×

सहकारी ठगी प्रकरण

आइडियल यमुनाका अध्यक्ष उप्रेतीको बदमासी : समस्याग्रस्त हुन थालेपछि अन्यसँग मर्ज, ८ अर्ब अपचलन

काठमाडाैं | असार २६, २०८१

बचतकर्ताको करिब ८ अर्ब रुपैयाँ अपचलन गरेको आरोपमा आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारीका अध्यक्ष उप्रेती प्रहरी हिरासतमा छन् ।

राष्ट्रिय सहकारी बैंकका अध्यक्षसमेत रहेका उप्रेतीले झण्डै ५४ हजार बचतकर्ताको रकम फिर्ता गरेका छैनन् ।​


Advertisment

बचतकर्ताकै उजुरीका आधारमा प्रहरीले गत बुधबार उप्रेतीलाई नियन्त्रणमा लिएको थियो । उनी अहिले प्रहरी वृत्त महाराजगन्जको हिरासतमा छन् ।


Advertisment

विगत दुई दशकदेखि सहकारीका बेथितिलाई बाहिर आउनबाट रोकेका उप्रतीले चलाखीपूर्ण तबरबाट अन्य पाँच वटा सहकारीलाई मर्जरमार्फत आफ्नो ठगी धन्दालाई मूर्तरूप दिएको पाइएको छ ।​

उप्रेती हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारीका अध्यक्ष थिए ।

सहकारी बैंकको समेत अध्यक्ष रहेका उनले सगरमाथासँगै अन्य सहकारीहरू क्रमशः  आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड, तपाईँ हाम्रो बहुउद्देश्यीय सहकारी, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी र घेदुङ बहुउद्देश्यीय सहकारीलाई मर्ज गराएर हाम्रो अइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड बनाएका हुन् ।

२०७९ फागुन २७ गते यी सहकारीहरू मर्ज गर्ने निर्णय गरिएको थियो ।​

सुकेधारामा केन्द्रीय कार्यालय रहेको सहकारीमा ५४ हजार जनाले बचत गरेका छन् ।

५५ वटा सेवा केन्द्र रहेको सहकारीमा कुल बचत ८ अर्ब १८ करोड रुपैयाँ रहेको पाइएको छ । तर कर्जा भने ९ अर्ब देखाइएको छ । यो सहकारीको कुल सम्पत्ति भने एक अर्ब मात्रै देखिन्छ ।​

महाराजगन्ज प्रहरी वृत्तले उप्रेतीसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

प्रहरीले आइडियल यमुना हाम्रो बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका उपाध्यक्ष मनोजकुमार थापामगर, सचिव कुयाङछुयाङ दोर्जे लामा, कोषाध्यक्ष प्रजुलकुमार गुरुङका साथै सदस्यहरू प्रकाशमान शाही खड्गी, श्रवणकुमार राई, गोपीनाथ घिमिरे, महितकुमार तामाङविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

यस्तै लेखा सुपरीवेक्षक समितिको संयोजक कुमारसिंह घिसिङ, लेखा समिति सदस्य बद्री महत, लेखा समिति सदस्य रामप्रसाद श्रेष्ठसहित १२ जनाविरुद्ध पनि पक्राउ पुर्जी जारी भएको छ । उनीहरू अहिले फरार छन् । 

प्रहरीमा हालसम्म २३२ जनाले नौ करोड २६ लाख नौ हजार ६ सय ६४ रुपैयाँ बराबरको बिगो दाबीसहित उजुरी दिएका छन् । उजुरी आउनेक्रम जारी रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।

बचतकर्तालाई आकर्षक ब्याज दिने भनि प्रलोभनमा पारी सहकारी संस्थामा खाता सञ्चालन गर्न लगाएर उनीहरूले रकम अपचलन गरेको भनाइ पीडितहरूको छ ।

यो सहकारी संस्थाले ठूलो रकम घरजग्गालगायत क्षेत्रमा लगानी गरेको र अहिले त्यो क्षेत्रमा समस्या भएपछि कर्जा असुली हुन नसकेको बयान उप्रतीले प्रहरीमा दिएका छन् ।

अनुसन्धानमा संलग्न प्रहरी अधिकारीका अनुसार उप्रेती झन्डै २१ वर्षदेखि लगातार राष्ट्रिय सहकारी बैंकको नेतृत्वमा छन् । उनले राष्ट्रिय सहकारी महासंघमा समेत लेखा सुपरीवेक्षण समितिको संयोजक रहेर काम गरेका थिए ।

नेकपा एमालेको सहकारी तथा गरिबी निवारण विभागमा समेत उनले काम गरेका छन् । उप्रेतीको सहकारीमा समस्या आएपछि एमालेले उनलाई जिम्मेवारीबाट हटाएको थियो ।​

उप्रेतीले आफू सञ्चालक रहेको हाम्रो सगरमाथा सहकारी समस्याग्रस्त हुन लागेपछि अन्य सहकारीसँग मर्ज गरेको आशंका प्रहरीको छ ।

‘उपचारका लागि भन्दै भारत गएको भनेर ढाँटेका उप्रेतीलाई बालाजुबाट नियन्त्रणमा लिइएको हो,’ परिसरका प्रवक्ता एसपी अधिकारीले लोकान्तरसँग भने, ‘पीडितहरूको जाहेरी आउनेक्रम जारी छ । हामी अनुसन्धानमै छौं ।’

महाराजगन्जले शुरू गरेको अनुसन्धान फाइल परिसर झिकाएर प्रहरीले अनुसन्धान गरिरहेको छ ।

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

जेठ ५, २०८१

काठमाडौं गोदावरीकी लक्ष्मी (नाम परिवर्तन) राहत शिक्षकको कोटामा सिन्धुपाल्चोकस्थित एक सरकारी विद्यालय पढाउन पुगिन् । उनले ‘होम ट्युसन’ पनि पढाउँथिन् । कक्षा १० मा पढिरहेका राजु (नाम परिवर्तन)&nb...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक १७, २०८०

 काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ‘कल गर्ल’ चाहिएमा उपलब्ध गराइदिने भनी ठगी गर्ने दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।  सामाजिक सञ्जालबाट ‘कल गर्ल’ उपल...

कात्तिक २२, २०८०

पाल्पामा १९ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा गुल्मीको इस्मा गाउँपालिका ६ का २६ वर्षीय जिज्ञाश दाहाल रहेका छन् । उनलाई मंगलवार साँझ पक्राउ गरिएको प्रहरीले जनाएको...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x