×

युवतीको विवादमा आक्रमण, साथीको बर्थडे मनाउन हिँडेका युवकको मृत्यु

काठमाडाैं | असार २५, २०८१

मोरङको कटहरी गाउँपालिका १ जमटोकी का २२ वर्षीय करण कामत साथीको बर्थडे मनाउन भनेर सोमबार घरबाट विराटनगर आएका थिए । उनै कामतको सोमबार राति हत्या भएको छ । 

विराटनगर महानगरपालिका–२ स्थित नेपाल टेलिकम नजिक सेन्ट जोसेफ मोडमा सोमबार राति १० बजे करणसहित उनका साथीहरूमाथि आक्रमण भएको प्रहरीले जनाएको छ । 


Advertisment

 आक्रमणबाट गम्भीर घाइते भएका उनको उपचारको क्रममा कोशी अस्पतालमा मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेतले जानकारी दिए ।


Advertisment

उनको छाती र कम्मरको भागमा धारिलो हतियार रोपिएको पाइएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमै राखिएको छ । 

यस्तै घटनामा कटहरी–१ जमटोकीका २२ वर्षीय विक्रम मण्डल र १७ वर्षीय अमन राय घाइते भएका छन् ।

कोखा र ढाडमा चोट देखिएका रायको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । यस्तै पाखुरा र ढाडमा चोट देखिएका मण्डलको अवस्था मध्यम छ । 

कोशी अस्पतालमा सम्भव नभएपछि दुवै जना घाइतेलाई थप उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको छ । बाटोमा हिँड्दै गरेकाहरूले कामतसहित ३ जनालाई घाइते अवस्थामा फेला पारेर उपचारका लागि अस्पताल लगेको प्रहरीले जनाएको छ ।

घटनामा संलग्न विराटनगर–११ घर भई विराटनगर–२ स्थित विराट नर्सिङ होमअगाडि डेरा गरेर बस्दै आएका २० वर्षीय सोनु गिरी, ताप्लेजुङको दोखु घर भई नर्सिङ होमअगाडि डेरा बस्दै आएका १८ वर्षीय सन्तोष भनिने निमदावा शेर्पा, भोजपुरको भुल्के घर भई नर्सिङ होमअगाडि डेरा बस्दै आएका २० वर्षीय सञ्जय गिरी र मोरङको रङ्गेली घर भई विराटनगर–२ स्थित सनीहाटमा डेरा बस्दै आएका १६ वर्षीय बालक पक्राउ परेका छन् । पक्राउ परेका मध्ये शेर्पाले कैँची प्रहार गरेको खुलेको प्रहरीले जनाएको छ ।

घटनामा प्रयोग गरिएको कैँची विराट नर्सिङ होमअगाडिको गोल बजार फार्मेसीबाट बरामद भएको डिएसपी बस्नेतले जानकारी दिए । 

प्रहरीका अनुसार दुई पक्षबिच  विवाद भएको पाइएको छ । युवतीको विषयलाई लिएर विवाद भएको प्रहरीको भनाइ छ । मृतक र घाइते पक्षका युवाहरूले अर्को समूहको युवतीलाई जिस्क्याएको विषयमा विवाद भएको थियो । सोही विवादलाई लिएर चार जनाको समूहले हत्या गर्ने योजना सहित सोमबार आक्रमण गरेको प्रहरीको भनाइ छ । 

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको डिएसपी बस्नेतले बताए । उनका अनुसार घटनामा संलग्न विरुद्ध कर्तव्य ज्यान मुद्दामा म्याद थप गरी अनुसन्धान सुरु गरिएको छ ।

करण सोमबार दिउँसो साथीको जन्मदिन मनाउन जान्छु भनेर आमालाई  भनेर हिँडेका थिए । छोराको मृत्युको परिवार शोकाकुल बनेको छ । 

जेठ १३, २०८१

जिल्ला प्रहरी परिसर ललितपुरको महिला सेलमा सानेपाकी विपना तामाङ (नाम परिवर्तन) उजुरी लिएर पुगिन् । श्रीमान ९ दिन भयो घर आएका छैनन्, तर फोन सम्पर्कमा छन् ।  एक महिनाअघि सेलमा निवेदन लिएर पुगेकी विपनाक...

जेठ १०, २०८१

मुगु– मुगुस्थित रारा विमानस्थलमा जहाजले ठक्कर दिँदा सोही विमानस्थलमा कार्यरत एक कर्मचारी घाइते भएका छन् । यात्रु बोकेर बाँकेको नेपालगञ्जका लागि उड्ने तयारीमा रहेको सीता एयरको टुइनेटर जहाजको अघिल्लो भ...

पुस २५, २०८०

आफूलाई ‘लिटिल बुद्ध’ भनेर दाबी गर्ने रामबहादुर बम्जन पक्राउ परेपछि उनीबारे नयाँ–नयाँ तथ्य सार्वजनिक भइरहेका छन् । प्रहरीले उनलाई मंगलबार साँझ ७ बजे काठमाडौंको बूढानीलकण्ठस्थित निवास...

कात्तिक २७, २०८०

उदयपुरमा २१ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् ।  पक्राउ पर्नेमा लिम्चुङबुङ गाउँपालिका १ बाँस्बोटेका २५ वर्षीय टवीन्द्र राई रहेका छन् । उनलाई आइतवार दिउँसो पक्राउ गरिएको प्रहर...

मंसिर १४, २०८०

नेपाली सेनाका कर्णेल कामेश्वर यादवको घरमा चोरी भएको छ । ललितपुर महानरपालिका–१८ भैँसेपाटीमा रहेको उनको घरबाट १९ लाख ४२ हजार ६ सय रुपैयाँसहित विभिन्न सामानहरू चोरी भएको जिल्ला प्रहरी परिसरका एसएस...

कात्तिक १५, २०८०

बाराको कलैया उपमहानरपालिका–६ मदर्सा टोलमा रहेको बाल एकता इंग्लिस बोर्डिङ स्कूलका प्रिन्सिपल गुड्डु भनिने रुपेश स्वर्णकारको हत्याका मुख्य योजनाका सोही विद्यालयकी पूर्वशिक्षिका तथा लेखापाल राधा गुप्ता रहेको ख...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x