×

एमालेले भन्यो– विभागको निर्देशनले सहकारी अभियानमा कठिनाइ उत्पन्न भयो

काठमाडाैं | असार २६, २०८१

नेकपा (एमाले)ले  भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको सहकारी विभागले गत बुधवार जारी गरेको निर्देशन कार्यान्वयन नगर्न–नगराउन आग्रह गरेको छ । 

एमाले केन्द्रीय सहकारी तथा गरिबी निवारण विभागको मंगलवार बसेको बैठकले सहकारी विभागद्वारा जारी उक्त निर्देशनले सहकारी अभियानमा कठिनाइ उत्पन्न भएको ठहर गरेको छ । 


Advertisment

सो निर्देशनमा सम्बन्धित व्यक्तिले ३० दिनभित्र एउटै सङ्घ–संस्थाको मात्र सञ्चालक पद कायम राखी अन्य पदको हकमा त्याग गर्नुपर्ने छ । अन्यथा कानूनबमोजिम कारबाहीको प्रक्रिया अगाडि बढाउने भन्ने निर्देशनमा उल्लेख छ । 


Advertisment

पार्टीका स्थायी कमिटी सदस्य तथा विभाग प्रमुख खगराज अधिकारीले उक्त निर्देशनले प्रारम्भिक संस्था तथा सङ्घहरूमा बीचमै नेतृत्व छोड्दा अन्योल सिर्जना भई सहकारी व्यवस्थापनमै असहज परिस्थिति ल्याएको बताए । साथै उनले विद्यमान परिस्थितिमा थप समस्या हुने उल्लेख गरे । 

प्रारम्भिक सहकारी संस्थाको हकमा कुनै एक व्यक्ति एकै समयमा एकमात्र संस्थाको सञ्चालक हुनसक्ने छ भन्ने विषयलाई संस्थागत गर्दै सहकारीहरूको शुद्धीकरण र सुदृढीकरणमा ध्यान पुर्याउन एमाले सहकारी विभागले नियामक निकायको ध्यानाकर्षण गराएको छ ।  

सहकारी विभागको निर्देशनले सहकारी क्षेत्रमा देखिएका विद्यमान अन्योलको अवस्थामा सहकारी अभियानको मूल समस्याबाट अन्यत्र ध्यान मोड्न खोजिएको महसुस भएको एमालेले जनाएको छ । तत्काल सहकारी संस्थाको अनुगमन प्रभावकारी बनाउने, सहकारीमा ऋण तिर्ने वातावरण सिर्जना गर्ने, कर्जा असुलीमा अटेर गर्ने सहकारी संस्थालाई कारबाही गर्ने विषयमा तत्काल पहलकदमी लिन तीनै तहका सरकारलाई एमालेले अनुरोध गरेको छ । 

विभाग प्रमुख अधिकारीले सहकारी ऐन २०७४ को प्रभावकारी कार्यान्वयन गरी कर्जा सूचना केन्द्र, कर्जा असुली न्यायाधीकरण, कालोसूचीसम्बन्धी व्यवस्था तथा बचत तथा कर्जा सुरक्षण कोषजस्ता ऐनका प्रवद्र्धनात्मक व्यवस्था कार्यान्वयन गरी सदस्यको बचत सुरक्षणमा पहलकदमी लिन सरकारसँग माग गरे । 

null

फागुन २८, २०७९

जसपाबाट उपराष्ट्रपतिमा रामसहाय यादवको उम्मेदवारी कायम भएको छ।  सत्ता गठबनधनको तर्फबाट उपराष्ट्रपतिको उम्मेदवार बनाइएका जसपा नेता रामसहाय प्रसाद यादवको उम्मेदवारी निर्वाचन आयोगले कायमै राख्ने ...

मंसिर ८, २०८०

‘यो कस्तो तरिका हो के रोडमा हिँड्न पनि नपाउने ? म बौद्ध जाने बस कुरेर बसेकी हुँ के । तपाईंहरू किन ममाथि आवश्यकताभन्दा बढी निगरानी गरिरहनु भएको छ,’ मेडिकल व्यवसायी दुर्गा प्रसाईंका कार्यकर्ता...

कात्तिक २०, २०८०

नेकपा एमालेको भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल लुम्बिनी प्रदेश कमिटीको अध्यक्षमा रुपन्देही देवदहका सुरज खरेल निर्विरोध निर्वाचित भएका छन् । प्रथम अधिवेशनबाट उनी अध्यक्ष पदमा सर्वसम्मत निर्वाचित भएका हुन् । ...

मंसिर ६, २०८०

मेडिकल व्यवसायी दुर्गा प्रसाईं र नेकपा (एमाले)का नेता महेश बस्नेतले काठमाडौं उपत्यकामा बिहीवार छुट्टाछुट्टै प्रदर्शन गर्ने भएपछि सुरक्षा निकायहरू यतिबेला ‘हाई अलर्ट’मा छन् ।  नेपाल प्रहरीले प्...

कात्तिक २२, २०८०

दशैं वरिपरि मुलुकमा केही राजनीतिक परिदृश्यहरू देखिए । दशैंको रौनकसँगै पूर्वमा कोशीको छालले केही तरंग ल्यायो । कोशी प्रदेशमा कांग्रेसभित्रको ‘अर्ध विद्रोह’ले पाँच दलीय गठबन्धनमात्रै धर्मराएन, कांग्र...

कात्तिक १८, २०८०

नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले कोशी प्रदेशमा सर्वदलीय सरकारको आवश्यकता रहेको बताएका छन् ।  विराटनगर विमानस्थलमा शनिवार सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका न...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x