×

जनकपुर–जलेश्वर गुठीको जग्गा खोजी–२

जनकपुरधामको सयौं बिघा सार्वजनिक जग्गा अतिक्रमण, २०४६ पछि व्यक्तिको नाममा सार्न सेटिङ

कानूनबमोजिम कारवाही सिफारिस गर्ने अधिकारसहित छानबिन समिति, ३ महिनाको म्याद

काठमाडाैं | असार २६, २०८१

वृहत्तर  जनकपुर क्षेत्र विकास परिषद्‌ले पत्रसहित पठाएको उजुरीको आधारमा सरकारले अतिक्रमित जग्गा साविककै अवस्थामा फिर्ता ल्याउन छानबिन समिति गठन गरेको खुलेको छ । परिषद्‌का अध्यक्ष शीतल साहले गृह मन्त्रालयसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएपछि सरकारले पूर्वसचिव रामप्रसाद थपलियाको संयोजकत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरेको हो ।

समितिमा नेपाल प्रहरीका पूर्वप्रहरी अतिरिक्त महानिरीक्षक उत्तमराज सुवेदी, गुठी संस्थानका पूर्वअध्यक्ष पुण्यप्रसाद भुसाल, नेपाल सरकारका पूर्वसहसचिवद्वय जनकराज दाहाल र हरि बखती सदस्य छन् ।


Advertisment

धार्मिक तथा पर्यटकीय स्थल जनकपुरधाममा गुठी तथा विभिन्न मठ मन्दिरको नाममा रहेका ९ हजार ८४३ विघा जग्गा अतिक्रमण भएको भन्दै कारवाही माग गरेर परिषद्का अध्यक्ष साहले २०८० फागुन ६ गते उजुरी दिएका थिए । 'परिषद्‌ले विगतमा आफैं गरेको छानबिनको प्रतिवेदन र थप कागजातसहित गृह मन्त्रालय र अख्तियारमा आवश्यक कारवाहीका लागि पत्र पठाएको थियो,' गृहमन्त्रालयका एक उच्च अधिकारीले लोकान्तरसँग भने, 'अख्तियारले पनि पत्रसहितको उजुरीका विषयमा आवश्यक छानबिन गर्न निर्देशन दिएपछि गृहमन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्‌ले समिति गठन गरेको हो ।'


Advertisment

अध्यक्ष साहले प्रमाणको रूपमा २०६२ सालमा वृहत्तरका तत्कालीन अध्यक्ष भोजराज घिमिरेको नेतृत्वमा गठित कार्यदलले दिएको प्रतिवेदन, जनकपुरको जानकी मन्दिर परिसरमै रहेको लक्ष्मण मन्दिरको जग्गा अतिक्रमणसहितको ३ पानाको अर्को प्रतिवेदन पेश गरेका छन् । त्यसैगरी साहले नापी कार्यालय धनुषाले छुट्टै छानबिनसहित नापीगरी दिएको प्रतिवेदनलाई पनि प्रमाणको रूपमा पेश गरिएको छ ।

हेर्नुहोस्,साहले दिएको उजुरी पत्रको विवरण :

null

यस्तो छ छानबिन समितिको कार्यादेश

छानबिन समितिलाई सार्वजनिक जग्गा कानूनविपरीत अतिक्रमण र भोगचलन गरेको देखिए कानूनबमोजिम कारवाहीको लागि सिफारिस गर्ने अधिकार दिइएको छ ।

गृह मन्त्रालयका एक उच्च तहका कर्मचारीका अनुसार समितिलाई विकास परिषद् अन्तर्गतको सार्वजनिक जग्गा अतिक्रमण गरेको पाइए कस्तो कानूनी कारवाही गर्ने हो ? त्यसको सिफारिस गर्नसमेत कार्यादेश दिइएको छ ।

'आवश्यकताअनुसार छानबिनको विषयसँग सम्बन्धित व्यक्ति र पदाधिकारीसँग सोधपुछ गर्न सक्ने अधिकारसमेत समितिलाई प्रदान गरिएको छ, 'ती कर्मचारीले लोकान्तरसँग भने ।

त्यसबाहेक समितिलाई अतिक्रमित सार्वजनिक जग्गाहरू तथा वारेस नभएका जग्गा जमिनहरूको खोजीगरी हाल मन्दिरको स्वामित्वमा रहेको र अतिक्रमण भएको क्षेत्रफल (कित्ता नम्बर समेत) यकिन गर्न कार्यादेश प्रदान गरिएको छ ।

जग्गाको अतिक्रमण हटाउन गर्नुपर्ने कार्यहरू सिफारिस गर्ने, विकास परिषद्‌को गुठी तथा सार्वजनिक जग्गा, भवन, पसललगायत भौतिक संरचनाहरू नियमानुसार प्रयोग गर्न दिए/नदिएको यकिन गर्नसमेत कार्यादेश दिइएको छ ।

'तिर्नु बुझाउनुपर्ने भाडा, कुत तथा रकम नबुझाई अनधिकृत रूपमा कब्जा गरेको सम्पत्तिको नियमन गर्ने सम्बन्धमा सिफारिस गर्न भनिएको छ,' गृहमन्त्रालयका अर्का एक अधिकारीले लोकान्तरसँग भने, 'स्थानीय तहको नक्सा पासगरी वा नगरी गुठी, विकास परिषद्‌को जग्गामा निर्माण गरिएको भवनको विवरण संकलन गर्नसमेत उच्चस्तरीय छानबिन समितिलाई कार्यादेश प्रदान गरिएको छ ।'

पाँच वर्ष वा सोभन्दा बढी समयसम्म पनि नियमानुसार तिर्नु/बुझाउनु पर्ने दायित्व पूरा नगरी जग्गा, भवन, पसल एवं भौतिक संरचनाहरूको भोगचलन गरेका संस्था, व्यक्ति र पदाधिकारीको विवरण र त्यसरी तिर्नु/बुझाउनु पर्ने सालाखाला रकम यकिन गर्न समितिलाई कार्यादेश दिइएको छ ।

यस्तै, जनकपुर, जलेश्वरका मठ मन्दिर, कुटीहरूमा दैनिक, मासिक तथा वार्षिक आएको आम्दानी र खर्च व्यवस्थित गर्ने सम्बन्धमा सुझाव पेस गर्न भनिएको छ ।

गृह मन्त्रालयको आन्तरिक व्यवस्थापन शाखाका एक कर्मचारीका अनुसार समितिलाई छानबिनगरी प्रतिवेदन बुझाउन तीन महिनाको समय दिइएको छ ।

गृहमन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका कर्मचारीहरूलाई जनशक्तिको रूपमा समितिले परिचालन गर्न पाउनेछ । समितिको केन्द्रीय कार्यालय सिंहदरबारमै रहने छ भने सम्पर्क कार्यालय जनकपुरमा रहनेछ ।

मन्दिरका महन्थ,गुठीका हाकिम र भूमाफियाको मिलेमतोमा जग्गा व्यक्तिको नाममा

५२ कुटी र ७२ कुण्ड उपनामले चिनिएको जनकपुरधाम मन्दिर नै मन्दिर भएको शहर हो । तर, भूमाफियाहरूले ती कुटी र कुण्ड आफ्नो नाममा दर्ता गराउन सफल भएपछि अहिले जनकपुरमा ५२ कुटी र ७२ कुण्डको अस्तित्व नै लोप भइसकेको स्थानीयहरू बताउँछन् । २०४६ पछि जनकपुरधाममा गुठी तथा विभिन्न मठ मन्दिरको नाममा रहेका जग्गा व्यक्तिको नाममा सार्न सेटिङ शुरू भएको उनीहरूको भनाइ छ ।

वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्‌का अध्यक्ष साहले साविकमा ९ हजार ८४३ विघा जग्गा मन्दिर, कुटी र गुठीको नाममा रहेको पत्रमार्फत् दाबी गरेका छन् । उक्त जग्गामध्ये अहिले सीमित जग्गा मात्र मन्दिर, कुटी र गुठीको नाममा कायम रहेको देखिन्छ । भूमाफियाहरूले हजारौं विघा सार्वजनिक जग्गा विभिन्न मठ मन्दिरका महन्थ, भूमिसुधार तथा मालपोत कार्यालय, नापी कार्यालय, गुठी संस्थान शाखा कार्यालयका हाकिम सहितको मिलेमतोमा कब्जा गरेका छन् । यहाँसम्म की धेरै जसोले अदालत समेतको आदेशमा आफ्नो निजी जग्गा भनेर लालपूर्जासमेत लिन भ्याइसकेका छन् ।

दुलहा दुलही बेलाकुट्टी भगवान मन्दिरको जग्गा अतिक्रमणगरी बनाइएको अवैध बस्ती ।

गुठी संस्थान शाखा कार्यालय जनकपुरमा लामो समय काम गरेर अवकाश पाइसकेका एक कर्मचारीले मन्दिर, कुटी र गुठीको जग्गा कसरी व्यक्तिको नाममा दर्ता हुन् गयो भन्ने सबै प्रक्रिया लोकान्तरलाई सुनाए ।

उनका अनुसार सबै मन्दिर, कुटीका जग्गाको स्वामित्व अझै पनि 'भगवानकै नाम'मा छ । जस्तै जानकी मन्दिर अधिनस्त जग्गाको स्वामित्व जानकी माताको नाममा छ भने राम मन्दिरको जग्गाको स्वामित्व भगवान राम मन्दिरको नाममा छ ।

त्यसैगरी जनकपुरका अन्य दर्जनौं मन्दिर र निजी कुटीहरूको जग्गा पनि जुन भगवानको नामको कुटी हो त्यही भगवानको नाममा रहेको उनले बताए । तर, पछि आएर ती मन्दिर तथा कुटीका महन्थहरूले उक्त जग्गाको संरक्षकमा भने आफ्नो नाम लेखाउन सफल भए ।

'मन्दिरको पूजाअर्चना, भोग-राग तथा पूर्वाधार विकासका लागि भनेर साविकका महन्थ(जो धेरै वर्ष पहिले मरिसके)को नाममा व्यक्तिलाई खेती गर्न, घर बनाउन, भोगचलन गर्न भनेर मनखपमादिएको र  घरसार गरेको बनेर कागज बनाइदिएको भनेर नक्कली कागज खडा गरिन्छ,' उनले लोकान्तरसँग भने, 'साविकमा राजाहरूले लगाउने लालमोहरजस्तै महन्थहरूले पनि चाँदीको लालमोहरजस्तै छाप लगाएर तमसुक कागज गरिदिने गरेका छन् ।'

मालपोत कार्यालय धनुषा ।

साविकमा गुरु महन्थले गरिदिएको कागजलाई अहिलेको जीवित महन्थ (शिष्य)ले पनि त्यही कागजलाई पुनः ५ देखि १० वर्ष सम्मको लागि नवीकरण गरिदिने गरेको उनको भनाइ छ । 'यति रुपैयाँ लिएर पुरानो महन्थले तपाईंलाई जग्गा दिएको भनेर त्यस पछिका महन्थले पनि भर्पाइ गरेर दिने गर्छन् । त्यही भरपाईको कागज लिएर भूमाफियाहरू भूमिसुधार तथा मालपोत कार्यालयमा आफू मोही भएको भन्दै क्लेम गर्न पुग्छन्,' उनले थपे, 'भूमिसुधार कार्यालयमा केही समय त्यस्ता कागजलाई होल्ड गर्ने गरे पनि सरुवा भएर जानेबेलामा भने गुठी संस्थानलाई सोध्नु पर्नेमा नसोधी हाकिमले पनि मोही कायम गरिदिने गर्छन् ।'

त्यसपछि सोही कागज लिएर त्यही व्यक्ति आफू मोही रहेकाले जग्गाधनी कायम गराई पाऊँ भन्दै अदालतमा मठ-मन्दिरका महन्थ, मालपोत कार्यालय, नापी कार्यालय समेतलाई विपक्षी बनाएर मुद्दा हाल्छन् ।

'मन्दिरका महन्थले प्रतिरक्षा गर्नुपर्नेमा त्यो जग्गा साविकमा पूर्वमहन्थले नै दिएको हुनाले आफूले पनि भरपाई कागज गरिदिएको भनेर त्यही व्यक्तिको हकमा प्रतिउत्तर लगाउनेदेखि अदालतमै गएर बकपत्रसमेत गरिदिने गर्छन्' ती अवकाश प्राप्त गुठीका कर्मचारीले थपे, 'महन्थले उक्त जग्गाको भोगचलन फलानो व्यक्तिले गर्दै आएको तथा मोहीसमेत कायम भएको आधार लिएर भगवानकै नाममा जग्गा दर्ता भए पनि अहिले आएर व्यक्तिको नाममा कायम हुने भनेर अदालतले फैसला गरिदिन्छ ।'

नापी कार्यालय धनुषा ।

त्यही फैसलाका आधारमा नापी कार्यालयमा उक्त व्यक्तिको नाममा नक्सामा कित्ताकाट गरिदिने तथा मालपोत कार्यालयले जग्गाको लालपूर्जा बनाइदिने गरेको छ ।

भूमाफियाले सबै सेटिङ मिलाएर विघाको विघा जग्गा आफ्नो नाममा कायम गराउने र पछि विभिन्न व्यक्तिलाई धुरमा बिक्री गर्दै आएको पाइएको उनले बताए ।

यसरी बन्दोबस्तीका नाममा व्यक्तिको नाममा दर्ता हुनेदेखि अनधिकृत रूपमा कब्जा गर्ने, ९९ वर्ष सम्मको लागि लिजमा लिएको भन्ने दाबीसहित गुठी संस्थान स्वामित्वमा रहेका तथा मठ मन्दिरका नाममा रहेका हजारौं विघा जग्गा अतिक्रमणको चपेटामा परेको हो ।

'विगतमा थुप्रै छानबिन समिति बने पनि अहिलेसम्म कुनै एक्सन भने नलिइएको उनले बताए । 'सरकारले पुनः गठन गरेको समितिले छानबिन मात्र नगरी आवश्यक कानूनी कारवाहीका लागि सिफारिस गर्ने काममा मात्र सीमित नहोस्' ती अवकाश प्राप्त कर्मचारीले भने ।

भदौ २४, २०८०

विश्वका प्रमुख आर्थिक शक्ति राष्ट्रहरूको फोरम ‘जी २०’ सम्मेलन सफलतापूर्वक सम्पन्न गरेर भारतले आफ्नो कूटनीतिक सक्षमताको उम्दा उदाहरण प्रस्तुत गरेको छ । चिनियाँ राष्ट्रपति सी चिनफिङ र रुसी राष्ट्रपति भ्ला...

माघ १२, २०८०

यातायात व्यवस्था विभागले अवैधरूपमा जारी भएका २९ हजारभन्दा बढी लाइसेन्स रद्द गरेको दाबी गरे पनि त्यसको वैधतामा प्रश्न उठेको छ । लाइसेन्स जारी वा रद्द गर्ने अधिकार भएका सम्बन्धित कार्यालयबाटै रद्द गराउनुपर्नेमा व...

साउन ३२, २०८०

मितिः १७ फागुन २०७४ ।​ स्थानः नेपाल प्रहरीको अपराध अनुसन्धान कार्यालय, काठमाडौं ।​ समयः मध्याह्न ।  सई बालकृष्ण सञ्जेलको मोबाइलमा घण्टी बज्यो । उनले फोन उठाए । अपरिचित नम्बरबाट फोन गर्ने व्यक्तिले सिधै...

बैशाख २६, २०८१

‘कति ठाउँमा दोहोरो भिडन्त गरियो, यसो गणना गर्दा ४१ ठाउँमा प्रत्यक्ष भिडेको रहेछु । बमका ९ वटा छर्रा शरीरमै टाँसिएको छ । असर गर्दैन रे, डाक्टरको सल्लाहमै झिकेको छैन’, कुनै बेला काठमाडौं उपत्यकालाई...

मंसिर २, २०८०

कात्तिक १७ गते राति ११ः४७ बजे काठमाडौंमै पनि भूकम्पले मज्जैसँग हल्लायो । म कलेजको प्रयोगात्मक परीक्षाअन्तर्गतको ‘अनलाइन पत्रकारिता’ विषयका लागि आर्टिफिसियल इन्टेलिजेन्स, सीएआर र एआईले पत्रकारितामा पा...

कात्तिक ६, २०८०

नेपालको राजनीतिमा कोइराला परिवारको छुट्टै इतिहास छ । कोइरालाहरू भौतिकवादी होइनन्, तर उनीहरू परम्परा र चाडबाड मान्ने अभ्यासमा भने कम्युनिस्ट भन्दा प्रगतिशील छन् ।  कांग्रेसका संस्थापन बीपी कोइराला मा...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x