×

दोहोरो पासपोर्ट र सहकारी ठगीमा रविमाथि उच्चस्तरीय छानबिन हुनुपर्छः मुकुल ढकाल

काठमाडाैं | असार २६, २०८१

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले कारबाही गरेका महामन्त्री डा. मुकुल ढकालले दोहोरो पासपोर्ट र सहकारी ठगीमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि उच्चस्तरीय छानबिन गर्नुपर्ने बताएका छन् । 

सर्वोच्च अदालतले 'छानबिन गर्नू' भनिसकेको अवस्थामा रास्वपाले पनि उनीमाथि छानबिन गर्नुपर्ने ढकालको भनाइ थियो । बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै ढकालले सर्वोच्च अदालतले छानबिन गर्न आदेश दिइसकेको अवस्थामा संसदीय छानबिन समितिले मात्र नपुग्ने बताएका हुन् ।


Advertisment

‘हिजोको दिनसम्म केही जाहेरी/उजुरी परेको छैन भन्ने स्वीकार गरेका थियौंसर्वोच्चले नै छानबिन गर्न भनेपछि पार्टी भित्रबाट पनि छानबिन गर्ने कि नगर्ने ? फैसलाअनुसार पार्टी भित्रबाट छानबिन गर्नुपर्छ,’ ढकालले भने, ‘दोहोरो पासपोर्टको सवालमा पनि स्वतन्त्र छानबिन गर्नुपर्छ । यसका लागि उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्छ ।’ 


Advertisment

रवि लामिछानेको दोहोरो पासपोर्ट सम्बन्धमा महान्यायाधिवक्ता दीनमणि पोखरेलले मुद्दा नचल्ने निर्णय गराएका थिए । सोविरुद्ध परेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ । 

महामन्त्री ढकालले देउवाको सरकार बन्ने आशमा लामिछानेले सरकार नछाडेको आरोप लगाएका हुन् । ‘आजको रविलाई प्रचण्डको शैली मन पर्छ, देउवाको सरकार बन्ला र टाँसिन पाइएला कि भनेर सरकार छाड्नु भएको छैन । प्रचण्डको शैली मन पर्नेलाई मुकुलको नपर्न सक्छ,’ ढकालले भने । 

उनले रास्वपा पार्टीभन्दा रवि लामिछाने क्लबमा परिणत भएको बताएका हुन् । ‘पार्टीलाई क्लब र रवि लामिछाने क्लबमा हाइज्याक भएको छ । रवि लामिछाने क्लबबाट निस्कासन भएको हुँ, कानूनी रूपमा पार्टी महामन्त्री म नै छु,’ ढकालले भने ।

कात्तिक १८, २०८०

जाजरकोटको रामीडाँडालाई केन्द्रबिन्दु बनाएर गएराति गएको ६.४ म्याग्निच्यूडको भूकम्पका कारण धनजनको ठूलो क्षति भएको छ । नेपाल प्रहरीले दिएको तथ्यांकअनुसार १२९ जनाको मृत्यु भइसकेको छ भने १४० जना घाइते छन् ।...

कात्तिक १८, २०८०

भूकम्पमा परेर रुकुम पश्चिमबाट उद्धार गरी काठमाडौं ल्याइएकी ६३ वर्षीया वृद्धा बली बुढाथोकीले आफूले नसोचेको घटना भोग्नु परेको बताएकी छिन् । उपचारका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा ल्याइएकी बुढाथोकीले आफू ...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक १८, २०८०

जाजरकोट केन्द्रबिन्दु भएर गएको शक्तिशाली भूकम्पमा परी कम्तिमा ११९ जनाको मृत्यु भएको छ । जाजरकोट र रुकुम पश्चिमका विभिन्न स्थानमा भूकम्पमा परेर उक्त मानवीय क्षति भएको हो ।  जिल्ला प्रहरी कार्यालय जाजरकोटका ...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x