×

ईश्वरी भुसालका दुई कृति एकसाथ लोकार्पण

काठमाडाैं | असार २५, २०८१

स्रष्टा ईश्वरीप्रसाद भुसालका दुई कृति एकसाथ लोकार्पण गरिएको छ । आइतबार काठमाडौंमा एक कार्यक्रमबीच उनका दुई कृति लामो कविता ‘अर्पण’ र गजलसंग्रह ‘कसको आँखा लाग्यो’ लोकार्पण गरिएको हो ।

प्राडा. सुरेन्द्र केसीको प्रमुख आतिथ्यतामा कीर्तिमानी सर्जक डा. डीआर उपाध्याय, महाकाव्याकार खेमनाथ दाहाल, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्वअध्यक्ष तथा नेपाल साहित्य पत्रकार संघका अध्यक्ष राधेश्याम लेकाली, विशिष्ट कलकार लय संग्रौला, नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, गीतकार संघका पूर्वअध्यक्ष चूडामणि देवकोटा, वरिष्ठ संगीतकार राजु सिंह, वरिष्ठ कलाकार उत्तम केसी र टेकराज भुसाललगायतले कृतिको लोकार्पण गरेका हुन् ।


Advertisment

स्रष्टा ईश्वरी भुसालको जन्मोत्सवको अवसर पारेर मिलाप पब्लिकेशनले यी कृति सार्वजनिक गरेको हो । सो अवसरमा स्रष्टा भुसाललाई तारकेश्वर कला प्रतिष्ठान ब्राण्ड यू पिक्चर्स, डीआर म्युजिक एण्ड क्रियशन र युथ क्रियशनले सम्मान गरिएको थियो । 


Advertisment

मिलाप पब्लिकेशनका अध्यक्ष कृष्ण भुसालले स्वागत मन्तव्य राखेको कार्यक्रममा चूडामणि देवकोटा, राजु सिंह, गीता भट्टराई, उत्तम केसीलगायतले बधाई तथा शुभकामना मन्तव्य राखेका थिए । 

कलाकार लय संग्रौलाले स्रष्टा भुसालको गजलसंग्रह ‘कसको आँखा लाग्यो’को समीक्षा गरेका थिए भने महाकाव्यकार खेमनाथ दाहालले लामो कविता ‘अर्पण’का बारेमा टिप्पणी गरेका थिए । 

उनीहरूले स्रष्टा भुसालले मोफसलमा रहेर साहित्य क्षेत्रमा आफूलाई निरन्तर समर्पित गर्दै कृति प्रकाशन गरेकोमा बधाई तथा शुभकामना दिएका थिए । यस्तै, साहित्य पत्रकार संघका अध्यक्ष लेकालीले कृतिका बारेमा आफ्ना धारणा राखेका थिए ।

सर्जक भुसालले आफूले सबैभन्दा बढी माया गरेको मान्छेलाई गुमाउनु पर्दाको पीडाले अहिले चारवटा कृति प्रकाशनमा आएको बताए । अन्य केही पाण्डुलिपी तयार रहेको उनको भनाइ थियो । 

प्राडा. केसीले मोफसलमा रहेका स्रष्टाहरूले पनि राम्रा कृति प्रकाशन गरिरहेको बताए । 

स्रष्टा भुसालका यसअघि ‘विरह पुस्पाञ्जलि’ खण्ड काव्य र ‘विरह व्याथा’ कवितासंग्रह प्रकाशित छन् । कार्यक्रमको सहजीकरण गीतकार तथा निर्देशक गणेश सुवेदीले गरेका थिए ।

जेठ ५, २०८१

सू ब्रिजम्यानद्वारा लिखित ‘द सीक्यू एज’ पुस्तक सार्वजनिक गरिएको छ । काठमाडौंमा आयोजित एक कार्यक्रममा लेखिका सू​को उपस्थितिमा पुस्तक सार्वजनिक गरिएको हो ।  अन्तर्राष्ट्रिय प्रकाशन ‘फो...

जेठ ९, २०८१

बहुप्रतिभाका धनी कीर्तिमानी गीतकार, कृतिकार डा. डीआर उपाध्याय/खनालको सिर्जनाले विश्वको कुना–कुनासम्म स्थान बनाएको छ । गिनिज बुक्स अफ रेकर्ड, बुक अफ अमेरिका, अष्ट्रेलिया, युकेलगायत विश्वका विभिन्न वल्र्ड रेक...

चैत ३०, २०८०

लेखक एवं पत्रकार अखण्ड भण्डारीको उपन्यास ‘बोरा’ विमोचन भएको छ ।  अन्नपूर्ण पोस्ट दैनिकका प्रधान सम्पादक भण्डारीको ‘बोरा’ उपन्यास शुक्रवार काठमाडौंमा आयोजित कार्यक्रममा विमोचन गरिए...

कात्तिक २८, २०८०

गोपी मैनाली   कविहरूले केका लागि कविता लेख्छन् भन्नेमा मत्यैक्यता पाइँदैन । कोही आनन्दका लागि भन्छन्, त कोही उपयोगिताका लागि । अझ कोही त अभिव्यञ्जनाको अर्को उद्देश्य नै हुँदैन भन्ने गर्छन् ।  ...

बैशाख ४, २०८१

गजलकार एवं गीतकार प्रकट पंगेनी ‘शिव’को निधन भएको छ । जन्डिस र निमोनियाबाट गम्भीर बिरामी उनको पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मंगलवार निधन भएको हो । स्वास्थ्यमा समस्या आएपछि पंगे...

बैशाख २१, २०८१

‘जब टेक्छु  यो लमतन्न राजमार्ग  टेकेँ जस्तो लाग्छ – आपाको आङ चालिस बसन्तअघि लक्का जवान हुँदा  गिट्टि सपनाको अलकत्रा घोलेर  बनाएका थिए रे आपाले यो मार्ग’ बीस बस...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x