×

पुटिनले मोदीलाई लगाइदिए ४०० वर्ष पुरानो पदक, २०१९ मै गरिएको थियो घोषणा

काठमाडाैं | असार २६, २०८१

रुस भ्रमणमा गएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले आफ्नो देशको सर्वोच्च नागरिक सम्मान ’सेन्ट एन्ड्रयू द अपोस्टल’ पदकले सम्मानित गरेका छन् । 

मंगलबार मस्कोस्थित क्रेमलिनको सेन्ट क्याथरिन हलमा पुटिनले मोदीलाई उक्त पदक लगाइदिएका हुन् । 


Advertisment

यो पदक सन् २०१९ मै मोदीलाई प्रदान गरिएको थियो । त्यतिबेलाको भ्रमणमा पदक घोषणा भएपनि वितरण सम्भव नभएकाले अहिले प्रदान गरिएको रुसी सञ्चारमाध्यमले जनाएका छन् । 


Advertisment

null

राष्ट्रपति पुटिनले रुस र भारतबीचको विशेषाधिकार प्राप्त रणनीतिक साझेदारी र दुई देशबीचको मैत्रीपूर्ण सम्बन्धको विकासमा विशेष योगदान पुर्याएको भन्दै प्रधानमन्त्री मोदीलाई उक्त पदक प्रदान गरेका हुन् ।

’हामीबीचको मित्रता र आपसी समझदारीलाई सुदृढ पार्न तपाईंले गरिरहनुभएको योगदानका लागि रुसको यो इमान्दार कृतज्ञताको साक्षी हो,’ पदक लगाइदिँदै पुटिनले भने, ’तपाईंले सधैँ हाम्रो देशसँग फराकिलो सम्बन्धको पक्षमा बोल्नुभएको छ ।’

पुटिनले भारत–रुस सम्बन्धलाई रणनीतिक साझेदारीको स्तरमा लैजान मोदीको भूमिका रहेको विषयलाई निकै महत्त्व दिएका थिए । उनले दुवै राष्ट्रले विश्वव्यापी र क्षेत्रीय सुरक्षाका लागि काम गरिरहेको पनि बताए ।

null

’तपाईं १० वर्षदेखि भारत सरकारको नेतृत्वमा हुनुहुन्छ । तपाईंले रुस–भारत सम्बन्धलाई विशेष र विशेषाधिकार प्राप्त रणनीतिक साझेदारीको स्तरमा लैजाने प्रयास गर्नुभएको छ,’ पदक दिने क्रममा पुटिनले थपे, ‘तपाईंको प्रत्यक्ष सहयोगमा रुस र भारतले ठूलो मात्रामा उच्च प्रविधि, अन्तरिक्ष अन्वेषण, आणविक साझेदारी र हाइड्रोकार्बन ऊर्जामा सहकार्य गरिरहेको छ ।’

मोदीलाई दिइएको यो पदक सन् १६९८ मा तत्कालीन राजा जार पिटर द ग्रेटले सेन्ट एन्ड्रयूको सम्मानमा स्थापना गरेका थिए । 

यो केवल सबैभन्दा उत्कृष्ट नागरिक वा सैन्य योग्यताका लागि वितरण गर्ने गरिएको छ । 

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

बैशाख २९, २०८१

असामान्यरूपमा पृथ्वीसँग ठोक्किएको बलियो सौर्य आँधीले शनिबार बिहानै उत्तरी गोलार्धको आकाशमा रङको आश्चर्यजनक प्रदर्शन गर्यो । यसबाट बिजुली र सञ्चारमा व्यवधानको तत्काल कुनै रिपोर्ट प्राप्त भएको छैन ।  शुक्रबार ...

कात्तिक २१, २०८०

किभ– युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले निर्वाचनका लागि यो सही समय भएको हो भन्ने आफूलाई विश्वास नभएको बताएका छन् । सन् २०२४ मा राष्ट्रपति निर्वाचनका बारेमा तीव्र बहस हुँदै गएपछि रुसी आक्रमणविरुद्ध ह...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x