडि बढाउने समझदारी भएको थियो । यतिमात्रै होइन ओलीजीले कांग्रेससँग दस्तखत गरिसकेपछि पनि मसँग भेट गर्दै कांग्रेससँग सामान्य कुराकानी मात्रै भएको भन्नुभएको थियो,’ बैठकमा प्रचण्डको भनाइ उद्धृत गर्दै पाण्डेले भने, ‘त्यसपछि केपी ओलीजीले ३ जना नेता बसौं पनि भन्नुभयो । र मैंले ओलीजी यसो भन्दै हुनुहुन्छ भनेर के भएको हो देउवालाई सोध्दा उहाँले सहमतिमा हस्ताक्षर भइसक्यो । सरी भन्नुभयो । तर ओलीले ढाँट छल गर्नुभयो ।’

आफूले वाम शक्तिहरू मिलेर अगाडि बढ्ने वातावरण बनाए पनि ओलीले षडयन्त्र गरेको प्रचण्डले बैठकमा बताएका थिए ।

ओलीको यस्तो खेल्ने शैलीले उनैलाई घाटा पुर्‍याउने माओवादीको भनाइ छ । 

माओवादीको बैठकले असार २८ गते प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ ।

मंसिर १६, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा सांसद डा. चन्द्र भण्डारीले पार्टी सभापति शेरबहादुर देउवाले अब नेतृत्व छाड्नुपर्ने बताएका छन् । पार्टीको लुम्बिनी प्रदेश सम्मेलनमा शनिवार बोल्दै भण्डारीले देउवाले अब...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

मंसिर २४, २०८०

 नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफ्नो समूहको बैठक बोलाएका छन् । आगामी महासमिति बैठकसहितका विषयमा छलफल गर्न कोइरालाले आगामी मंगलवार समूहको बैठक बोलाएका नेता डा. गोविन्दर...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

पुस १०, २०८०

मोहन वैद्यले नेतृत्व गरेको नेकपा (माओवादी क्रान्तिकारी)ले गरेको लालमार्च तथा सभामा कुर्सी हानाहान भएको छ । क्रान्तिकारीले १३१ औं माओ दिवसका अवसरमा काठमाडौंको शान्ति वाटिकामा गरेको मार्चपासमा कुर्सी हानाहान...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x