×

युरोकपको चौथो उपाधिनजिक स्पेन

काठमाडाैं | असार २६, २०८१

स्पेन युरोकप फूटबल प्रतियोगिताको चौथो उपाधिनजिक पुगेको छ ।

जर्मनीमा जारी प्रतियोगिताअन्तर्गत मंगलवार राति भएको सेमिफाइनल खेलमा फ्रान्समाथि २–१ गोल अन्तरको पुनरागमन जीत निकाल्दै स्पेन फाइनलमा पुगेको हो ।


Advertisment

दुई पटकको विजेता फ्रान्स भने प्रतियोगिताबाट बाहिरिएको छ ।


Advertisment

म्युनिखमा भएको खेलको आठौँ मिनेटमा फ्रान्सले अग्रता बनाए पनि त्यसलाई जोगाउन सकेन । रान्डल कोलो मोउनीले कप्तान केलियन एमबाप्पेको पासमा अग्रता दिलाएका थिए ।  स्पेनले २१औँ मिनेटमा गोल फर्कायो ।  १६ वर्षीय किशोर लमिन यमालले गोल गरेका हुन् । त्यसपछि खेलको २५ औँ मिनेटमा स्पेनले अर्को गोल गर्दै अग्रता लियो । ड्यानी ओल्मोले गोल गरेका हुन् । 

त्यसपछि भने दुवै पक्षबाट गोल हुन नसकेपछि स्पेन २–१ ले विजयी बन्दै फाइनलमा प्रवेश गरेको हो ।

अब स्पेनले बुधवार मध्यराति हुने इंग्ल्यान्ड र नेदरल्यान्ड्सबीचको विजेतासँग उपाधिका लागि भिड्नेछ । फाइनल खेल आइतवार मध्यराति हुनेछ ।

आइतवार स्पेन युरोकपको आफ्नो चौथो उपाधिको खोजीमा हुनेछ । यसअघि स्पेनले सन् १९६४, २००८ र २०१२ मा उपाधि जितेको थियो । स्पेन र जर्मनीले हालसम्म सर्वाधिक तीन–तीन पटक उपाधि जितेका छन् । 

आयोजक जर्मनी क्वार्टरफाइनलमा स्पेनसँग नै पराजित भएर बाहिरिइसकेको छ । यसर्थ अब चौथो उपाधिका लागि स्पेन योपटक एक्लो दाबेदार छ ।

 
 

कात्तिक २१, २०८०

चितवनको भरतपुरस्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला बागमती प्रदेश सरकार र भरतपुर महानगरपालिकाले मिलेर बनाउने सहमति गरेका छन् । प्रदेशको ७० प्रतिशत र महानगरको ३० प्रतिशत लगानीमा बनाउने सहमति भएको हो ।...

जेठ ३, २०८१

भारतीय फुटबल टोलीका कप्तान सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।  बिहीबार सोसल मिडिया प्लेटफर्म एक्समा भिडियो सेयर गर्दै सुनीलले सन्न्यासबारे जानकारी दिएका हुन् ।  ...

जेठ ११, २०८१

इण्डियन प्रिमियर लिग (आइपीएल)को दोस्रो क्वालिफायरको खेल आज हुँदै छ । चेन्नईमा राति ७: ४५ बजेदेखि शुरू हुने दोस्रो क्वालिफायरमा सनराइजर्स हैदरावाद र राजस्थान रोयल्स भिड्दै छन् ।  राजस्थान इलिमिनेटरमा रोय...

जेठ १६, २०८१

क्रिकेटर सन्दीप लामिछानेलाई भिसा दिन दबाबका लागि महाराजगञ्जस्थित अमेरिकी राजदूतावास घेर्न गएका युवा बालुवाटारमै धर्नामा बसेका छन् । दूतावासतिर जानबाट प्रहरीले रोकेपछि उनीहरू प्रधानमन्त्रीनिवास बाहिरै ध...

बैशाख २७, २०८१

खेल र पर्यटन क्षेत्रलाई सँगसँगै अगाडि बढाउन सोलुखुम्बुको माप्य दूधकोशी गाउँपालिका–५ स्थित महभिरमा अन्तर्राष्ट्रियस्तरको ‘रक क्लाइम्बिङ’ प्रतियोगिता हुने भएको छ ।   साहसिक खेल ‘रक क्...

जेठ २, २०८१

इंडियन प्रिमियर लिग (आईपीएल)क्रिकेटमा लखनऊ सुपर जाएन्ट्स दिल्ली क्यापिटल्ससँग पराजित भएको छ । दिल्लीको घरेलु मैदानमा सोमबार राति सम्पन्न खेलमा दिल्ली १९ रनले विजयी भएको हो । दिल्लीले दिएको २०९ रनको लक्ष्य पछ्य...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x