×

संसद्‌मा आरोप-प्रत्यारोप

‘प्रचण्डले आफूलाई हिरण्यकश्यप ठानेपछि कांग्रेस–एमाले नरसिंह अवतारमा आए’

काठमाडाैं | असार २५, २०८१

नेकपा एमालेका सांसद दयालबहादुर शाहीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई महाभारतको पात्र हिरण्यकश्यपजस्तो ठानेपछि कांग्रेस–एमाले नरसिंह अवतारमा आएको टिप्पणी गरेका छन् । राजनीतिमा प्रचण्ड ब्वाँसोका रूपमा प्रकट भएको उनले आरोप लगाए । 

मंगलवार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद शाहीले प्रचण्डले आफूजति बाठो कोही छैन भन्ने जसोगरी कांग्रेस र एमालेलाई खेलाएपछि नयाँ गठबन्धन बनेको बताएका हुन् । 


Advertisment

‘हिरण्यकश्यपको कथा छ, हिरण्यकश्यप आफू जति बाठो कसैलाई नठान्ने, यति बलियो कि सिंहले पनि मार्न नसकोस् भन्ने थियो । विष्णुले नरसिंह अवतार लिनुभयो । अहिले कांग्रेस र एमालेको अवतार त्यही हो,’ शाहीले भने, ‘उहाँ (प्रचण्ड)ले आफूलाई कांग्रेस र एमालेले सिध्याउन नसक्ने ठान्नुहुन्थ्यो, अहिलेको गठबन्धन आवश्यकताको उपज हो ।’ 


Advertisment

एमाले सांसद दयालबहादुर शाही ।

श्रीमद्भागवत पुराणमा भगवान ब्रम्हाबाट बरदान पाएर हिरण्यकश्यप शक्तिशाली भएको र उनलाई भगवान विष्णुको नरसिंह अवतारले नै सिद्धयाएको उल्लेख छ । 

एमाले सांसदले सो प्रसंग जोड्दै कांग्रेस एमालेले नै प्रचण्डलाई ठेगान लगाएको बताए । प्रचण्डले ‘हिट एण्ड रन’को सिद्धान्तअनुसार कांग्रेस र एमालेलाई पटकपटक धक्का दिएको टिप्पणी गरे । 

प्रचण्ड अहिले आफ्नो डुब्न लागेको जहाज उद्धारको पर्खाइमा रहे पनि महाभारतका कर्ण र भीष्मपितामह ढलिसकेको शाहीले टिप्पणी गरे । 

‘तपाईको डुब्न लागेको जहाज एमालेबाट झरेका पात र जीबी (जीबी राई) को फोहोरमा उम्रेका च्याउले गर्न सक्दैनन् । झारपात र च्याउले देश थाम्न सक्दैनन्,’ शाहीले भने । 

शाहीले प्रचण्ड लाज पचाएर प्रधानमन्त्री माग्दै बालकोट गएको समेत आरोप लगाए । ‘उहाँले अर्को जनावरको कला सिक्नुभएको छ, सुमसुम्याएर सिद्धयाउने कला ब्वाँसोजस्तै । सुम्सुम्यापछि भैंसीले मेरो लुतो सिध्याउन आयो भनेर ठान्छ, पछि ब्वाँसोले भैंसीलाई पनि ढाल्छ,’ शाहीले भने ।

कात्तिक २०, २०८०

शुक्रवार मध्यरातिको भूकम्पमा परेर मृत्यु भएकी जाजरकोट भेरी नगरपालिकाकी ८ वर्षीया विष्णु तिरुवाको दाहसंस्कारका लागि आफन्त र गाउँलेहरू सोमवार भेरी नदी घाटमा पुगेका थिए ।​​ सोमवार अपरान्ह उनको शव लिएर मलामी...

कात्तिक १८, २०८०

गएराति गएको भूकम्पले सबैभन्दा बढी जाजरकोटको नलगाड क्षेत्रमा क्षति गरेको छ । नलगाड नगरपालिकामा मात्रै तीन दर्जन बढीको ज्यान गएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । अझै यकिन विवरण आउन बाँकी छ ।  ...

कात्तिक २०, २०८०

‘मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)’ आज (सोमबार)देखि लागू हुने भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणले पहिलो चरणमा प्रणालीमा दर्ता नभएका केही मोबाइलको नेटवर्क लक गरेर यो प्रणाली कार्यान्वयन...

कात्तिक २१, २०८०

गत शुक्रबार राति गएको भूकम्पले जाजरकोट र रुकुम पश्चिम तहसनहस बनेका छन् । बाक्लो बस्ती रहेका बस्ती भूकम्पले उजाड बनेका छन् । प्रभावित क्षेत्रमा सन्नाटा छाएको छ ।  बाँचेकाहरू शोक र पीडामा छन् ।  ...

कात्तिक २०, २०८०

जाजरकोट भूकम्पमा ज्यान गुमाउनेमध्ये आधा बढी बालबालिका रहेका छन् । नेपाल प्रहरीले उपलब्ध गराएको तथ्याङ्क अनुसार कात्तिक १७ गते राति गएको भूकम्पबाट मृत्यु भएका १५३ मध्ये ७८ बालबालिका छन् । जाजरक...

माघ १८, २०८०

​सरकारी जग्गा हिनामिना प्रकरणमा डलर अर्बपति एवं कांग्रेस सांसद विनोद चौधरी पनि तानिएका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा हडपेको आरोपमा भाइ अरुण चौधरी पक्राउ परेलगत्तै विनोद चौधरीले समेत संल...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x