×

नेपोलियनले आत्महत्याका लागि प्रयोग गर्न खोजेका दुई पेस्तोल २४ करोडभन्दा बढीमा लिलाम

काठमाडाैं | असार २५, २०८१

फ्रान्सका सम्राट नेपोलियन बोनापार्टले आत्महत्याका लागि प्रयोग गर्न खोजेका पेस्तोल २४ करोड रुपैयाँभन्दा बढीमा लिलाम भएको छ । 

उनको स्वामित्वमा रहेका दुईवटा पेस्तोल १६.९ लाख युरो (झण्डै २४ करोड ५ लाख नेपाली रुपैयाँ)मा लिलाम भएको बीबीसीको समाचारमा उल्लेख छ ।


Advertisment

ती पेस्तोलको 'ओजनाट अक्सन हाउस’मा लिलामी गरिएको हो ।


Advertisment

ती पेस्तोल पेरिसस्थित ’लुई–मारिन गोसे’मा बनेका थिए । कुनै बेला ती हतियार प्रयोग गरेर नेपोलियनले आत्महत्या गर्न खोजेका थिए । सन् १८१४ मा गद्दी त्याग गर्नु परेपछि उनले आत्महत्याको प्रयास गरेका हुन् । आफ्नो सेना विदेशीसँग पराजित भएपछि उनले पेस्तोलले आफैँलाई हान्ने प्रयास गरेका थिए । तर सैनिक अधिकारीले रोके ।

null

त्यसपछि नेपोलियनले विष सेवन गरेर आत्महत्या गर्ने प्रयास गरे । त्यो पटक पनि उनी बचेका थिए ।

केही समयअघि मात्रै फ्रान्स सरकारले ती पेस्तोललाई ‘राष्ट्रिय सम्पत्ति’ घोषणा गर्दै तिनलाई विदेश पठाउन रोक लगाउने निर्णय गरेको थियो ।

ती पेस्तोल अस्थायी रूपमा मात्र फ्रान्सबाट बाहिर लैजान पाइन्छ । तर एक व्यक्तिले लिलामी गरेका छन् । ती व्यक्तिको परिचय खुलेको छैन । तिनले अब ती पेस्तोल फ्रान्सबाहिर लान सक्छन् । 

यस्ताेमा अब ती पेस्तोल फ्रेन्च सरकारले नै किनेर फिर्ता लिने सम्भावना रहेको बताइएको छ । 

सुन र चाँदीका बुट्टा रहेको पेस्तोलमा नेपोलियनको मुखाकृति पनि अंकित गरिएको छ ।
 

कात्तिक १७, २०८०

सोउल– उत्तर कोरियाले दूतावास बन्द गर्ने हालैको शृङ्खला आफ्नो बाह्य सम्बन्ध सुधार गर्नका लागि ‘नियमित मामिला’ भएको स्पष्ट पारेको छ । दक्षिण कोरियाले आर्थिक सङ्कटका कारण दूतावास बन्द गरेको दाबी गर...

जेठ ८, २०८१

न्युयोर्क– मध्यपूर्व शान्ति प्रक्रियाका लागि संयुक्त राष्ट्रसङ्घीय विशेष संयोजक टोर वेन्नेसल्यान्डले इजरायल र हमासबीच पुनः वार्ता शुरू गर्न आह्वान गरेका छन् । सबै पक्षलाई वार्ताका प्रयास दोब्बर बनाई तुरुन्तै सद्भावक...

कात्तिक २८, २०८०

चिनियाँ राष्ट्रपति सी चिनफिङ अमेरिका प्रस्थान गरेका छन् । चीन–अमेरिका भ्रमणका लागि उनी मंगलवार अमेरिका प्रस्थान गरेका हुन् । भ्रमणका क्रममा उनले चीन र अमेरिकाका नेताबीचको बैठक र ३० औं एपेक आर्थिक न...

कात्तिक १७, २०८०

पाकिस्तानको क्वेटामा सुरक्षाकर्मीको एउटा समूहमाथि शुक्रबार आक्रमण हुँदा कम्तीमा १४ सैनिकको मृत्यु भएको छ । घटनाबारे बलुचिस्तान प्रान्तका एक वरिष्ठ सरकारी अधिकारी सइद अहमद उमरानीले एएफपीसँग भने, “तटीय ...

मंसिर ५, २०८०

११ दिनदेखि सुरुङमा फसेका ४१ मजदुरलाई पाइपबाट खाना पठाइएको छ । गएराति ६ इन्चको पाइपबाट पहिलोपटक खिचडी पठाइएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।  भारतको उत्तरी हिमाली राज्य उत्तराखण्डमा निर्माणाध...

पुस २७, २०८०

अमेरिका र बेलायतका सेनाले बिहीवार यमनको हुथी नियन्त्रित कैयौं क्षेत्रहरूमा हवाई हमला शुरू गरेका छन् । लाल सागर (रेड सी) हुँदै सामान ओसारपोसार गर्ने कमर्सियल जहाजमाथि पटक-पटकको ड्रोन हमला तत्काल रोक्न...

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

बीपीको स्मृतिमा कांग्रेसले गर्नुपर्ने एउटा संकल्प

साउन ६, २०८१

'आग्रहले भरिएको मस्तिष्कभन्दा खाली मस्तिष्क सत्यको नजिक हुन्छ' - थोमस जेफर्सन (तेस्रो अमेरिकी राष्ट्रपति) । हाम्रा प्रात: स्मरणीय नेता, विचार, सिद्धान्त र प्रथम जनक्रान्तिका प्रणेता बीपीको ४२ औं स्मृति दिवसको...

दृष्टिकोण

दृष्टिकोण

साउन ५, २०८१

गीतामा कृष्णले भनेका छन्– ‘जे भएको छ राम्रै भएको छ, जे हुनेछ राम्रै हुनेछ ।’ सुन्दा आश्चर्य लाग्न सक्छ, यस्तो कसरी हुन्छ ?  हुन सक्छ, कसैको विवाह हुँदैछ राम्रै भयो । घरगृहस्थी बन्नेछ राम्...

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

कांग्रेस–एमाले समीकरण : संकटमा एकसाथ, नीति–एजेन्डका आधारमा प्रतिस्पर्धा

साउन २, २०८१

जनमतप्राप्त पहिलो र दोस्रो दलबीचको सत्ता समीकरण सोमबारदेखि औपचारिकरूपमा अघि बढेको छ । पहिलो दलले सरकार चलाउने र दोस्रो दल प्रमुख प्रतिपक्षमा रहने सामान्य संसदीय अभ्यास हो । संसदीय इतिहासमा पहिलो र दोस्रो...

x