×

एमाले सचिवालय बैठक

अस्थिरता र अराजकता बढेपछि कांग्रेस-एमाले मिल्नुपर्‍यो : ओली

काठमाडाैं | असार २६, २०८१

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश अस्थिरतामा जान थालेकाले कांग्रेस र एमाले मिल्नुपरेको बताएका छन् ।

सचिवालय बैठकमा बिफ्रिङ गर्दै ओलीले देश अस्थिरतामा जानबाट रोक्न, राष्ट्रिय हितका लागि कांग्रेस एमाले एक ठाउँमा उभिएको बताएका हुन् । 


Advertisment

राष्ट्रिय हित, समृद्ध नेपाल र सुखी नेपाली बनाउने दिशामा दुई दल मिल्ने र संविधान शंसोधन पनि गर्ने उनले प्रस्ट्याए ।


Advertisment

‘प्रदेशमा महिनैपिच्छो सरकार फेरिने भयो । चार सिटलाई मुखमन्त्री चाहिने भयो । बार्गेनिङ धेरै भयो । निजी र दलगत स्वार्थलाई केन्द्रमा राख्ने, जनताको कामलाई केन्द्रमा राख्ने काम भएन,’ ओलीले बैठकमा भने, ‘देश अस्थिरतामा । स्वार्थ अग्रभागमा रह्यो । यसैले राष्ट्रिय हित, एमाले र नेपाली कांग्रेस मिलेर अन्योल, अस्थिरता चिर्न लागेका हुन् ।’

समय अनुसार परिमार्जित र परिवर्तित गर्दै जानुपर्ने भन्दै संविधान संसोधनको पक्षमा उभिएको पनि ओलीले प्रस्ट्याएका छन् । 

‘संविधानलाई व्यवहारिक बनाउनुपर्ने हो । तर असफल बनाउने काम भए । संविधान गतिशील हुनुपर्छ । समाजको पथप्रदर्शक हो । यसको समयानुकूल परिमार्जित, परिवर्तित गर्दै जानुपर्छ भनेर शंसोधन भनेका हौं,’ ओलीले भने, ‘संविधानमा परिमार्जन र सुधार आवश्यक छ । तर यो–यो बुँदामा भनेर निष्कर्षका पुगेका छैनौं । आयोग बनाउने कुरा पनि भइसकेको छैन ।’

शंसोधनमा सैद्धान्तिक सहमति भएकोले डिटेलमा पछि जाने उनले बताए । संघीयतालाई सफल बनाउने दिशामा अग्रसर हुने उनको भनाइ थियो ।

ओलीले दुई दलबीच नयाँ समीकरण बनाउने समझदारी भए पनि मन्त्रालयबारे निर्णय हुन बाँकी रहेको बताए । तर दुवै दलको हिस्सा बराबरी हुने उनले प्रस्ट्याए । 

‘मन्त्रालयको भागबन्डा पनि भइसकेको छैन । को–को सरकारमा सामेल हुने भन्ने निर्णय पनि पुगिसकेका छैनौं,’ ओलीले भने, ‘कांग्रेस र एमाले बराबरीको हैसियतमा सहमति गर्छन् । स्ट्रेन्थको आधारमा पार्टीलाई मन्त्रालय निर्धारण गरिन्छ ।’

ओलीले अब बन्ने सरकारले अर्थतन्त्रका समस्यालाई पार लगाउन खोजेको पनि बताए । 

‘हामीले राष्ट्रिय उत्पादन वृद्धि गर्न सकेनौं भने आयात बढिरहने । निर्यात हुँदै नहुने हुन्छ । व्यापार घाटा त हाम्रो सधैंको समस्या हो,’ ओलीले भने, ‘यसैले उद्यमशीलता व्यावसायिकता, यान्त्रीकीकरणमा जोड दिने, आधुनिकीकरण लाग्नुको विकल्प हामीसँग छैन ।’ 

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

मंसिर १५, २०८०

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. चन्द्र भण्डारीले समस्त कांग्रेसजन र नेपाली जनताले डा. शेखर कोइरालालाई एक पटक कांग्रेस सभापति भएको हेर्न चाहेको बताएका छन् । कोइराला वर्तमान र भविष्य हेर्न सक्ने नेता भएको उ...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x