×

प्रमुख सत्ता साझेदार नेकपा (एमाले)ले साथ छोडेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई दिनपछि (असार २८) प्रतिनिधि सभामा विश्वासको मतको सामना गर्दैछन् । ‘विश्वासको मत नपाउने जान्दाजान्दै' नेकपा (माओवादी केन्द्र)का अध्यक्षसमेत रहेका प्रचण्ड संसद् फेस गर्ने अड्डी लिएर बसेका छन् । 

‘स्वास रहेसम्म आश रहन्छ’ भन्ने मनोविज्ञानबाट ग्रसित उनी नयाँ सरकार गठनका लागि संविधानको धारा ७६ (३) मा धकेल्न चाहन्छन् । कथम् कदाचित यसो हुँदा संसद्को सबैभन्दा ठूलो दल नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने बाटो खुल्ने छ । जसबाट कांग्रेस–एमालेबीच भएको सहमति भङ्ग हुने र धारा ७६ (२) अनुसार एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री योजना तुहिने उनको विश्वास छ । प्रचण्ड र माओवादीको अहिलेको अन्तिम राजनीतिक दाउपेच यही हो । 


Advertisment

चार महिनाअघि गत फागुन तेस्रो साता प्रचण्डले कांग्रेसको साथ छोडेर एमालेसहित दलहरूसँग सत्ता समीकरण गर्दा जुन परिकल्पना गरेका थिए, त्यसको ठीकविपरीत राजनीतिक समीकरण बदलिएको छ । राजनीतिक मौसम बदल्न सक्ने प्रचण्ड आफैंमा चुप लागेर बस्न सक्ने व्यक्ति होइनन् । फागुनको तेस्रो साता प्रचण्डले जुन उद्देश्यका साथ ‘राजनीतिक प्लट’ उनकै शब्दमा उथलपुथल गरे त्यो उनैका लागि अभिशाप सिद्ध बन्यो । 


Advertisment

फागुनमा प्रचण्डले तयार गरेको ‘प्लट’ आफ्नो पद लम्ब्याउन मात्रै थियो । अन्य सन्दर्भ निमित्त कारक मात्रै थिए । फेरि पछिल्लो पटक समीकरण बदल्ने कसरत गर्दा प्रचण्ड राजनीतिक रूपमा चिप्लिन पुगेका छन् । 

प्रचण्डको नेतृत्व स्वीकार्न एमाले सहजै तयार भएको थिएन ।  दीर्घकालीन उद्देश्य प्राप्तिका निम्ति एमाले प्रचण्ड सरकारमा सामेल भएको थियो । सोही अनुरूप एमालेले कुनै महत्वपूर्ण मन्त्रालयसमेत नलिई प्रचण्ड नेतृत्व सरकारलाई सहयोग गरिरहेको थियो । ‘मिसन–२०८४’को योजनामा निरन्तर रहेको एमालेले प्रचण्ड सरकारलाई सफल बनाउन उद्दत देखिनुमा ‘वाम एकता’का लागि कार्यकर्ताको मनोविज्ञान उच्च गराउनु थियो ।

एमालेले प्रचण्ड सरकारलाई यति सहज वातावरण दिएको थियो कि नीति तथा कार्यक्रम र बजेटजस्ता महत्वपूर्ण योजना तर्जुमामा समेत आँखा चिम्लेको थियो । माओवादीको एकलौटी रूपमा बजेट भाषण आएपछि एमाले अध्यक्ष ओलीले गुनासो पोखेका थिए । जुन गुनासोले सत्ता समीकरण फेरबदल हुने संकेत गरेको थियो । 

प्रधानमन्त्री प्रचण्ड नवनिर्वाचित भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथ समारोहमा सामेल हुन नयाँ दिल्ली पुगे । नयाँ दिल्लीबाट फर्किएपछि प्रचण्डको स्वभावमा बदली आएको देखिन्छ । कांग्रेस र एमालेलाई सधैं प्रयोग गर्न सकिन्छ भन्ने ध्याउन्नमा रहेका प्रचण्डले त्यही सूत्र प्रयोगमा ल्याउन प्रयास गरे । उनले चार महिनाअघि छोडेको कांग्रेसलाई सत्तामा लिएर एमालेलाई सरकारबाट हटाउन अर्को तानाबाना बुन्न थाले । जसका लागि कांग्रेससँग सम्बन्धलाई पुर्नस्थापित गर्न राष्ट्रिय सभाका अध्यक्ष तथा भाइ नारायण दाहाल सूत्रधार बने । 

बूढानीलकण्ठ स्रोतका अनुसार नारायण दाहाल प्रचण्डको सन्देश लिएर चारपटक कांग्रेस सभापति शेरबहादुर देउवा निवास पुगेका थिए । सत्तामा सहभागी हुन देउवालाई पुनः प्रस्ताव लिएर गएका प्रचण्डका दूत नारायण दाहाल रित्तो हात फर्किए । राष्ट्रिय सभाका अध्यक्ष नारायण रित्तो हात फर्किएपछि त्यो गोप्य भेटघाट सार्वजनिक भयो । प्रचण्डको भित्री योजना बाहिरिएपछि देउवा–ओलीबीच नयाँ समीकरण बन्ने मुख्य आधार बन्यो । 

तर, माओवादी र रास्वपाले ‘ठूला फाइल खोल्न लागिएको, नक्कली भुटानी शरणार्थीमा संलग्न व्यक्ति पक्राउ’जस्ता कारण कांग्रेस–एमाले समीकरण बनेको भन्ने एजेन्डा स्थापित गर्न खोजेको देखिन्छ । त्यसैको परिणामस्वरूप गोजीमा राजीनामा बोकेका रास्वपाका मन्त्री प्रचण्ड सरकारमै अडिएका छन् । 

रास्वपालाई लागेको होला ‘ठूला फाइल खोलेका कारण’ कांग्रेस–एमाले नयाँ समीकरण बन्यो । जुन कुरा माओवादीले स्थापित गर्न खोजेको छ । रास्वपाले पनि त्यसैमा लय मिलाउनु माओवादीसँग ‘सती’ जानुबाहेक अरु केही हुँदैन । ‘ठूला फाइल खोलिने डर’बाट कांग्रेस–एमालेबीचको नयाँ समीकरण भनेर आफ्ना सभापति रवि लामिछानेलाई सहकारी बचत रकम अपचलन काण्डबाट मुक्त गर्न सकिन्छ भन्नेतिर मात्रै रास्वपाको ध्यान गएको देखिन्छ ।

माओवादीको ‘आत्मरति र आत्मगौरव’
परिवर्तनको एजेन्डा आफ्ना कारण आएको हो भन्ने ‘आत्मरति र आत्मगौरव’मा  देखिन्छ माओवादी । धर्म निरपेक्ष, समावेशिता, समानुपातिक प्रणाली माओवादीले आफ्नो एजेन्डा भन्दै आएको छ । यी प्राप्त उपलब्धिलाई समाप्त पार्न कांग्रेस–एमालेबीचको समीकरण भएको भन्ने माओवादीको तर्कले खासै अर्थ राख्दैन । 

संविधान संशोधनको बुँदालाई लिएर माओवादीले ‘प्राप्त उपलब्धि’ समाप्त पार्न खोजेको भन्ने भाष्य स्थापित गर्न खोजेको छ । कांग्रेस र एमालेलाई यो डेढ वर्षमा माओवादीले जुन ढंगले ‘प्रयोग’ गर्‍यो त्यसलाई उनीहरूले राम्ररी बुझे । माओवादीलाई बुझ्ने क्रममा पछिल्लोपटक कांग्रेस, एमालेको ‘स्वार्थ’ एक ठाउँमा आइपुगेको मात्रै हो । 

सरकारको आयु लम्ब्याउन प्रचण्डले शुरू गरेको पछिल्लो योजनालाई कांग्रेस, एमालेले सफल हुन दिएनन् । सरकारको नेतृत्व तेस्रो दल माओवादीले गरे पनि कुनै पनि समय ठूलो दल कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओलीले गर्ने छर्लङ्गै थियो । पछिल्लोपटक कांग्रेस–एमाले समीकरणमा पनि ओली–देउवाको कार्यकाल आधाआधा भनेरै सहमति गरिएको छ ।

राजनीतिक रूपमा हुने यस्ता सहमतिहरू कतिपय बेला हुबहु कार्यान्वयन हुन्छन् भन्ने निश्चित हुँदैन । जसको उदाहरण अहिले कांग्रेस–एमाले समीकरणपछि ओली र देउवा आलोपालो प्रधानमन्त्री भन्ने सहमतिले देखाएको छ । एमाले अध्यक्ष ओली १५ महिनापछि प्रधानमन्त्री बन्ने भनेर माओवादीसँग राजनीतिक सहमति थियो । तर, कांग्रेससँग अर्को समीकरण बन्दा तत्कालै सरकारको नेतृत्व हुने भयो । यो सवालमा एमाले नेतृत्व ‘दुई स्टेप’को रणनीतिमा सफल भएको देखिन्छ । पहिलो कांग्रेस–माओवादी गठबन्धन फुटाउने, जुन फागुनमा सफल भयो । दोस्रो सरकार नेतृत्व तत्कालै गर्ने र कांग्रेस–माओवादी गठबन्धनलाई पुनः जोडिन नदिने ।

माओवादीले अर्को चाल चालेको छ, धारा ७६ (३) अनुसार देउवालाई प्रधानमन्त्री बनाउन सकिन्छ कि भन्ने । माओवादीले आफ्नो अन्तिम चालका रूपमा विश्वासको मत सामना गर्दैछ । माओवादीको चाल सफल हुने अवस्था छैन । माओवादीले तत्कालै प्रधानमन्त्री बन्न देउवालाई गरेको प्रस्तावमा उनको रुचि नदेखिनुले देउवा–ओलीबीच भएको सहमति अनुसार ७६ (२) बाटै ओली प्रधानमन्त्री बन्छन् भन्ने बलियो आधार हो । तत्कालै प्रधानमन्त्री बन्ने विषयभन्दा पनि कति समयका लागि कोसँग सहकार्य बलियो बन्छ भन्ने विषयलाई मन्थन गरेरै देउवाले माओवादीको प्रस्तावलाई बेवास्ता गरेको देखिन्छ । 

तर, माओवादीले आफ्नो अनेक चालबाजी जारी राखेको छ । सत्ताबाट बाहिरिने पक्कापक्की भएपछि माओवादी ‘हेप्नोटाइज’ शैलीको राजनीति लिएर जनताबीच जाने घुइरो मनसायमा देखिन्छ । माओवादीको ‘हेप्नोटाइज’ शैलीबाट जनतामा गएर त्यस्तो ठूलो उत्साह जगाउन सक्छ भन्ने आधार केही देखिन्न । किनकि माओवादी जनमतको आधारमा प्रतिपक्ष बनेको होइन ।

जनमतबाट प्रतिपक्ष दल बनेको भए माओवादीमा एजेन्डालाई स्थापित गर्न सक्ने तागत रहन्थ्यो । माओवादीलाई जनमतले प्रतिपक्ष बनाएको अवस्था होइन । लामो समय सत्तामा रहेर अहिले मन नलागी–नलागी बाध्यताले प्रतिपक्षमा हुत्तिन लागेको मात्रै हो ।

माओवादीले जे जति एजेन्डा उठाए पनि ‘हिजो सत्तामा हुँदा किन नगरेको ?’ भनेर प्रश्न गर्ने जमात ठूलो हुने भएकाले पछिल्लो पटकका तर्कहरू ‘आत्मरति र आत्मगौरव’ मात्रै हुन् ।

असोज ३०, २०८०

आज ‘सबैका लागि मर्यादित जीवन’ को आदर्श वाक्यसाथ अन्तर्राष्ट्रिय गरिबी निवारण दिवस मनाइँदै छ । भोक, रोग, अभाव र आवश्यकता पूरा भएपछि मात्र मानवीय मर्यादा पाउन सकिन्छ । नेपालमा गरिबी र असमानताका विभि...

पुस ४, २०८०

डिसेम्बर पहिलो साता एनसेलको माउ कम्पनी आजियाटाले आफ्नो रेनोल्ड होल्डिङ्स यूकेको शतप्रतिशत स्वामित्व गैरआवासीय नेपाली सतिशलाल आचार्यको कम्पनी स्पेक्ट्रलाइट यूकेलाई बेच्न गरेको सम्झौताबारे समाचार बाहिरिएको झन्डै ३ हप्...

कात्तिक २४, २०८०

राजधानी काठमाडौंबाट कयौं सय माइल टाढा रहेका जाजरकोट र रुकुम पश्चिम यतिबेला भूकम्पले इतिहासकै सर्वाधिक पीडामा छन् । गोधूलि साँझसँगै ओठ काँप्ने जाडो शुरू हुन थाल्छ । आमाको मजेत्रोमा लपेटिएका बच्चाहरू चि...

पुस १९, २०८०

धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले राष्ट्रपति र प्रधानमन्त्रीको फोटो नगरपालिकाबाट हटाएको विषय अहिले निकै चर्चामा छ । २०५४ मा त्यही प्रकृतिको क्रियाकलाप गरेका थिए, लीला थापा मगरले । जिल्ला विकास समिति...

मंसिर ३, २०८०

मखमली फुल्दा, मार्सी धान झुल्दा बहिनी आउने छिन्,​ दैलाको तस्वीर छातीमा टाँसी आँसु बगाउने छिन् .....।  हाम्रो समयका चर्चित गायक नारायण रायमाझीको ‘नमुछे आमा दहीमा टीका’ बोलको गीत नि...

कात्तिक ३०, २०८०

कमेडी क्लब चलाउने मुन्द्रे उपनाम गरेका एकजना मान्छे छन्। एकै श्वासमा चारवटा प्रश्न सोध्न सक्ने क्षमता भएका जानेमाने पत्रकार ऋषि धमलाको कार्यक्रममा पुगेर तिनले भन्न भ्याए, 'यो टिकटकका कारण मान्छेहरू अल्छी भए, कुन...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x